नेपालको सविधान २०७२को असफलतासँगै यसले अंगिकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको पनि असफलता अगाडि आएको छ । खासगरी यसको राजनीतिक प्रणाली संसदीय व्यवस्था र उदारवादी अर्थतन्त्र दुवैले देश र जनताका लागि सकारात्मक परिवर्तन नभई नकारात्मक असरहरु देखिएका छन्, परिणाम यसका विकल्पका वारेमा बहसहरु सुरु भएका छन् ।
विकल्पका वारेमा अनेकौ बहसहरु छन्, ती मध्ये यस लेखमा विप्लव नेतृत्वको नेकपाले ल्याएको जनमत संग्रह र वैज्ञानिक समाजवादको कुरालाई संक्षिप्तमा विश्लेषण गर्ने प्रयास गरिएको छ । किनभने प्रथम यसले जनमत संग्रह मार्फत नेपालमा वैज्ञानिक समाजवादको स्थापनाका गर्ने कुरा गरेको छ । द्धितीय माओवादको आलोकमा नभई त्यसको विरोधमा वैज्ञानिक समाजवादको स्थापनालाई अगाडि ल्याएको छ । तेस्रो जनमत संग्रहलाइ एकिकृत जनक्रान्तिको कार्यदिशाको एउटा महत्वपूर्ण खुडकिलो भनेको छ ।
के स्पष्ट हो भने संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादका बीचमा गर्ने जनमत संग्रह बाट प्राप्त उपलव्धी भनेको बढीमा राजनीतिक व्यवस्था र सरकारमा परिवर्तन सम्म ल्याउन सक्ने हो । तर यसबाट सत्तामा कुनै पनि परिवर्तनको सम्भावना देखिदैन । जव कुनै क्रान्तिले पुरानो सत्तामा परिवर्तन ल्याएर जनताका लागि नयाँ सत्ताको स्थापना गर्दैन, त्यसलाई क्रान्ति मानिदैन ।
यसरी एकिकृत जनक्रान्तिलाई आफ्नो क्रान्तिको कार्यदिशा भनेर अगाडि सारेको एउटा राजनीतिक दलले जनमत संग्रहलाई एकिकृत जनक्रान्तिको एउटा महत्वपूर्ण खुडकिलो भनेपछि, अबको उसको राजनीतिक कोर्स त्यतैतिर सोझिने निश्चित छ । जनमत संग्रह किन भन्ने सवालमा नेपालमा वैज्ञानिक समाजवादको स्थापनाका लागि भनिएको छ । यो आफैमा अस्पष्ट र रहष्यमय छ ।
यसरी एकिकृत जनक्रान्ति, जनमत संग्रह र जनमत संग्रहमार्फत नेपालमा वैज्ञानिक समाजवादको स्थापनाजस्ता रुपमा नयाँ खालका राजनीतिक नाराहरु र कार्यनीति र रणनीती अगाडि ल्याइएको होकि भन्ने भ्रम केही बुद्धिजीवीहरुमा काफी पारिएको छ । तर सारमा के हो यो ? त्यसवारे विप्लव नेतृत्वको नेकपाबाट एउटै जवाफ दिएको पाइन्छ – त्यो भनेको एकिकृत जनक्रान्तिको कार्यदिशासँग जोडिने काम ।
पार्टीका दस्तावेजहरु, नेताहरुका लेखहरुमा काफिमात्रामा वैज्ञानिक समाजवाद र जनमत संग्रहबारे चर्चा गरिने गरिन्छ । ती मध्ये हालै इरातोखवर अनलाइनमा ‘वैज्ञानिक समाजवाद नै किन ?’ भन्ने लेख प्रकाशित गरिएको छ । त्यसमा नयाँ जनवादी क्रान्तिलाई चीनमा नै गलत प्रयोग गरिएको र त्यसकै प्रयोगले नै चीनमा प्रतिक्रान्तिको भौतिक परिवेश तयार पारेको भनेर चीनको नौलो जनवादको महत्व र आवश्यकताका विरोधमा व्याख्या गर्ने गरिएको छ । उक्त लेखमा यतिसम्म भनिएको छ कि नयाँ जनवादी क्रान्तिलाइ चीनमा प्रतिक्रान्तिको भौतिक परिवेश तयार पार्ने क्रान्ति भनेर वैज्ञानिक समाजवादको महत्वलाई प्रमाणित गर्ने गलत प्रयास गरिएको छ । यो स्पष्टत: माओवाद माथिको आक्रमण नै हो ।
वैज्ञानिक समाजवादको महत्वलाई प्रमाणित गर्न गलत व्याख्याका साथ नयाँ जनवादी क्रान्तिको महत्वलाई इन्कार गर्ने जे जस्तो कोशिस गरिएको छ, त्यसले माओवादलाई विश्व क्रान्तिको एउटा दार्शनिक, राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिकआदि चौतर्फी महत्वको हथियार मान्ने माकर्सवाद–लेनिनवादको विकसित माओवादको आधारभूत मान्यतामाथि नै आक्रमण गरेको छ । नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवाद एक अर्कामा आधारित होइनन भन्ने भ्रमपूर्ण कुराहरु ल्याइएकोछ ।
चीनमा कार्यान्वयन गरिएको नयाँ जनवादी क्रान्तिका तीन प्रमुख आर्थिक नीतिहरू थिए जस्तै (१) सामन्त वर्गको जमिन खोस्ने र यसको किसानबीचमा वितरण, (२) दलाल पुँजीपतिको पुँजी खोस्ने र (३) राष्ट्रिय पुँजीपतिको उद्योग र वाणिज्यलाई संरक्षण ।
यीनै नीतिहरूको आधारमा १९५१मा, चीनीयाँ कम्युनिस्ट पार्टीले पुँजीवादबाट समाजवाद संक्रमणको अवधिका लागि समाजवादी निर्माणका निम्ति भनेर जनरल लाइन र पाइला–पाइला सामूहिकीकरणका रूपमा नाम राखिएको कार्यक्रम लागु गरेको थियो । यो अवधिका लागि निस्चित गरिएको आधारभूत लक्ष्य कृषि, हयान्डीक्राफ्टस, पुँजीवादी उद्योग र वाणिज्यको औधोगिकिकरणलाई पुरा गर्नु थियो । यो प्रक्रिया पुरा गर्नलाई लक्ष्य करीब १८वर्षहरू सेट गरिएको थियो । यसलाई गृह युद्धको हानी र विध्वम्सबाट पुनस्र्थापित गर्नका लागि पुनस्र्थापनाको तिन वर्षहरूमा विभाजित गरियो । साथै अर्थतन्त्रको योजनावद्ध विकासका लागि १५ वर्षमा पुरा गर्ने तेस्रो पञ्च वर्षिय योजना लागु गरियो ।
यो जनरल लाइन अनुसार, एउटा ‘चरण–बाई– चरण’ योजना कृषिको समाजवादी रूपान्तरणका लागि खिंचिएको थियो । पहिलो चरण किसानहरूलाई कृषि उत्पादकहरूको एक आपसमा सहयोग गर्ने टिमहरू जसमा केहि दर्जन अथवा बढता प्रत्येक घरधुरीहरू । यी टिमहरूमा टिमका सदस्यहरूबीच समाजवादका केहि मात्रै आधारभूत तत्वहरू जस्तै सहयोग र सद्भाव थिए । दोस्रो चरण यी एक आपसका सहयोगी टिमहरूका आधारमा किसानहरूलाई साना कृषि उत्पादनहरू सहकारीहरू संगठित गर्न आव्हान गर्नु थियो । यी सहकारीहरू प्रकृतिमा अर्ध–समाजवादी थिए र एकतावद्ध व्यवस्थाद्धारा र शेयरहरूको रूपमा जमिन लिएर ती जमिनको हैसियत कायम गरिएका थिए । अनि तेस्रो चरण किसानलाई यी साना अर्ध–समाजवादी सहकारीहरूको आधारमा अरू बढी जोडिने र ठूला पूर्ण समाजवादी कृषि उत्पादकहरूको सहकारीहरू संगठित गर्ने । यो आधारभूत ‘चरण–बाई– चरण’ योजनाको निहित आधारभूत सिद्धान्त स्वयमसेवी सहभागीता र पारस्परिक फाइदा थिए । किसानहरू सामूहिकीकरणको प्रक्रियामा स्वयमसेवी सहभागीतालाई अगाडि बढाउने गरिनु पर्ने थियो ।
पारस्परिक सहयोगी टिमहरूको पहिलो चरण क्रान्तिकारी आधारहरूमा सुरू गरिएको थियो क्रान्तिको राष्ट्रव्यापी विजय भन्दा पहिले समेत थियो । दोस्रो चरण प्राथमिक सहकारीहरूतर्फ १९५३–५५मा लियो । विकसित सहकारीतर्फको संक्रमणको तेस्रो चरण १९५६मा आयो । ग्रामिण क्षेत्रमा समाजवादी रूपान्तरणको एउटा सामान्य विद्रोह थियो । साथसाथै , १९५६को सुरू महिनाहरूमा, एउटा सोही वमोजिम मिल्दो आन्दोलन तीव्रताकासाथ अगाडि बढयो र व्यापारको राष्ट्रियकरणको प्रक्रिया पुरा गर्‍यो । यसरी चीनको उद्योग र व्यापार तालिकाको धेरै पहिले नीजी स्वामित्वबाट समग्र जनताको स्वामित्व हस्तान्तरण गरियो ।
जनरल लाइन आधारभूत रूपमा समाजवादी निर्माणको सोभियत मोडलमाथि आधारित थियो । १९५३–५७को पहिलो पञ्च वर्षीय योजनाको केन्द्रीय दिशा उद्योगमाथि खासगरी ठूला उद्योगमाथिको जोड थियो । अझ बढता पार्टीभित्र सबै सोभियत नीतीहरू आलोचना वीना हुबहु लागु गर्ने एउटा प्रवृति थियो । सोभियत संघमा आधुनिक संशोधनवादको उदयसित (खासगरी फरवरी १९५६मा सोभियत संघको कम्युनिष्ट पार्टीको बिसौ कंग्रेसपछि), चीनीयाँ कम्युनिष्ट पार्टीमा संशोधनवादी प्रवृतिहरू तुरून्तै बलिया हुँदै आएका थिए । परिणाम १९५६मा ‘हतारको विकासलाई विरोध’को व्यानरमा एउटा अभियान पार्टीभित्रबाट सुरू गरियो – त्यो भनेको समाजवादीकरणको प्रक्रिया ठप्प गर्नु थियो । सोही समयमा उत्पादीत शक्तिहरूको संशोधनवादी सिद्धान्तले जसको प्रमुख प्रतिनिधि पार्टी महासचिव, ल्यु साओ–ची थिए पार्टीभित्र प्रभुत्व प्राप्त गर्‍यो । यो प्रवृतिको प्रतिनिधिले ख्रुश्चेभवादी झण्डालाई उचाल्यो, वर्ग संघर्षलाई निषेध गर्‍यो र आधुनिक उत्पादीत शक्तिहरू, खासगरी ठूला उद्योगहरूमार्फत निर्माण गर्नेमा ध्यान केन्द्रीत गर्‍यो । उनीहरूको तर्क के थियो भने उत्पादित शक्तिहरू परिवर्तनका प्रमुख चालक हुन् र चीनमा उत्पादीत शक्तिहरूको पृष्ठभूमि यो थियो, जुन देशको विकासलाई पछाडि धकेल्ने एउटा प्रमुख कारक तत्व थियो । उत्पादन सम्वन्धमा हुने परिवर्तनहरूले त्यो समयसम्म पर्खनु पर्दछ जुन वेलासम्म उत्पादित शक्तिहरू काफि मात्रामा विकसित भइरहेका थिएनन् । कृषिको सहकारिकरणले त्यसवेलासम्म पर्खनु पर्दछ जुन वेलासम्म उद्योगहरूले ग्रामीण मेशिनीकरणका लागि मशिनरी प्रदान गर्दैन थियो । सबै यी प्रस्तावहरूले उत्पादन सम्वन्धहरू र वर्ग संघर्षको महत्वलाई निषेध गर्दथे । यसले संशोधनवादी र नोकरशाही प्रवृतिको वृद्धिलाई अगाडि लैजाने काम गर्दछ ।
सोभियत अनुभव देखेर र संशोधनवादी खतरा महसुस गरेर माओले तुरून्तै यी प्रवृतिहरूलाई हराउन एउटा संघर्ष आरम्भ गरे जसले त्यो समयमा पार्टीलाई नियन्त्रण गर्‍यो । उनको यो संघर्षमा पहिलो पहल १९५६ अप्रिलको उनको भाषण ‘दश प्रमुख सम्वन्धहरूबारे’ थियो । उनको भाषणमा, माओले पहिलो पटक समाजवादी आर्थिक निर्माणको सोभियत तरिकाको एउटा स्पष्ट आलोचना गरे । एकातिर ठूला उद्योगहरू र अर्कोतीर साना उद्योगहरूबीचको सम्वन्धलाई लिएर, माओले जोड दिए कि “हामीले सोभियत संघ र पूर्वी युरोपका केहि अन्य देशहरूले भन्दा राम्रो गरेका छौ । उनीहरूको ठूला उद्योगहरूलाई काँटछाँटमा जोड दिएर कृषि र साना उद्योगहरूलाई निषेध गर्नेको परिणाम बजारमा सामानहरूको अप्रयाप्तता र एउटा अस्थिर मुद्रा हुनु थियो ।” त्यसैगरी उनले “किसानहरूलाई खुम्च्याउदै एक दमै कठिनमा अवस्थामा लैजाने” सोभियत नीतिको आलोचना गरे । उनले चीनीयाँ कम्युनिष्ट पार्टीभित्रका कठमूल्लावादीहरू, जसले सोभियत संघ र अन्य समाजवादी देशहरूका अनुभवबाट सिक्ने क्रममा “भेदभाव नगरी प्रत्येक चीजलाई नक्कल गर्ने र यान्त्रीक रूपले प्रत्यारोपन गर्ने” माथि आक्रमण पनि गरे । उनले तीनीहरूको पनि आलोचना गर, जसले स्तालिनमाथि अविवेकि आलोचनामा ख्रुश्चेभको उदाहरणलाई अनुसरण गर्दथे । उनले स्तानिलाई ७० प्रतिशत उपलब्धी भएका एउटा महान माक्र्सवादीको रूपमा उँचा उठाए । यसरी सोभियत संशोधनवादीहरूको आलोचना र सोभियत समाजवादी निर्माणमा भएका कमजोरीहरूको यो अनुभवमार्फत, माओले चीनीयाँ कम्युनिस्ट पार्टी भित्रका उत्पादन शक्तिहरूको त्यसवेला प्रभावित संशोधनवादी लाइनका विरूद्ध संघर्षको नेतृत्व गरे ।
यद्धपि माओको भाषणको सबैभन्दा ठूलो उपलब्धी समाजवादी निर्माण र समाजवादी योजनाको प्रक्रियाको बुझाइको यसको प्रमुख विकास थियो । दश प्रमुख सम्वन्धहरूको रूपमा समाजवादी निर्माणको समस्याहरू प्रस्तुत गरेर, माओले समाजवादी समाज निर्माणको प्रक्रियाको केन्द्रमा द्धन्द्धवाद र अन्तरविरोधहरूलाई ल्याइदिए । उनले देखाए कसरी समाजवादी निर्माणले केबल लक्ष्यहरूका यान्त्रिक कार्यान्वयनको उत्पादन र वितरण मात्रै संलग्न गर्दैन्, बरू प्रक्रियामा प्रमुख अन्तरविरोधहरू र समाजवाद प्राप्तीका लागि सबै सकारात्मक शक्तिहरूको परिचालनको एउटा द्धन्द्धवादी बुझाइ पनि संलग्न गर्दछ । यसरी उनले भने, “यो भनेको एउटा आधारभूत नीतिमाथि केन्द्रीत गर्ने हो, सबै सकारात्मक शक्तिहरू आन्तरिक र बाह्य, समाजवादको कामलाई सेवागर्नका लागि परिचालनको आधारभूत नीति हो । यी दश सम्वन्धहरू सबै अन्तरविरोधहरू छन् । विश्वले अन्तरविरोधहरू ग्रहण गर्दछ । अन्तरविरोधहरूविना विश्वको अस्तित्व नै रहदैन् । हाम्रो काम यी अन्तरविरोधहरूलाई ठिकसित चलाउने हो ।”
माओले यसवारे अर्को सालमा उनले ज्यादै महत्वको विषय जनताको बीच अन्तरविरोधहरूको सही सञ्चालनबारेमा लेखिएको लेखमा उल्लेख गरेका छन् । यसमा उनले समाजवादी निर्माणको प्रक्रियाको द्धन्द्धात्मक बुझाइको विकासलाई निरन्तरता दिएका थिए । प्राथमिक रूपमा उनले वर्ग संघर्षलाई प्रक्रियाको एक दमै केन्द्रीय भागमा राखेका छन् । उनले जोड दिएका थिए कि “ वर्ग संघर्ष कुनै पनि तरिकाले अन्त्य भएको छैन् , जसको प्रश्न हार वीना हुनेछ, समाजवाद वा पुँजीवाद, वास्तविकरूपले अझै समाधान भएको छैन् ।” यसरी उनले पार्टीमा संशोधनवादी पक्षहरूका विरूद्ध संघर्षको सुरूवात गरे, जसले समाजवाद अन्तरगत वर्ग संघर्ष लामो समयसम्म अतित्वमा रहदैन् भनिरहेका थिए । यसले देशभर एउटा सुद्धिकरण आन्दोलन, संशोधनवाद विरोधी आन्दोलनको सुरूवातको सन्देश दियो । यो अवधिका दौरान धेरै उच्चस्तरीय कार्यकर्ताले जनताका अगाडि उभिएर उनीहरूको आफ्नो आत्मआलोचना गर्नु पर्ने थियो । लाखौ विद्यार्थीहरूले आफूलाई मजदुरहरू र किसानहरूसित एकाकार हुनका लागि शारिरिक श्रममा लगाए, सबै पार्टी क्याडरहरूले कारखानाहरूमा र कृषि सहकारीहरूमा शारिरिक श्रममा भाग लिनु पर्‍यो, उनीहरूका कारखानाहरूमा निर्माण गर्ने काममा सहभागी हुन थाले, र किसानहरूबीचमा एउटा समाजवादी शिक्षा अभियान सुरू गरियो । यो प्रक्रियामार्फत पार्टीलाई जनताको नजिकमा ल्याइयो र बढिरहेका दक्षिणपन्थी प्रवृतिहरू, पार्टीभित्र र बाहिर दुवैतीर जाँच गरियो ।
यसरी माओको समाजवादी निर्माणको प्रक्रियाको द्धन्द्धात्मक पद्धतिलाई वङगयाउने गरी (गलत अर्थ लाग्ने गरी) विप्लव नेतृत्वका दस्तावेज तथा लेखहरुमा र खासगरी भरखरै प्रकाशित इरातोखवर अनलाइनमा ‘वैज्ञानिक समाजवाद नै किन ?’ भन्ने लेखमा सन् १९३६को वोरीपरी माओले अगाडि सारेको नयाँ जनवादी क्रान्तिको बाटो क्रान्तिको विजय पछिको ६ वर्षपछि तुरुन्तै बदल्नु परेको थियो भनेर लेखकले माओवादको एउटा महत्वपूर्ण विकास नौलो जनवादी क्रान्तिको विकासक्रममा वैज्ञानिक समाजको विकासको आवश्यकतामाथि नै आक्रमण गर्ने गरेको पाइन्छ । यो भनेको विप्लव नेतृत्वको नेकपाको माओवादलाई क्रमस: छाडने एउटा गलत मार्ग हो । सारमा माओवाद माथिकै आक्रमण हो । माओवादलाई निषेध गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्ने कल्पना हो ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm

प्रतिक्रिया

सम्बन्धित खवर