

जेठ १४ काठमान्डौ ।
नेपालगन्जस्थिति भेरी अञ्चल अस्पतालमा यही जेठ १३ गते राती डाक्टर तथा नर्स माथी भएको संघात्मक आक्रमणको अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले घोर विरोध गर्दै प्रेस विज्ञप्ति प्रकाशित गरेको जानकारी प्राप्त भएको छ । अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनको संयोजक इन्दिरा अधिकारीव्दारा हस्ताक्षेरित वक्तव्यमा घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर कडा कार्वाही गर्न माग गरिएको छ । प्रकाशित प्रेस विज्ञप्तिको पूर्ण पाठ तल दिइएकोछ–
प्रेस विज्ञप्ति
मिति २०७८ जेठ १३ गते राती नेपालगन्जस्थिति भेरी अञ्चल अस्पतालमा डाक्टर तथा नर्स माथी भएको संघात्मक आक्रमण भएको कारण उक्त घटना प्रती हाम्रो गभिर ध्यानाकर्षण भएको छ । यस्ता अमानवीय घटनाप्रती अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठन घोर विरोध गर्दछ । विश्व कोभिड १९को दोश्रो लहर कोरोना भाइरसले मानव समुदायमा आतंकित पारिरहेको यस्तो त्रासदी पुर्ण अवस्थामा आफ्नो जीवनको कुनै प्रवाह नगरिकन सिमित श्रोत साधनका साथ बिरामीको उपचारमा दिनरात खटिरहनुभएका डाक्टर , नर्स र स्वास्थ्यकर्मी माथी भएको उक्त घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर कडा कार्वाही गर्न माग गर्दछौ । साथै स्वास्थ्यकर्मीहरुलाई सुरक्षा र जीवन रक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण बनाउन हार्दिक अपील गर्दछौ ।
क्रान्तिकारी अभिवादन
इन्दिरा अधिकारी
संयोजक
अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठन