
असार १७ गते काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी)को आयोजनामा भोली असार १८ गते १ बजे विरोध प्रदर्शन गरिने भएको छ । विरोध प्रदर्शनको नाराहरु ः
१. शिक्षा र स्वास्थ्यमा भएका नीजिकरण, व्यपारिकरण, दलालीकरण र माफियाकरणको अन्त्य गर,
२. आम जनतालाई अविलम्व कोभिड–१९ विरुद्धको खोप निशुल्क उपलब्ध गरा,
३. राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता गर्दै लिम्पीयाधुरा, लिपुलेक र कालापानी सहितको नक्शाभएको पाठयपुस्तकमा समावेश गर,
आदि नाराहरु अङकीत झण्डा, व्यानरमा विरोध प्रदर्शन हुने भएको छ । उक्त विरोध प्रदर्शनमा आम विद्यार्थी युवाहरुको सहभागिताको अपेक्षा गरिएको छ ।
विरोध सभाको स्थानः काठमान्डौको माइतीघर मण्डला
दिन र समयः असार १८ गते १ बजे ।
आयोजक
अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी)
