
नेपालको वर्तमान राजनैतिक परिस्थिति जुनरुपमा अभिव्यक्त भएको छ, त्यसलाई ठिक दिशामा लैजान क्रान्तिकारी कम्युनिस्टहरु तथा देशभक्त , प्रगतिशील शक्तिहरुको व्यापक र फराकिलो मोर्चा निर्माण गर्नु पर्ने देखिन्छ । एकातिर ,साम्राज्यवाद बिस्तारवादको नाङ्गो उत्पीडन र हस्तक्षेप तथा अर्कोतिर दलालपुजिवाद , नोकरशाही पुजीवाद र सामन्तवर्गको राज्यसत्ताको उत्पीडनले देश र जनता उत्पीडित हुँदै आएको पृष्ठभुमीमा ती दुबै प्रकारका उत्पीडन र शोषणबाट मुक्ति नै आजको राष्ट्रिय कार्यभार हो । तसर्थ , विद्द्यमान संसदीय प्रतिक्रियावादी राज्यसत्ता र ब्यबस्थाको अन्त्य गर्दै जनताको जनवादी राज्यसत्तको स्थापना गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने उद्देश्य सहित राजनैतिक कार्यदिशाको निर्माण गर्न जरुरी छ ।त्यो राजनैतिक कार्यदिशा प्राप्तिको लागि क्रान्तिकारी जनमतको निर्माण , सागठानिक, भौतिक तयारी र विद्यमान संसदीय ब्यवस्थाको भण्डाफोर तथा राष्ट्रिय स्वाधीनताका लागि सम्पुर्ण देशभक्त तथा प्रगतिशील शक्तिहरुको एकताबद्ध आन्दोलन प्राथमिकता बन्न पुगेको छ । देशको सार्वभौमिकता क्षेत्रीय अखण्डता र राष्ट्रिय स्वाधीनतालाई स्वाधीन र स्वाभिमान कायम नगरी क्रन्तिका कार्यभार निश्चय नै पूरा हुदैनन । त्यसैले सम्पुर्ण देशभक्तहरु स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध भएर नै देशको सार्वभौमिकताको रक्षा गर्न सकिने प्रस्ट छ । १८१६ को सुगौली सन्धि देखि हुँदै आएका असमान र अपमान जनक सन्धि संझौताले नेपालको स्वाधीनतालाई खण्डित गर्दै आएकोले ती सबै असमान सन्धि सम्झौताको खारेज गरेर देशलाई समानताको स्थानमा ल्याउनु पहिलो दायित्व र कर्तव्य हुन्छ हो । त्यति मात्रै होइन , रज्यको नीति निर्माणमा जबसम्म वैदेशिक हस्तक्षेप कायम रहन्छ तबसम्म भौगोलिक रुपमा देश यथास्थानमा रहे पनि साचो अर्थमा देश स्वाधीन र सार्वभौम रहदैन । नेपालको स्वाधीनता र राष्ट्रियताको प्रश्नमा यस्ता अनकौ समस्याहरु रहेका छन र ,ती समस्याको हल सम्पुर्ण देशभक्तहरुको एकताद्वार नै गर्न सकिन्छ र गर्नु पर्दछ । अहिलेको आवश्यकता सबै देशभक्तहरु एक ठाउँमा आउनु पर्ने परिस्थिति निर्माण भएको छ र त्यो समयको मागलाई पूरा गर्न सबैले आआफ्नो ठाउँबाट गम्भीर भएर सोच्न जरुरी छ । राजनैतिक उद्देश्य फरक फरक रहेपनी राष्ट्रिय स्वाधीनताको बिषय सबै नेपालीको एउटै हो र हुनुपर्दछ । तर यहाँ राष्ट्रियताको बिषयमा त्यसप्रकारको एकता कायम हुन नस्क्नुमा मुख्यत साम्राज्यवादी, बिस्तारवादी शक्तिहरुको स्वार्थ र त्यसको दलाली गर्ने शासकहरुको आत्मसमर्पणको नीतिले नै बिभाजन गराउदै आएको छ । स्वाधीनता र स्वाभिमानताको लडाइँ विरुद्ध सम्झौता गर्नेहरु अस्थायी रुपमा साम्राज्यवाद मुख्यत भारतीय बिस्तारको आडमा शक्तिशाली देखिए पनि जनताको एकताबद्ध आन्दोलनले ती सबैलाई पराजित गर्ने कुरा निश्चित छ । आज राष्ट्रियताको सघर्ष गर्दा हाम्रा अगाडि पहिले ती दलालहरु नै आउने छन जसले वैदेशिक हस्तक्षेपको लागि आधर निर्माण गरे । देशको अर्थराजनीतीमा कायम रहेको वैदेशिक हस्तक्षेपलाई नियन्त्रण र नियमन गरेर नै राष्ट्रिय स्वाधीनताको रक्षा सम्भव हुनेछ । त्यसका लागि लामो समय देखि बिशेषत भारतीय बिस्तारवादको जुन हैकम र उत्पीडन छ, त्यो साङलो तोड्न जरुरी हुन्छ ।यसको अर्थ अन्य साम्राज्यवादी शक्तीहरुले गर्दै आएको उत्पीडन प्रती नजरान्दाज गर्नु कदापी हुदैन । अछिल्लो समय अमेरिकी साम्राज्यवादद्वारा अगडी सारिएको हिन्द प्रशान्त रणनीति पनि नेपालको लागि त्यतिकै खतरा रहेकोले त्यसका विरुद्ध पनि त्यतिकै ध्यान दिन जरुरी छ ।यसरी आज नेपालको सार्वभौमिकता माथी हुँदै आएको वैदेशिक हस्तक्षेपले नयाँ र जटिल स्थिति उत्पन्न गरेकोले राष्ट्रिय स्वाधीनताको सघर्ष प्राथमिकता पर्न गएको कुरा संवत् छर्लङ्ग नै छ । पछिल्लो समयमा प्रधानमन्त्री के पि वलिले चालेका कदमले जनतन्त्र कमजोर बनाएको अर्थमा मात्र बुझ्ने जुन सोचाइहरु देखापरेका छन त्यो सहि दृस्टिकोण होइन । उनले चालेका कदमले जन्तन्त्र मुख्यत राष्ट्रियतामा नै थप संकट उत्पन्न गरेको छ र वैदेशिक शक्ति केन्द्रहरु अहिलेको अस्थिरता बाट देशलाई आफ्नो क्रिडास्थल बनाउदै छन । यो गम्भिर्यतालाई ध्यान दिएर नै सघर्ष सम्बन्धि नीती र कार्यक्रम बनाउन पर्ने देखिन्छ । उत्पीडित राष्ट्रले राष्ट्रिय मुक्ति आन्दोलनबाट नै आफ्नो स्वाधीनताको रक्षा तथा देसको बिकास गरेको एतिहासिक तथ्यलाई ध्यानमा राखेर बर्तमान परिवेशमा सम्पुर्ण देशभक्तहरुको एकता र मोर्चाबन्दी अनिवार्य बन्न पुगेको छ । देशको स्वाधीनताको बिषय यतिबेला असामन्य स्तितिमा पुगेको छ ।तसर्थ, देशभक्तहरु , क्रान्तिकारी कम्युनिस्टहरु ,प्रगतिशील शक्तिहरु सबैले यो गम्भिर्यता माथी ध्यान दिएर संयुक्त आन्दोलनको बिकास गर्न तयार हुनु पर्ने परिस्थिति बनेको छ । राष्ट्रियताको आन्दोलनलाई निर्णायक बनाएर नै सबै प्रकारका वैदेशिक हस्तक्षेपलाई रोक्न तथा देशको बिकासलाई गति दिन सकिने छ । आज कतिपय मानिसहरुमा के पनि भ्रम देखिन्छ भने बिदेशी सैन्य उपस्थिति बिना कसरी राष्ट्रियता माथी हस्तक्षेप हुन्छ ? भन्ने जस्ता कुरा पनि सुन्न्र पाइन्छ त्यो मात्रै हस्तक्षेप होइन, जब समग्र अर्थराजनीतिमा बिदेशी शक्तिकेन्द्रको भुमिका निर्णायक बन्न पुग्दछ त्यो देस औपचारिक रुपमा स्वतन्त्र देखिए पनि यथार्थमा स्वतन्त्र रहदैन । आज नेपाला बिदेशी शक्तिकेन्द्र मुख्यत भारतीय बिस्तारवादको नव औपनिबेशिक चंगुलमा परेको छ र त्यो चंगुलवाट मुक्त हुन सबै देशभक्त नेपालीहरु सघर्षमा उत्रनुको विकल्प छैन ।
२०७८ अषाढ २०






























