काठमाडौं– आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरेपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।
कामचलाउ सरकारले पूर्ण बजेट ल्याएको भन्दै बजेट सार्वजनिक गरेलगत्तै यसको चौतर्फी आलोचना भैरहेको छ । संसद विरुद्धको मुद्दा सर्वोच्च अदालतमा भएकाले संसद पुनस्र्थापना भएको खण्डमा बजेट पनि खारेज हुने चर्चा हुन थालेको छ ।
यस्तैमा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट कार्यान्वयन नहुने बताउँदैयो बजेट खारेज हुने बताएका छन् । उनले संसद पुनर्स्थापना भएपछि यो बजेट खारेज हुने तर्क गरेका छन् ।
कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने उनको टिप्पणी छ। उनले संसद पुन:स्थापना हुने र यो बजेट खारेज हुने बताए ।
संसद पुन:स्थापना भएपछि नयाँ सरकारले बजेट ल्याउने उनको धारणा छ। कामचलाउ सरकारले करको दायरा बढाउने र घटाउने काम गर्न नसक्ने उनको भनाइ छ ।
कोरोना नियन्त्रणका कार्यक्रम भने ठिक रहेको उनले बताए । यदी कथम कदाचित चुनाव भइहाले चुनावलाई प्रभावित पार्नेगरी बजेट ल्याइएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर