देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेश समितिले एमसीसी सम्झौता तथा दार्चुला तुइन घटनाको विरुद्ध काठमान्डौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेश समितिले एमसीसी सम्झौता तथा दार्चुला तुइन घटनाको विरुद्ध काठमान्डौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन


१९ श्रावण काठमाडौं ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले राष्ट्रहित विपरित वर्तमान सरकारले अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउन खोजेको आरोप लगाउनु भएको छ ।
उहाँले मंगलबार एमसीसी सम्झौता र दार्चुला तुइन घटनाको विरुद्ध काठमाडौंस्थित माइतिघर मण्डलामा भएको प्रदर्शनमा सो आरोप लगाउनु भएको हो ।


त्यस्तै, उहाँले प्रधानमन्त्रीले संसदबाट एमसीसी पारित गराउन माओवादीसंग सहयोग मागेको जानकारी आएको पनि बताए । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आफूहरु एमसीसीको बिरोधमा रहेको उहाँको भनाइ छ ।


देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं.प्रदेश समितिले आज(मंगलबार) एमसीसी सम्झौताको विरोध तथा दार्चुला तुइन घटनाको विरुद्ध काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको थियो ।