
काठमाडौं । शेरबहादुर देउवाले चार मन्त्रिसहित पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा देउवालाई शपथ गराएकी हुन् ।
साँझ ६ बजे नै शपथ गराउने तय भएपनि नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि देउवाले शपथ लिन अस्वीकार गरेका थिए ।
नियुक्ति पत्रको बेहोरा परिवर्तन गरेर संविधानको धारा उल्लेख गर्नुपर्ने देउवाको अडान थियो । त्यही कारण शपथमा सवा दुई घण्टा ढिलाइ भयो ।बेहोरा परिवर्तन गरेपछि प्रधानमन्त्री देउवाले शपथ लिएका हुन् ।
मंगलबार नै चार मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेसका बालकृष्ण खाँण–गृह र ज्ञानेन्द्रबहादुर कार्की–कानून तथा माओवादी केन्द्रका पम्फा भुसाल– उर्जा र जनार्दन शर्मा– अर्थ मन्त्रीमा नियुक्त भएका छन् ।
