सिन्धुपाल्चोकमा बाढी र पहिरो : सात जनाको शव फेला, दर्जनौं बेपत्ता

सिन्धुपाल्चोकमा बाढी र पहिरो : सात जनाको शव फेला, दर्जनौं बेपत्ता


काठमाडौं।  सिन्धुपाल्चोकमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा बेपत्ता भएका सात जनाको शव फेला परेको छ। उनीहरूको शव आज फेला परेको डीएसपी प्रकाश सापकोटाले  जानकारी दिए। शवको पहिचान भने भएको छैन।

बाढीमा दर्जनौं मानिस बेपत्ता भएको अनुमान गरिएको छ। डीएसपी सापकोटाको टोली घटनास्थलमा पुगेको छ।

मेलम्ची नदीमा मंगलबार साँझदेखि आएको बाढीका कारण चनौटे, तिम्बु, ग्याल्थुम, मेलम्ची, बाहुनेपाटी, सिपाघाटसम्मका तटवर्ती क्षेत्रका बस्ती बगाएको छ। मेलम्ची–चौतारा सडकको पक्की पुल बगेको छ भने मेलम्ची बजार क्षेत्रका सबै संरचना बगाएको छ।