रसियन बोल्सेविकमा आएको विभाजनको अवधि विश्व परिस्थितिमा आएका प्रमुख परिवर्तनहरूको अवधिको सुरूवातमा थियो । युरोपमा प्रमुख पुँजीवादी देशहरूबीच शान्तिको ३५ वर्ष लामो ग्याप युद्धहरूको लगातार घटनासितै तोडिएको थियो । साम्राज्यवादको उमेर भरभराउदो थियो र नयाँ साम्राज्यवादी शक्तिहरूले बजार हडप्न र विस्तार गर्नका लागि लडन सुरू गरे । तिनीहरू क्षेत्रीय युद्धहरूको एउटा जोड घटाउको संख्या भित्र छिरे । तिनीहरूमध्ये एउटा महत्वपूर्ण युद्ध १९०४–१९०५को रसियन–जापनिज युद्ध थियो । यी क्षेत्रीय युद्धहरू विश्वको पुन: विभाजनका लागि १९१४–१९१८को विध्वंसकारी प्रथम विश्व युद्धका लागि साम्राज्यवादी शक्तिहरूद्धारा तिनीहरू आफैले तयारी पारिएको थियो ।
सो अवधि क्रान्तिहरूको एउटा नयाँ विद्रोहको अवधि पनि थियो । यी क्रान्तिहरूको प्रमुख स्रोत यद्धपि त्यसवेलामा युरोप नभई एशिया थियो । यी क्रान्तिहरूको पहिलो १९०५को रसियन पुँजीवादी क्रान्ति थियो, जसको पछि टर्किस, प्रशियन र चीनीयाँ पुँजीवादी क्रान्तिहरू भए । सर्वहाराको भूमिकाको दृष्टिकोणबाट र माक्र्सवादी क्रान्तिकारी कार्यनीतिहरूको विकासका हिसावले यी क्रान्तिहरूको सबै भन्दा महत्वपूर्ण १९०५को रसियन क्रान्ति थियो । यसको सुरूवात रसियन–जापनिज युद्ध थियो ।
रसियन–जापनिज युद्ध, जो ८ फरवरी १९०४मा सुरू भएको थियो, जारका निम्ति हार र २३ अगस्त १९०५मा गरिएको एउटा अनादरयुक्त शान्ति सम्झौतामा अन्त्य भयो । बोल्सेविकहरूले यस युद्धमा एउटा स्पष्ट क्रान्तिकारी अडान र दृष्टिकोण लागु गरे । उनीहरूको आफ्नै सरकारको विरूद्ध गए र देशभक्ती र राष्ट्रवादको कुनै पनि झुटा मान्यताहरूलाई खारेज गरे । उनीहरूको पद्धति यो थियो कि जारको हार क्रान्तिका निम्ति उपयोगी हुने छ, किनभने यसले जारतन्त्रलाई कमजोर बनाउने छ र क्रान्तिलाई बलियो बनाउने छ । यहि नै वास्तविकता बन्यो । १९००–१९०३को आर्थिक संकटले उत्पीडित जनसमूहको कठिनाइहरूलाई पहिलेबाटै अझ ज्यादा कठिन बनाएको थियो । युद्धले यो दुख दर्दलाई अझ झन तीब्र बनायो । जतिजति युद्ध निरन्तर बन्दै गयो र रसियन सशस्त्र फौजले एकपछि अर्को हारको सामना गर्दै गयो, जनताको जारप्रतिको घृणा बढदै गयो । तिनीहरूले १९०५को महान् क्रान्तिसित त्यसलाई प्रतिक्रिया दिए ।
जसको बोल्सेविकहरूले नेतृत्व गरेको बाकुको तेल मजदुरहरूको आम हडतालसित डिसेम्वर १९०४मा भएको ऐतिहासिक आन्दोलन सुरू भयो । यो रसियाभर हडतालहरू र क्रान्तिकारी कार्यहरूको एउटा लहरका लागि ’सुचना दिने वत्ति’ थियो । खासगरी, क्रान्तिकारी तुफान २२ जनवरी १९०५मा पिट्वर्गमा नि:शस्त्र मजदुरहरूको एउटा प्रदर्शनमाथि अन्धाधुन्ध गोली प्रहार र कत्लेआमसित विष्फोट भयो । जारको प्रयास मजदुरहरूलाई रगताम्य पारेर ध्वस्त पार्ने थियो तर यसले जनसमूहबाट अझ ज्यादा डरलाग्दो प्रतिकृया मात्रै प्रेरित गर्‍यो । १९०५को अवधिभर मजदुरहरूद्धारा मिलिटेण्ट राजनीतिक हडतालहरूको लहर उठने, किसानहरूद्धारा जमिन र जमिन्दारहरूको अनाज खोस्ने र पोटम्किन युद्ध जाहाजका रसियन नेभि सेलर्सद्धारा विद्रोह समेतको अवधि थियो । जारले दुइ पटक, एउटा बोलीमा संघर्षलाई अन्तै मोडने उद्येश्यले पहिलो पटक एउटा ‘परामर्शदाता’ र अनि त्यसपछि ‘विधायिका’ दुमा(दुमा रसियन संसद हो) प्रस्ताव गर्‍यो । बोल्सेविकहरूले दुवै/दुमाहरू इन्कार गरे जबकि मेन्सेविकहरूले भाग लिने निर्णय गरे । क्रान्तिको उच्च लहर १९०५को अक्टोवर र डिसेम्वरका बीचमा थियो । यो अवधिका दौरानमा, सर्वहाराले, विश्व इतिहासमै पहिलो पटकका लागि, मजदुरहरूका डेपुटिजहरू–जुन सबै मिलहरू र कारखानाहरूबाट प्रतिनिधिहरूको सभाहरू थिए, को सोवियत स्थापना गर्‍यो । यीनीहरू क्रान्तिकारी सत्ताका भ्रुण थिए, र १९१७मा समाजवादी क्रान्तिपछि सोभियत सत्ता स्थापनाका लागि मोडल भए । अक्टोवरमा एउटा अखिल–रसिया राजनीतिक हडतालसित सुरू गर्दै, क्रान्तिकारी संघर्षहरू जबसम्म मस्कोमा,र अन्य शहरहरू र देशभरका नेश्नलिटिजहरू डिसेम्वरमा, बोल्सेविक नेतृत्वको सशस्त्र विद्रोहहरू भए, उठदै गए, यी निशम्सपूर्वक ध्वस्त गरिए र त्यसपछि क्रान्तिको ज्वार कम हुन सुरू भयो । क्रान्ति यद्धपि अझै पनि ध्वस्त भएको थिएन् र मजदुरहरू र क्रान्तिकारी किसानहरू सुस्तसुस्त लडाइमा फर्कीए । एक लाख भन्दा बढि मजदुरहरूले १९०६मा हडतालहरूमा भाग लिए, र १९०७मा ७४०, ००० ले । किसान आन्दोलनले १९०६को पहिलो आधामा जारशाही रसियाको जिल्लाहरूको करिब आधा र वर्षको दोस्रो आधामा करिब पाच भागको एकभाग आफ्नो अधिनमा गर्‍यो । क्रान्तिको उच्चता यद्धपि पार भएको थियो । ३ जुन १९०७मा, जारले एउटा सम्पत्ति कूँ गर्‍यो, उसले आफै निर्माण गरेको दुमालाई विघटन गर्‍यो, र क्रान्तिका दौरानमा उसलाई वाध्य वनाएर प्रदान गरेका सिमित अधिकारहरू समेत फिर्ता गर्‍यो । जारशाही प्रधानमन्त्री स्टोलिपिन, जसलाई स्टोलिपिन प्रतिक्रिया भनिन्थ्यो, अन्तरगत निर्मम दमनको अवधि सुरू भयो । यो १९१२मा हडतालहरू र राजनीतिक संघर्षहरूको अर्को लहर नआएसम्म रहयो ।
यद्धपि १९०५को क्रान्तिलाई हराइयो जसले जारशाही शासनका धेरै जगहरूलाई हल्लाइ दियो । यसले तीन वर्षको छोटो छोटो दुरीमा, मजदुर वर्ग र किसानलाई एउटा बहुमूल्य राजनीतिक शिक्षा पनि दियो । यो अवधि पनि थियो जब बोल्सेविकहरूले सर्वहाराको रणनीतिहरू र कार्यनीतिहरू सम्वन्धमा उनीहरूको क्रान्तिकारी बुझाईको आधारभूत सच्याईलाई व्यवहारमा सिद्ध गर्‍यो । यो क्रान्तिको कोर्षमा थियो कि बोल्सेविकको क्रान्तिको मित्रहरू र शत्रुहरू र संघर्षका रूपहरू र संगठनका रूपहरू सम्वन्धी बुझाइ दृढतापूर्वक स्थापित गरियो ।
बोल्सेविकहरू र मेन्सेविकहरूका माथि उल्लेखित सबै प्रश्नहरूमा विरोधी बुझाई थिए । मेन्सेविकहरूको बुझाई सुधारवादी थियो र कानुनी बुझाई थियो जुन त्यस वेलासम्म दोस्रो अन्तराष्ट्रियका घेरै पार्टीहरूमा साझा बुझाई भएर अगाडि आएको थियो । यो बुझाइ यसमाथि आधारित थियो कि रसियन क्रान्ति, एउटा पुँजीवादी क्रान्ति भएकाले, उदार पु“जीपतिद्धारा नेतृत्व गरिनु पर्दथ्यो, र त्यसकारण सर्वहाराले कुनै त्यस्तो पाइला चाल्नु ह“दैन् जसले पु“जीपतिलाई डराउने गराउने छ र जारको हतियारभित्र यसलाई धपाएर पठाउने छ । बोल्सेविक बुझाई अर्कोतीर क्रान्तिकारी बुझाई थियो जुन सर्वहाराले क्रान्तिको नेतृत्वका लागि पुँजीपतिमाथि भरपर्न सक्दैन् र क्रान्तिको नेतृत्व आफैले लिनु पर्दछ । यो नै क्रान्तिकारी आधार थियो जुन बोल्सेविकहरूले क्रान्तिको सबै अन्य रणनीतिक र कार्यनितिक प्रश्नहरूमाथिको उनीहरूको बुझाईको विकास गरे । यसरी बोल्सेविकहरूले क्रान्तिको विस्तारका लागि र सशस्त्र विद्रोहमार्फत जारलाई फयाक्न आव्हान गरे, मेन्सेविकहरूले एउटा शान्तिपूर्ण फ्रेमवोर्कभित्र क्रान्तिलाई नियन्त्रणमा राख्ने कोशिस गरे र जारशाहीलाई सुधार गर्न र विकास गर्ने प्रयास गरे ।
बोल्सेविकहरूले मजदुर वर्गको नेतृत्वका लागि, उदार पुँजीपतिको पृथकतामा र किसानसित एउटा बलियो मित्रतामा दवाव दिए, मेन्सेविकहरूले उदार पुँजीपतिसित मित्रता र उसको नेतृत्व स्विकार गरे र किसानलाई एउटा क्रान्तिकारी वर्गका रूपमा उसित मित्रताका लागि मान्यता दिएनन् । बोल्सेविकहरू एउटा सफल जनताको विद्रोहका आधारमा एउटा अस्थाई क्रान्तिकारी सरकार गठनमा सहभागिताका लागि तयार थिए र जारले दिएको दुमाको बहिष्कारका लागि आव्हान गरे, मेन्सेविकहरू दुमामा भागलिन तयार थिए र यसलाई देशका “क्रान्तिकारी शक्तिहरू” को केन्द्र बनाउने प्रस्ताव राखे । मेन्सेविकहरूको बुझाई सुधारवादी प्रवृतिको एउटा एक्लीएको उदाहरण थिएन् । वास्तवमा मेन्सेविकहरू बुझाई त्यो समयमा दोस्रो अन्तराष्ट्रियका प्रमुख नेतृत्वदायी पार्टीहरूको बुझाईको पुरै प्रतिनिधित्व थियो । यसरी लेनिन र बोल्सेविकहरू मेन्सेविकहरूको सुधारवादका विरूद्ध मात्रै लडिरहेका थिएनन् तर त्यो समयमा प्रभुत्व भएका अन्तराष्ट्रियका तथाकथित माक्र्सवादी पार्टीहरूका सुधारवादी बुझाईका विरूद्ध थिए । लेनिनका मान्यताहरू यद्धपि माक्र्स र ऐगेल्सका क्रान्तिकारी बुझाइको एउटा निरन्तरता र विकास थिए । यो साम्राज्यवाद– एउटा नयाँ चरणभित्र पुँजीवादको वृद्धिद्धारा ल्याइएको नयाँ अवस्थाहरूमा लागु गरिएका माक्र्सवादी क्रान्तिकारी कार्यनीतिहरूको एउटा अर्को विकास थियो । लेनिनले क्रान्तिकोे दौरानमा उनका विभिन्न लेखहरूमा खासगरी प्रजातान्त्रिक क्रान्तिमा सामाजिक प्रजातन्त्रका दुई कार्यनीतिहरू भन्ने उनको किताबमा यी कार्यनीतिहरू प्रकाशित गरे । जुलाई १९०५मा लेखिएको यो किताब बोल्सेविकहरू र मेन्सेविकहरूले वेग्लै कंग्रेसहरूको आयोजना गरेपछि , दुई समूहहरूद्धारा प्रस्तावित रणनीति र कार्यनीतिहरूमा आवश्यक भिन्नताहरू बाहिर आए ।
लेनिनद्धारा यस कामका लागि र अन्य कामहरूका लागि प्रस्तुत गरिएका आधारभूत कार्यनीतिक सिद्धान्तहरू निम्न थिए :
१. लेनिनका सबै लेखहरूमार्फत प्रवाह भएका प्रमुख कायनीतिक सिद्धान्त यी थिए कि सर्वहारा पुँजीवादी प्रजातान्त्रिक क्रान्तिको नेता वन्न सक्छ र बन्नु पर्दछ । यो काम गर्नका लागि दुईवटा अवस्थाहरू आवश्यक थिए । पहिलो, सर्वहाराका लागि एउटा मित्र हुनु आवश्यक थियो जसले जारशाहीमाथि एउटा निर्णायक विजयमा इच्छुक थियो र जसले सर्वहाराको नेतृत्व स्विकार गर्न इच्छुक हुन सक्दथ्यो । लेनिनले विचार गरे कि किसान यस्तो एउटा मित्र थियो । दोस्रो, यो आवश्यक थियो कि त्यो वर्ग जसले क्रान्तिकोे नेतृत्वका लागि सर्वहारासित लडिरहेको थियो र यसको पूर्ण नेता बन्नलाई कोशिस गरिरहेको थियो, नेतृत्वको प्रतिष्पर्धाबाट बाहिर बलजफ्ती फयाकिएको थियो र एक्लो बनाइयो । लेनिनले बुझे कि उदार पुँजीपति एउटा यस्तो वर्ग थियो । यसरी सर्वहाराको नेतृत्वको लेनिनको प्रमुख कार्यनीतिक सिद्धान्तको सारतत्वको अर्थ त्यही समयमा किसानसितको मित्रताको नीति र उदार पुँजीपतिलाई एक्ल्याउने नीति ।
२. संघर्षका र संगठनका रूपहरूको सन्दर्भमा, लेनिनले सोंचे कि जारशाहीको अन्त्य र प्रजातान्त्रिक गणतन्त्रको प्राप्तका लागि प्रभावकारी तरिकाहरू एउटा विजयी जनताको सशस्त्र विद्रोह थियो । यसलाई प्राप्त गर्नका लागि लेनिनले मजदुरहरूको सशस्त्रीकरण र मास राजनीतिक हडतालहरूका लागि आव्हान गरे ।
उनले ८ घण्टाको कार्य दिन र अधिकारीहरू र कानुनलाई नजरअन्दाज गर्दै एउटा क्रान्तिकारी तरिकामा मजदुर वर्गका अन्य तात्कालिन मागहरू प्राप्तीका लागि आव्हान पनि गरे । त्यसैगरी उनले परिवर्तनका लागि जस्तै एउटा क्रान्तिकारी तरिकाले जमिन खोस्न क्रान्तिकारी किसान समितिहरूको गठनका लागि आव्हान गरे । अधिकारीहरूलाई अनादरका यी कार्यनीतिहरूले जारको राज्य संयन्त्रलाई प्यारलाइज गर्‍यो र जन समूहको पहकदमी बढायो । यसले शहरहरूमा क्रान्तिकारी हडताल समितिहरू र गाउ“क्षेत्रमा क्रान्तिकारी किसान समितिहरू गठन गर्‍यो, जुन पछि मजदुर डेपुटिजहरूका सोवियतहरूमा र किसान डेपुटिजहरूका सोवियतहरूमा विकास गरे ।
३. लेनिनले अझ जोड दिएर भने कि क्रान्ति पुँजीवादी क्रान्तिको विजयपछि र प्रजातान्त्रिक गणतन्त्रको प्राप्तीपछि रोकिनु हुँदैन् । उनले प्रस्ताव गरे कि क्रान्तिकारी पार्टीको कर्तव्य पुँजीवादी क्रान्तिलाई समाजवादी क्रान्तितर्फ अगाडि बढाउन हरसम्भव उपायहहरू गर्नु पर्दछ । उनले यसरी माक्र्सको निरन्तर क्रान्तिको अवधारणालाई ठोस आकार दिए ।
यी कार्यनीतिक सिद्धान्तहरू पछिल्ला अवधिका दौरान बोल्सेविक प्राक्टीसका लागि आधार बने । यसले अन्त्यमा १९१७ अक्टोबर क्रान्तिको विजय प्राप्त गर्‍यो र विश्वमा पहिलो मजदुरहरू(सर्वहाराहरु)को राज्य स्थापना गर्‍यो ।
singhhukum683@gmail.com

 

प्रतिक्रिया

सम्बन्धित खवर