नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) र क्रान्तिकारी युवा लिग नेपालको संयुक्त आयोजनामा विरोध सभा गर्ने निर्णय

विरोध सभाको स्थान: काठमान्डौको माइतीघर मण्डला दिन र समय: जेठ २८ गते १ बजे ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७

जेठ २७ गते काठमान्डौ ।
आज नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) र क्रान्तिकारी युवा लिग नेपालको संयुक्त बैठक बस्यो । बैठकले कोभिड महामारीको बीचमा जनतालाई लकडाउनभित्र बन्दी बनाएर ओली सरकारले देशको शिक्षा क्षेत्रमा गरेको विक्रिति र विशंगति मात्रै नभई नेपालको प्रमुख प्राकृतिक स्रोत रोडा, ढुङगा, गिठ्ठी, बालुवा भारतलाई विक्रि गर्न भनेर चुरे पाहाड दोहन गर्ने, दलालहरुसंँग मिलेर नेपालका मध्यपाहाडका डाँडाहरु भत्काएर त्यसबाट प्राप्त रोडा, ढुङगा, गिठ्ठी बेच्ने र त्यसबाट राजश्व सँकलन गर्ने जुन बजेट मार्फत कार्यान्वयन गर्ने निर्णय गरेको छ, त्यसको व्यापक विरोध गर्ने निर्णय गरेको छ । जसअनुसार नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) र क्रान्तिकारी युवा लिग नेपालको संयुक्त आयोजनामा भोली जेठ २८ गते १ बजे काठमान्डौको माइतीघर मण्डलामा विरोध सभाको आयोजना गर्ने जानकारी प्राप्त भएको छ । उक्त विरोधसभामा आम युवाहरुको सहभागिताको अपेक्षा गरिएको छ ।
विरोध सभाको स्थान: काठमान्डौको माइतीघर मण्डला
दिन र समय: जेठ २८ गते १ बजे ।
आयोजक
अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) र क्रान्तिकारी युवा लिग नेपाल