काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघले राउटे युवतीहरुमाथि भएकाे याैन दुर्व्यवहारकाे घाेर विराेध एवम् भत्र्सना गरेकाे छ । अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले एक वक्तव्य निकालेर राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने अभियुक्तहरुमाथि कडाभन्दा कडा सजाय दिन माग गर्नु भएकाे छ । राउटेहरु लाेपाेन्मुख आदिवासीकाे रुपमा रहेकाे भन्दै उनीहरुकाे पुर्ण सुरक्षाका साथै प्राकृतिक स्राेत साधनमाथिकाे अग्राधिकारकाे व्यवस्था गर्न पनि वक्तव्यमा जाेडदार माग गरएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार