नेपालका चार क्रान्तिकारी किसान संगठनहरुव्दारा बाढी, पहिरोमा र डुबानमा परेका परिबारको उद्धार र राहत प्रदान गर्न सरकारसँग माग

नेपालका चार क्रान्तिकारी किसान संगठनहरुव्दारा बाढी, पहिरोमा र डुबानमा परेका परिबारको उद्धार र राहत प्रदान गर्न सरकारसँग माग

असार ४ काठमान्डौ ।
अबिरल बर्षाका कारण देशका बिभिन्न जिल्लामा बाढी, पहिरो र डुबानमा परेर धन जनको ठूलो क्षति भएको छ । कोरोनमा महामारीको सन्त्रासका बीच पुन: घटीत यो प्राकृतिक बिपत्तीमा परेर जन धन गुमाएका सम्पूर्ण परिबार खाशगरी किसान मजदुर परिबारप्रति चार किसान संगठन — अखिल नेपाल किसान महासंघ(अप्फो) अखिलन नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघले मृतकहरुप्रति श्रद्धाब्यक्त र शोकसन्तप्त परिबारमा गहिरो समवेदना प्रकट गर्दै र बिपत्तिमा परी घाइते बनेकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै निम्न विज्ञप्ति प्रकाशित गरेका छन् :

बाढी, पहिरोमा र डुबानमा परेका परिबारको उद्धार र राहत प्रदान गर्न माग

अबिरल बर्षाका कारण बाढी, पहिरो डुबानमा परेर देशका बिभिन्न जिल्लामा धन जनको ठूलो क्षति भएको स्थितिमा हामी चार किसान संगठन — अखिल नेपाल किसान महासंघ(अप्फो) अखिलन नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघ कोरोनमा महामारीको सन्त्रासका बीच पुन: यो प्राकृतिक बिपत्तीमा परेर जन धन गुमाएका सम्पूर्ण परिबार खाशगरी किसान मजदुर परिबारप्रति गहिरो साहानुभूति प्रकट गर्दछौ । मृतकहरुप्रति श्रद्धाब्यक्त गर्दै शोकसन्तप्त परिबारमा गहिरो समवेदना प्रकट गर्दछौ । बिपत्तिमा परी घाइते बनेकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
यस बिपत्तीमा परेका परिबारको यथाशिघ्र उद्धार गर्न र उचित राहत तथा उपचार प्रदान गर्न र पीडि परिबारलाई यथेष्ठ क्षतिपूर्ति प्रदान गर्न तथा बिस्थापित परिबारलाई सुरक्षित स्थानमा राख्न राज्यसँग जोडदार माग गर्दछौं । साथै किसान संगठनमा आबद्ध सबैलाई उद्धार र राहत कार्यमा आफ्नो तर्फबाट जेजस्तो सहयोग पुर्रयाउन आग्रह गर्दछौं ।
साथै बिकासको नाममा प्रकृतिको जथाभावी दोहन गर्ने, बाढी पहिरोबिज्ञहरुको सर सुझावको बेवास्ता गर्ने र पर्याबरण र जलाधार बिगार्ने सरकारी हचुवा नीति र प्रबित्ति रोक्न र जनतालाई सुरक्षित बस्तीहरुमा राख्ने ठोस र प्रभावकारी प्रबन्ध गर्न पनि राज्यसँग हामी जोडदार माग गर्दछौं ।
भैरबराज रेग्मी सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष
अखिल नेपाल किसान महासंघ(अप्फा) अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)

लोकनारायण सुबेदी कृष्ण राना
अध्यक्ष इञ्चार्ज
अखिल नेपाल किसान यूनियन अखिल नेपाल प्रगतिशील किसान संघ
२०७८ असार ३