
समाजलाई.स्वस्थ.राख्न.अनुशासनको.आवश्यकता.पर्दछ.।
अचेलहँुदो महिला.हिंसामा.पनि.धेरैजसो.यौन हिंसाका बग्रेल्ती समाचारहरू आइरहेका छन् । त्यसबारे विभिन्न कोणबाट टीकाटिप्पणी पनि भइरहेको छ ।
एक दिन मुहार पटमा प्रेरक भनाइ शिर्षकमा यस्तो लिखत देखियो –‘गरिबिले पुरुषको कपडा फुकाल्दछ भने सम्पन्नताले महिलाको ।’ झट्ट हेर्दा यो भनाइ बेमनासिब लाग्दैन । तर यसो गहिरिएर सोचियोभने यथार्थको त्यति नजिकभने देखिँदैन । यसमा ‘गरिबि र सम्पन्नता’ तथा ‘पुरुष र महिला’को विपरिती र विरोधाभाषी तुकबन्दी छ । तर गरिबिले पुरुषको मात्र होइन गरिब महिलाको पनि वस्त्र फुकाल्ने गरेको छ । हो, सम्पन्नताले चाहिँ कतिपय घरानियाँ महिलालाई नै नङ्ग्याएको भने हो नै । देखासिकी फेसनले यो रोग अरु वर्गका युवतीहरूमा पनि सरेको देखिन्छ । यसरी नाङ्गिनुलाई आफ्नो सोख ठान्नेहरूमा सम्पन्न महिलाहरू तथा सेलिब्रिटीहरु अग्रपङ्क्तिमा पर्दछन् । हुन त सबै सेलिब्रेटी सम्पन्न त नहोलान् तर तिनको पेशाले तिनलाई नाङ्गिन नै उत्प्रेरित गरिरहेको हुन्छ । तिनको जगतलाई चमकदमकको दुनियाँ बनाइएको छ । त्यही चमकदमकको व्यापार गरेर साहूजीहरू धन कुम्ल्याउन पल्केका छन् । अब त्यसो गर्नु रुपबजारका किन्नरीहरूको पनि पेशागत बाध्यता हो । तर तिनको नग्नता बेचेर प्रायोजकहरूले कमाइ गरिरहेको, व्यापार चलाइरहेको तथ्य सेलिब्रेटीको सोचबाट परको कुरो बनेको छ ।.कसैले.त्यतातर्फ.ध्यानाकर्षण.गराएर.सचेत.गराउन.खोज्योभने.‘हाम्रो.शरीर,हाम्रो.अधिकार,तिमीलाई.केको.सरोकार?’भन्दै.औंला.ठड्याउँदै.रौद्ररुप.धारण.गर्दछन्.।.हुन.त.जसको.शररि.उसैको.अधिकार.न्यायोचित.कुरो.हो.नै,तर.त्यसको.सम्बन्ध.सामाजिकतासँग.पनि.हुन्छ.भनने.कुरो.हामलिे.बिर्सनु.हँुदैन.।तर त्यो नग्नताको प्रदर्शनबाट समाजमा केकस्तो असर वा प्रभाव परेको छ भन्ने कुरो पनि तिनको सोचमा कहिल्यै झुल्किएन,हुन. त भविष्यमा कुनै दिन झुल्किएला भनी आशान्वित हुनु अन्यथा नहोला ।
सम्पन्न महिलाहरूको जगतचाहिँ सेलिब्रेटीको जस्तो त होइन तर पनि तिनलाई त्यस्तो सोख किन लागेको होला , कुन्नि ? त्यस्तो चेतनास्तर तिनमा किन नभएको होला भन्ने कुरो अध्ययनको विषय बन्नु पर्दछ । यस्तै प्रसङ्गको एउटा सन्दर्भ यहाँ प्रस्तुत छ –एउटी सेलिब्रेटी थिइन् – नेपाल सुन्दरी । त्यो प्रतियोगिताको सालसम्बत् बिर्सेँ मैले तर सुन्दरी घोषित गरिएकी ती कुमारी युवतीले स्नातक तह उत्तीर्ण गरेकी थिइन् , त्यो पनि राम्रै अङ्क ल्याएर ! तिनलाई एउटा टि.भी. कार्यक्रममा सञ्चालक वा प्रस्तोताले सोधे – ‘तपाईँ सेलिब्रेटीहरू थोरै वस्त्रमा मञ्चमा आउनुहुन्छ ,पर्दामा आउनुहुन्छ ,समाजका अगाडि यसरी निर्वस्त्रप्राय: आउँदा अप्ठ्यारो लाग्दैन ,शर्म लाग्दैन ? दुनियाँले के सोच्दो हो के भन्दो हो भन्ने लाग्दैन ?’ तिनको जवाफ यस्तो थियो – ‘ गाउँतिर कति आइमाईहरू चोलो नलगाइकनै हिँडेका हुन्छन् ,सारी पनि घँुडाघँुडासम्म मात्र लगाएका हुन्छन् ,शहरतिर पनि मकै पोल्ने दिदीहरू जिउ देखाएरै बसेका हुन्छन् । तिनले त्यसो गर्न हुने ,हामीले किन नहुने ?!’ं
अब भन्नुस हाम्रा सेलिब्रेटीहरूको, हाम्रा चेलीबेटीहरूको चेतनास्तर कहाँ छ ,कस्तो छ ?
यस्ता सुन्दरी प्रतियोगिताहरूको वर्षेनी विरोध पनि भइरहेको छ जागरुक सांस्कृतिक अभियन्ताहरू र सचेत महिला अभियन्ताहरूबाट । साहित्यकारहरूले यस्ता समस्याउपर ध्यान आकृष्ट गर्दै कथा,कविता पनि लेखेका छन् ,तर पनि तिनको घैँटोमा घाम लाग्ने गरेको पाइँदैन । तिनलाई त्यस्तो प्रतियोगितामै आनन्द आउँछ । विरोध गर्नेलाई त ती धारेहात लाउँदै सराप्छन् । तिनलाई त्यसै गर्न सिकाइएको पनि हँुदो हो ।
छोटा लुगाकै सन्दर्भमा अभियन्ता महिलाबाटै आक्रोशयुक्त यस्तो टिप्पणी पनि हुने गरेको पाइएको छ– ‘छोटा लुगाको कुरा गर्छौ बाबुसाहेब ? पशुपतिमा लुगै नलगाई लिङ्ग देखाउने साधुलाई कुनै महिलाले बलात्कार गरेकी छे ? अनि तिम्रा आँखाचाहिँ के भका नि ? झिरमा उनेर सुकुटी बनाउने जस्तो ?’ यो उत्तरचेतनामय आक्रोश हुनुपर्दछ ।.तर कतिपयले समाजमा बढदै गरेको यौनहिंसाको एउटा कारक पहिरनको नग्नतालाई पनि भन्ने गरेको पनि सुनिन्छ तर यस भनाइप्रति कतिपय आधुनिक महिलाको भनाइ यस्तो रहेको पाइएको छ – मेरो शरीर नाङ्गो होइन, तिम्रो नजर बाङ्गो हो । वा , खोट छोटो लुगामा होइन , छोटो सोचमा छ । हुन त यस्तै छोटो वस्त्रका कारण कतिपय पुरुष स्त्रीद्वेषी बनेका होलान । त्यसैले पनि निर्वासित बङ्गलादेशी लेखिका भन्ने गर्दछिन् – पुरुषले सबै महिलालाई मनमनै बलात्कार गरिसकेका हुन्छन् । तर उनी के हेक्का राख्दिनन भने पुरुषलाई त्यस्तो चाँजोपाँजो मिलाइदिनेमा छोटा वस्त्रधारीनीहरूको उल्लेख्य योगदान रहेको हुनुपर्दछ । स्त्रीको उत्तरचेतनाले नारीलाई पुरुषद्वेषी हुन उत्प्र्रेरित गर्नेगरेको पाइन्छ । तथापि सामाजिक सञ्जालमै कतिपय महिलाहरूद्वारा नै पनि इज्जतिलो पहिरनमा जोड दिएको लिखत पनि नआएका होइनन ।
विश्वविद्यालयको पढाइ वा डिग्रीधारी हँुदैमा मानिसको चेतनास्तर ,विवेकबुद्धि पनि उन्नत हुन्छ भन्ने कुरो होइन रहेछ । प्रसङ्गवश एक जना युरोपेली दार्शनिक तथा लेखकचिन्तक बारेको एउटा क्षेपक सम्झना आयो – उनी विद्वान,वाकपटु थिए तर अष्टावक्रझैँ आठ ठाउँ बाङ्गा थिए । उनकी प्रेयसी चाहिँ साह्रै सुन्दरी र रुपसी थिइन् । एकदिन एउटा सार्वजनिक जमघटमा भनिछन्, ‘प्रिय,हाम्रो सम्बन्ध होस,सम्बन्धबाट एउटा सन्तान होस, त्यसको बुद्धि तिम्रो जस्तो होस अनि रूप मेरोजस्तो । भन त कति भाग्यमानी होला ऊ !’ उनले प्वाक्क भनेछन् ,‘अनि बुद्धि तिम्रो र रूप मेरोजस्तो भयोभने नि ?’
यो प्रसङ्ग मैले किन जोडेँ भने रूपप्रति सुन्दरताप्रति गुमान हुने महिलाहरूमा अपेक्षा गरिएअनुसारको विवेकबुद्धि नहँुदो रहेछ कि क्या हो ।यो.कुरो.पुरुषमा.पनि.लागू.हुन्छ.।
चलचित्र, टि.भी, बिभिन्न मेडियाहरू अनलाइन समेत, यू ट्युब, छापा माध्यमहरू,विज्ञापनकर्ताहरू आदि सबैले नारीको नग्नतालाई खुब प्राथमिकताका साथ पस्कने गर्दछन् । र, त्यही नग्नता बेचेर ती पालिने ,नाफा कमाउने गर्दछन् । नारीको त्यस्तो नग्नताप्रति पुरुषको आसक्ति पनि छ । यस्तै सन्दर्भको एउटा सत्य घटना प्रसङ्ग एक जना मित्रले यसरी सुनाए –
कुरो धेरै अघिकै हो । नयाँ सडकको रञ्जना सिनेमा घरमा एउटा अङ्ग्रेजी चलचित्र लागेको थियो । बुढ्यौलीले छँुदै गरेको एक जना वयस्क विधुर सँधै त्यो सिनेमा हेर्न जाँदो रहेछ म्याटिनी शोमा । उसलाई सँधै फिल्म हेर्न आउने गरेको कुरो सिट मिलाइदिने गेटकिपरले हेक्का राखिरहेको रहेछ र एकदिन सोधेछ –यो फिलिमले तपाईँलाई निकै मोहोनी लाएछ ..के छ त्यस्तो ?उसले खुसुक्क भनेछ – क्या मज्जाकी हिरोइन छे..च्वाँक..साला त्यो ट्रेन सँधै त्यै टाइममा बीचमा आइदिन्छ र सब मजा खतम पारिदिन्छ ..कुनै दिन त त्यो लेट वा छिटो होला नि..। गेटकिपरले कुरो बुझिहाल्यो र हाँसिरह्यो यसो भन्दै – ल ल हेर्नुस् कुनै दिन..।ऊ पनि मक्ख पर्दै गएर सिटमा बस्यो । रहेछ के भने फिल्मकी नायिका निर्जन नदीमा नुहाइवरी डिलमा उक्लेर लुगा फेर्न लाग्दा संवेदनशील अङ्गहरू देखिनु अगावै हठात रेल आइदिँदो रहेछ र ऊ छेलिँदी रहिछ..अनि अर्को दृश्य आइहाल्छ । हो ,नायिकाको त्यही नग्नता हेर्न ऊ लालायित रहेछ । र दिनहँु फिल्म हेर्न आउँदो रहेछ । चलचित्रको कथा,भाषा आदिसँग उसको सरोकार छँदैछैन , अङ्ग्रेजी ऊ बुझ्दैबुझ्दैन तर ट्रेन लेट आयोभने वा छिटो आयोभने वा छिटछिटो पास भयोभने नायिकाको नग्न रुप देख्न पाइन्छ कि भन्ने लागेर ऊ दिनहँु त्यो फिल्म हेर्न आइरहन्छ ।
हेर्नुस कसरी चलचित्रले लठ्याएको छ मान्छेको चेतनालाई । पुरुषमा रहेको यो तिर्खालाई चलचित्र व्यापारीले ठम्याएका छन् । त्यसैले कथाले मागेको छ वा त्यस्तै केही भनेर तिनीहरू चलचित्रमा नारीलाई नङ्ग्याइरहन्छन् । नायिका हुने रहरले वा चलचित्रमा खेल्न पाइने रहर वा बाध्यताले बिचरा नारीहरू पनि नाङ्गिन पनि तयार भइरहेका छन् । चलचित्रले अझ लुगै लगाइदिएर पनि दर्शकका लागि नायिका वा नारीपात्रको नाङ्गो तिघ्रा छाती देखाइदिने गर्दछ । छाला रङ्गकै कपडा जिउमा टपक्क टाँसिनेगरी लगाइदिएपछि दर्शकले चित्रमा उसलाई नाङ्गो रहेको भ्रम देख्ने गर्दछ । अचेल यताको बजारमा त्यस्तै रङ्गको सुरुवालको फेशन चलेको छ । त्यतिमात्र होइन, वक्ष देखिने ,सिङ्गो पिठ्यँु देखिने ,कुममा खुला झ्याल भएको , आधि छातीपिठ्युँ देखिने लुगा, तिघ्रामा चोक्टो निकालेको पैण्टजस्ता लुगा अचेल आम फेसन बनेको छ । आफूलाई नङ्ग्याउने लुगा लगाउन नारीहरूलाई , युवतीहरूलाई केले प्रेरित गर्दोरहेछ कुन्नि ! सम्पन्नताले नारीको लुगा फुकाल्दछ भनेको यही होला । हुन त यसमा सम्पन्नहरूमात्र होइन ,देखासिकीले सबैजसो त्यस्तैमा रत्तिएका देखिन्छन् । यो आधुनिक फेसनको कुरो हो । यो पूँजीवादी जगतको फेसन हो र यसले नारीको नग्नताको व्यापार गरिरहेको छ । र , यौन हिंसामा यो फेसनजन्य नग्नताको उल्लेखनीय योगदान रहेको देखिन्छ । यस्तै सन्दर्भको एउटा घटनाजन्य उदाहरण चलचित्र विधामा विद्यावारिधि गरेका एक जना विद्वानको लेखको अंश तल साभार गरिएको छ –
जबरजस्ती करणीको सजायमा जेल भोगिरहेको कक्षा १० पढेको एक जना २६ वर्षीय युवकको सत्य घटना हो यो । उसले हाफ पैण्टमा रहेकी अभिनेत्री जल शाहको एउटा फोटो(पोष्टकार्ड) किनेर ल्यायो । उसले जतिजति त्यो फोटो हेर्दै गयो उतिउति उसमा कामुकताको मात चढदै गयो । हँुदाहँुदा ऊ त्यस फोटोले साँच्चीकै मात्तियो , अन्धो बन्यो र आफ्नी काकाकी छोरीमाथि जाइलाग्यो । होसमा आउँदा उसले १३ वर्षकी आफ्नै बहिनीलाई बलात्कार गरिसकेको थियो । (डा.प्रदीप भट्टराई,२०६४, चलचित्र र समाज, भृकुटी त्रैमासिक, वर्ष–१,अङ्क–१,पृ.२४४ )। चिल्ला तिघ्रा देखाउँदो हाफ पैण्टमा प्रस्तुत त्यो चित्र चलचित्रको भाषामा ग्लामर्स होला तर त्यसले दर्शक पुरुषमा कामुकता जगायो । हुन त भन्न सकिएला – आइमाईका तिघ्रा ,वक्ष देख्दैमा पुरुषमा कामुकता उत्पन्न हुनुपर्ने किन ? त्यस्ता पुरुषले आफ्नो कामुकतामा लगाम लगाउनु पर्दछ । पुरुषले हाफ पैण्ट कट्टु लगौँटी लगाएर हिँडन हुने, महिलाले लगाउँदा कामुकता जाग्ने ? महिलालाई आगो र पुरुषलाई नौनी वा घिऊको उपमाले जडित गरेर आगोका अगाडि घिऊ पग्लिहाल्छ नि भन्ने पुरुषवादी तर्क पनि नसुनिएका होइनन् तर समस्या कहाँनिर छ भने आगो वा मकल बनेर हिँडने युवती महिलाहरू मकल नै बनेर हिँडिरहने गरेका छन् र गरिब,निमुखा ,निर्धा ,अबोध बालिका,महिलाहरू बलात्कारको , यौनहिंसाको शिकार बनिरहनु परेको तितो यथार्थ समाजमा दिनहँु बढदो छ । यसोउसो भनेर पक्षविपक्षमा तर्क गर्न सकिएला तर मानव मनोविज्ञानको पाटोलाई हामीले बिस्र्यौभने त्यो तर्कको अर्थ रहँदैन ।
प्रसङ्गबश अमिताभ बच्चन र हेमा मालिनी अभिनित हिन्दी चलचित्र बागवानको एउटा दृश्य र सम्बाद उल्लेख गर्नु आवश्यक ठानेँ । चलचित्रमा प्रेम दिवस (भ्यालेण्टाइन डे) को रमाइलो मान्दामनाउँदाको अवसरको प्रेमीप्रेमिकाको युगल जोडीहरूको समूह नाचगान गर्दैगर्दा एक प्रेमीले आफ्नो प्रेमिकालाई एकान्तमा लैजान्छ र एकान्तिक कर्म गर्ने प्रयास गर्छ , प्रेमिका इन्कार गर्दै त्यहाँबाट उछिट्टिन खोज्छे तर केटोले लछारेर आफूतिर तान्दछ र हकार्दै भन्दछ – साला , एक तो ये आधेआधे कपडे पहनकर हमारा खुन गरम करती है ,हमेँ इनभाइट करती है और फिर सतीसाबित्री होनेका नाटक करती है ..यत्तिकैमा यो दृश्य हेरिरहेकी हजुरामाले असह्य भएर हस्तक्षेप गर्दछे र नातिनीलाई आसन्न दुराचारी दुर्घटनाबाट रक्षा गर्न सफल हुन्छे । यस सम्बादमा केटाले भनेझैँ त्यस्तो यौनभावना जागृतिको कारण अङ्गप्रदर्शन गर्ने वस्त्रलाई बताइएको छ ।
छोटा वस्त्र र भडकिलो पहिरन भएकै अर्को एउटा चलचित्र छ अमिताभ बच्चन र जिया खान अभिनित हिन्दी चलचित्र नि:शब्द । यस चलचित्रमा छोटा र भडकिला लुगा लगाई हिँडने जिया (बिदा मनाउन छोरीसँगै आफ्नो घरमा आएकी उसकी साथी) सँग फोटोग्राफर नायकको अनुचित सम्बन्ध कायम हुन पुगेको देखाइएको छ । चलचित्रभरि जिया भडकिला पहिरनमा देखिन्छे । साथीको बुबासँग घुमफिरमा गइरहन्छे । हुन त ऊ निश्छल छे, प्रष्ट वक्ता पनि तर दिनहँुको सान्निध्यले फोटोग्राफर.नायकको ऊप्रतिको आसक्ति बढदै जान्छ र एक दिन उसकी छोरीले आफ्नो बुबालाई साथीसँग आपत्तिजनक अवस्थामा देख्छे । यो घटनाले परिवारमा विग्रह बढछ ,परिवार विघटित हुन्छ र अन्ततोगत्वा नायकले पछुतो मान्दै ‘उसको बारेमा मेरो बिचार यतिसम्म फेरिन्छ भनी म सोच्नसम्म पनि सक्दिन’को स्वीकारोक्तिसँगै आत्महत्या गर्ने निर्णय गर्दछ ।
माथिको तिनौटै उदाहरण छोटा लुगाका कारण यौनहिंसा हुन गएको भन्ने कुरो नै सम्प्रेषण गर्न खोजिएको छ । ‘छोटा लुगा लगाएकै कारण बलात्कार बढेको हो भने बलात्कार बढनुको कारण लुगा होइन,बजार हो ।‘ भन्ने निष्कर्ष रहेको छ समाजशास्त्री डा. मीना उप्रेतीको ( अन्नपूर्णपोस्ट,२ असार २०७५,शनिबार) । हुन त कतिपयले यौनहिंसाको कारण छोटो वस्त्र होइन छोटो सोच हो भन्ने गरेको पनि पाइन्छ । छोटो खोटो सोच पनि कारण हो नै तर त्यसको प्रेरक छोटो लुगा पनि हो भन्ने तथ्यमा ध्यान दिइएन भने समस्याको जरोलाई राम्ररी उधिन्न नसकिएला । बागवान र नि:शब्द हिन्दी चलचित्रले यही कुरामा समाजलाई सचेत गराउने प्रयास गरेका हुन । यसरी तर्क गर्न थालियोभने एउटाले अर्कोलाई दोषारोपण गर्न त सकिन्छ तर समस्याको जरो उधिन्न सकिँदैन । बजारमा छोटा लुगा छन् भने र त्यसले जोखिम असुरक्षा बढाउँछ भने नलगाउने नि । बजार पूँजीवादको पकडमा छ र पूँजीवादले ,साम्राज्यवादले नारीलाई बस्तुको रूपमा प्रस्तुत गरिरहेको छ भन्ने कुरो बुझ्न नसक्नुले पनि समस्या बढेको बढ्यै छ । त्यसैले बस्तु बन्ने कि नबन्ने व्यक्तिको रोजाइ हो । बजारलाई दोष दिएर चोखो बन्न खोज्नु पनि पूँजीवादी तर्क नै हो ।
पहिरनको अराजकता पश्चिमी मुलुकहरूबाट भित्रिएको हो । कोठीहरूमा बस्नेहरूले पनि छोटा लुगा लगाउने,नखरमाउला व्यवहार हाउभाउ गर्दै पुरुष ग्राहकलाई लोभ्याउने गर्दछन् ,त्यसो.गर्नु.तिनको.पेशाजन्य.बाधयता.हो.। पूर्वीय समाजमा छोटा लुगाको पहिरन प्रायश: खुकुला चरित्रका महिलाहरूमा हुने गरेको पाइन्छ । इस्लामी समाजमा त महिलाहरूका लागि त छोटा वस्त्र वर्जित नै छ । बुर्काभित्र बस्नु पर्दछ । तर त्यहाँ यौन अपराध छैन भन्नेचाहिँ होइन । त्यसका अरु कारण पनि छन् । नेपालमा जनयुद्धको उत्तरार्धताका मुण्डलेकुण्डले झ्यापुल्ले केटाहरू तथा छोटा भडकिला लुगा अनि जिन्स पैण्ट लगाउने भडकिलो फेसन गर्ने केटीहरूलाई माओवादीले कार्वाही गर्ने रे भन्ने हल्ला चलेको हप्ता दिनभित्रै समाजमा परिवर्तन देखियो । छोटा लुगा लगाउने पनि देखिन छाडे अनि कुण्डलेझ्यापुल्लेहरू पनि हराए । यसले के पुष्टि गर्दछ भने समाजमा पहिरनको अनुशासन कायम राख्नका लागि सामाजिक डरत्रासको आवश्यकता पनि पर्ने रहेछ ।
छोटा भडकिला लुगा लगाउन महिला युवतीहरूलाई केले प्रेरित गर्दछ कुन्नि ? किन प्रेरित हुन्छन् त ? ज्ञान चेतनाको अभाव.र.निरपेक्ष.स्वतन्त्रताको.चाहनाले नै हो । पूँजीवादले समानता,स्वतन्त्रता र लैङ्गिक अधिकार दिएजस्तो गरेर अर्कोतिरबाट लैङ्गिक शोषण गरिरहेको कुरो बुझ्न गाह्रो परिरहेको छ नै । अभियन्ताहरू,अझ भनौँ ,महिला अधिकारकर्मीहरू यसबारे किन बोल्दैनन् ? ती पनि यस्ता कुरामा आफैँ पनि स्पष्ट नहुन सक्छन् । पूँजीवादले नारीवादी अस्त्रमार्फत् तिनलाई पुरुषवादको निरपेक्ष विरोधी चेतना पनि बाँडेको छ , अनि स्वतन्त्रता र फेसनको नाममा नङ्ग्याइ पनि रहेको छ ।
विभिन्न पत्रपत्रिकाहरूमा अझ किशोरकिशोरीहरूले पढने गरेका शुक्रबारे पत्रिकाहरूमा छोटा लुगा लगाएका तथा नग्नप्राय: सेलिब्रेटीहरूका पाना भरिका चित्रहरू बाक्लै छापिएको देखिन्छ । यस्ता चित्रहरूले युवा किशोर मानसपटमा पार्ने छाप के हुन्छ ? किशोर समुदाय किन त्यस्तो अपराधमा संलग्न भइरहेका छन् ? हालै सामाजिक सञ्जालमा कञ्चनपुरकी बालिकाको बलात्कारी हत्यारा पत्ता लगाउनका लागि दबाब दिने आन्दोलनमा उत्रिएकी आन्दोलनकारी एक युवतीले गुनासो गर्दै लेखिन – पेटीकोट लाएर आन्दोलनमा हेलिँदा मान्छेले समर्थन गरे ऐक्यबद्धता जनाए तर कपाल मुण्डन गरेर त्यही मागलिई आन्दोलनमा उत्रिँदा तिनले समर्र्थन गरेनन् । यसबाट के निष्कर्ष निकाल्ने होला ? त्यसैले यस्ता कुराबाट हामीले सिक्ने प्रयास गर्नुपर्दछ ।
भारतेली (राजस्थानी) कवयित्री तथा मुशायरी गायिका लता हायाले छोटा लुगाको पहिरनप्रतिको आपत्ति एउटा गीतमार्फत् अभिव्यक्त गरेकी छिन् । –फिल्मेँ हो मोवाइल हो या इन्टरनेट हो /ननभेज मेसेज चलते हैँ सब चाहे भल्गर चैट हो /ये कैसा कल्चर है एडभान्स हुई एजुकेसन /कम कपडोँ मेँ फख्र करेँ गाली देना माने फैसन /.. पुछरही हँु हिन्दूस्ताँ की ताकतवर महिलाओँ से./इस सारी बेशर्मी के हम खुद ही जिम्मेदार हैँ…)।
अमेरिकी महिलावादी अभियन्ती जेसिका भ्यालेन्टी पुरुषमा स्त्रीद्वेषी भावना हुर्कन दिनुहुन्न भन्ने मत राख्दछिन् । हुन त छोटा वस्त्रले पनि पुरुषमा एक हदको स्त्रीद्वेषी भावना जगाउँछ नै तथापि यो स्त्रीद्वेषी भन्दा पनि स्त्रीआसक्ति भन्नु उपयुक्त होला । क्यानाडेली मनोविज्ञानी प्राध्यापक जोर्डन पिटर्सनको विचारभने महिलाले सौन्दर्यप्रेमप्रति धेरै आसक्त नहुनु भन्ने रहेको पाइन्छ । काममा जाँदा महिलाहरूले सौन्दर्यसामग्री प्रयोग नगर्ने होभने यौनहिंसाको समस्या नरहने तर्क छ उनको ।(अन्नपूर्ण पोष्ट,१३ साउन २०७५) ।
समाजमा यौनहिंसा बढिरहेको छ । यसलाई नियन्त्रण गर्नतर्फ राज्यको समाजको परिवारको तथा व्यक्तिको प्रयासपहल आवश्यक छ । पुरुषद्वेषी वा स्त्रीद्वेषी बनेरमात्र यसको समाधान पहिल्याइँदैन ।े ईमेडियामा देखिने पोर्न साइटमा प्रतिबन्ध लगाउने वा.नियन्त्रण.गर्ने, पत्रपत्रिकाहरूमा छापिने चित्रहरूमा पनि नियन्त्रण गर्नु वाञ्छनीय छ । पहिरनको अनुशासनले पनि यस्तो हिंसालाई न्यूनीकरण गर्न थोरबहुत योगदान दिन्छ नै । त्यसैले शारीरिक नग्नता झल्किने पहिरनलाई प्रोत्साहित नगरौँ ,स्त्रीद्वेषी पुरुषद्वेषी प्रतिस्पर्धा नगरौँ ,स्त्री पुरुष परस्पर सम्मानभाव राखौँ किनकि ती उही रथका पाङ्ग्रा हुन् ।
०००




























