

श्रावण १८ महेन्द्रनगर ।
नेकपा(क्रान्तिकारी माओवादी) कञ्चनपुरव्दारा आज दार्चुला घटना, सिमा अतिक्रमण र एमसीसीको विरोधमा कञ्चनपुरको महेन्द्रनगर बजारमा विरोधसभा सम्पन्न गरिएको छ । महेन्द्रनगर बजार परिक्रमापछि मदनचोकमा उक्त विरोधस सम्पन्न गरिुउको छ ।
उक्त विरोधसभालाई देजमो प्रदेश अध्यक्ष विष्णुराम नेपाली र पार्टी केन्द्रिय सदस्य हरि सुवेदीले सम्वोधन गर्नु भएको थियो । सम्वोधनका क्रममा वक्ताहरुले दार्चुला घटना, सिमा अतिक्रमण र एमसीसीको समस्याहरु र साथै निर्मला हत्या प्रकरण, किसानका समस्याहरुआदिका विषयमा प्रकास पार्नु भएको थियो । उक्त विरोधसभाको सञ्चालन जिल्ला सचिव कैलासले गर्नु भएको थियो ।
यसैवीच नेकपा(क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेश समिति सेक्रेटरी रामबहादुर महराव्दारा दार्चुला घटना सिमा अतिक्रमणआदि विषयलाई लिएर एउटा प्रेस नोट प्रकाशित गरिएको छ । प्रेस नोटको पूर्णपाठ तल दिइएकोछ :
प्रेस नोट
भारतले दाचुलाको कालापानी क्षेत्रमा जबर्जस्ती सडक निर्माण गर्दा महाकाली नदीको धार नेपालतर्फ फर्काउने बाटो भत्काउने र कैलालीलगायतका विभिन्न ठाउँमा अतिक्रमण गर्ने कार्यप्रति नेकपा(क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेश समितिको गम्भीर ध्यान आकर्षण भएको छ । दलाल राष्ट्रघाती जनघाती सरकारले उद्योग कलकारखानाको विकास गर्नुको सट्टा व्यापार घाटा कमगर्ने निहुँमा चुरे र महाभारत पर्वतमा ढूङगा गिट्टी बालुवाउत्खनन गर्ने निर्णय पनि नेपालको भलोभन्दा पनि भारतलाई रिझाउने कार्य हो । यस किसिमका वैदेशिक हस्तक्षेप र राष्ट्रघातका घटनाको घोर निनदा गर्दै देशको सार्वभौमिकताको रक्षा गर्न र कोभिड १९ बाट जनताको ज्यान बचाउने उचित पहलकदम चाल्न सरकारसँग जोडदार माग गर्दै राष्ट्रियता र जनतन्त्रका लागि गरिने संघर्षको मैदानमा होमिन सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछु ।
क्रान्तिकारी अभिवादन सहीत
रामबहादुर महरा
सक्रेटरी
नेकपा(क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेश समिति