
काठमाडौं । देउवा सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ ।
शर्मा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउने भएपछि शर्मालाई कामुको जिम्मेवारी दिन लागिएको हो ।
प्रधानसेनापति अवकाशको एक महिनाअघि बिदा बस्ने परम्परा रहेको छ । थापा २४ साउनबाट बिदा
बस्ने तयारीमा छन् ।