यस्तो भइदिएको भए…

यस्तो भइदिएको भए…

गोठभरि गाइभैंसी, कुखुरा, बाख्रा
पालन गरि प्रशस्त आम्दानी भइदिएको भए
गोठको भकारो सफा गर्दा
छि हात गन्हाउछ नभनिदिएको भए
घरमा दूध, दहि र मलको अभाव हुने थिएन
खेतवारीमा कुटो कोदालो गर्नेलाई
पाखे, फोहोरी नभनी दिएको भए
अन्नको अभावमा धोक्रो बोक्दै हिड्नु पर्ने थिएन
उचित सिंचाई, मल, बीउको अभावमा
कृषक सधैं तड्पिनु नपरेको भए
कृषकका उत्पादित अन्न, फलफूल, तरकारी
बजारमा सहज पहुंच भइदिएको भए
देशका होनहार युवाहरु, खेतवारी बाँझो राखेर
काम खोज्दै बेरोजगार भएं भन्न पर्ने थिएन
शिक्षारुपी ज्योति लिई समाजकै ठूला भएकाहरुले
देशको समाज, परिस्थिति, धर्म, संस्कार, परम्परा बुझि
त्यसै अनुसार प्रबिधि र बिकासको गोरेटो कोरिदिएको भए
प्रबिधि र बिकासको ज्ञान प्राप्त बिद्धानहरु
देशको स्थानीय स्रोत साधनको बिपरित
काम होइन, कुर्सिमा बस्ने र अरुलाई सिकाउने
खोज, अनुसनधानबिनाको हाकिम नबनिदिएको भए
देशमा बिकास भएन भनेर गनगन गर्नु पर्ने थिएन
अनि देश गरीव भयो भन्ने शब्द सुन्नै पर्ने थिएन
देशको समाज व्यबस्थित गर्ने राजनीति र प्रशासन
इमान, इज्जत, प्रतिष्ठा र नैतिकताको पालना गरिदिएको भए
भ्रष्टाचार, अनियमितता, कुशासन, बिकृतिका श्रृंखलाहरुले
नेपालीहरुका दु:ख, पीडाका पहाड बनेर खडा हुने थिएनन्
कामको सम्मान गर्ने परम्परा बसालिदिएको भए
काम गर्नेलाई अछुत, अजात र अनागरिक जस्तो
असमानता र पहुंचबिहिन अनि आवाजबिहिनले पनि
समानताको आधारमा न्यायको ब्यवस्था भइदिएको भए
देशमा सधैं द्वन्द्वको डर, त्रास भइरहने थिएन
दोष अरुलाई, काम नगर्ने आफु
स्वर्ग जस्तो देश, तैपनि खत्तम छ भन्दै
विदेशतिर पलायन हुनु पर्ने थिएन
उफ् ! खासमा यस्तो नभइदिएको भए