काठमाडौं । ताप्लेजुङमा युवाहरुले प्रधामन्त्री केपी शर्मा ओली, रास्ट्रपति विद्यादेवी भण्डारी र अर्थमन्त्री विष्णु पौडेलको पुत्ला दहन गरेका छन् । अखिल क्रान्तिकारी लगायतका विद्यार्थीहरुकाे संयुक्त आयाेजनामा नारा जुलुस सहित बुधबार ताप्लेजुङस्थित सुकेटार विमानस्थलमै पुत्ला दहन गरिएकाे हाे ।
प्रधानमन्त्री ओली नेतृत्वको कामचलाउ सरकारले अध्ययादेशमार्फत सार्वजनिक गरेको बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ बनाउने घोषणा गरेको विरोधमा पुत्ला जलाएका हुन् ।
उनीहरुले ऐतिहासिक महत्त्व बोकेको सुकेटार विमानस्थल नै यथावत रहन योजडार माग समेत गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षको बजेटमा विभिन्न विवादास्पद कार्यक्रमहरु सार्वजनिक गरेपछि बिकासको नाममा आदिवासीको आस्थामाथि प्रहार गर्ने नीति अललम्बन गरेको भन्दै आदिवासी जनजातिजन्य संघसंस्थाले विरोध जनाइरहेका छन् ।
बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई स्वर्गीय रबिन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गर्ने घोषणा गरेपछि चौतर्फित विरोध भइरहेको छ । यस नामाकरणलाई इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यबाट हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका हुन् ।
यस्तै सरकारले किरातीहरुको आस्थासँग जोडिएको सप्तकोसीस्थित ‘खुवालुङ’लाई पनि नयाँ बजेटमार्फत फुटाउने नीति ल्याएपछि खुवालुङ संरक्षण पक्षधर तथा किरात समुदायका अगुवाले विरोध जनाईरहेका छन् भने प्रतिकार गर्ने चेतावनीसमेत दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर