तीन दिनसम्म देशभर पानी पर्ने, सतर्क रहन मौसमविद्काे सुझाब

तीन दिनसम्म देशभर पानी पर्ने, सतर्क रहन मौसमविद्काे सुझाब

काठमाडौं । आगामी तीन दिनसम्म देशभर पानी पर्ने तथा यस क्रममा कतिपय स्थानमा निकै ठूलो वर्ष हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार हिजो मंगलबार रातिदेखि नै देशका विभन्नि प्रदेशमा भारी (ठूलो) वर्षा भइरहेको छ। अहिले बिहान पनि काठमाडौं उपत्यकासहित देशका धरै स्थानमा पानी परिरहेको छ भने प्रदेश १ तिर ठूलो वर्षा भइरहेको छ।

उनका अनुसार कम्तीमा आगामी ३ दिनसम्म मनसुन सक्रिय हुने र यस क्रममा कतिपय स्थानमा निकै ठूलो (अति भारी) वर्षासम्म हुने सम्भावना देखिएकाले सबैले सतर्कता अपनाउन आवश्यक छ।

यस विषयमा जल तथा मौसम विज्ञान विभागले हिजै (मंगलबार) बिहान विशेष मनसुन बुलेटिन–३ जारी गरेर चेतावनी दिएकाे छ।