
असार ६ गते काठमान्डौ
गत केही दिनदेखिको अविरल बर्ष, बाडी पहिरोका कारण नेपालका विभिन्न जिल्लाहरुमा ठूलो जनधनको क्षेती भएको छ । ती घटनाहरुमा हेलम्बु बाढीमा वेपत्ता २३ मध्य ८ मजदुर रहेका छन । धादिङको रुविभ्यालिको पहिरोले १ मजदुरको मृत्यु र १ अझै वेपत्ता छन । असार ५ गते बाराको जगदम्बा कारखानामा भएको आगलागीले २ मजदुरको मृत्यु भएको छ ।
कोभिड–१९ महामारीको कारण देखाई राज्यको जारी निषेधाज्ञाले लाखौं श्रमशिल मजदुरवर्गको रोजगारी–गाँस खोसिएको छ । किसानहरु बालिनालिका कामबाट बन्चित गरिएका छन ।
राज्यको तर्फबाट मजदुर–विपन्न परिवार लक्षित विशेष राहत कार्यक्रम घोषणा गरिएको छैन । मजदुरका मागहरुप्रति राज्य वेखरजस्तै छ । त्यसैकारण राजनीतिक प्रतिनिधित्व सहित मजदुरवर्गका मागहरूलाई सम्बोधन गर्न मजदुरवर्गको सहभागिता–नेतृत्वमा तत्काल अधिकार सम्पन्न मजदुर बोर्ड गठन गनका लागि जोडदार माग गर्दै यति त्यो पुरा नगरीएमा श्रमिकहरुका बिचमा मतऐक्यता हासिल गर्दै र आन्दोलन अगाडि बढाउन जरुरी भैसकेको छ र हामी सम्पुर्ण श्रमिकहरु र श्रमिक संघ संगठनहरुलाई आ आफ्ना ठाउँबाट प्रयत्नशील हुन समेत आग्रह गर्दै निम्नअनुसारको प्रेस–वक्तव्य प्रकाशित गरिएको छ :
प्रेस–वक्तव्य
