जेठ १३ गते राति भेरी अञ्चल अस्पत्तालका डाक्टर र नर्सहरुमाथि भएको साङ्घातिक आक्रमणको अखिल (क्रान्तिकारी)व्दारा प्रेस विज्ञप्तिमार्फत घोर विरोध एवम् निन्दा

जेठ १३ गते राति भेरी अञ्चल अस्पत्तालका डाक्टर र नर्सहरुमाथि भएको साङ्घातिक आक्रमणको अखिल (क्रान्तिकारी)व्दारा प्रेस विज्ञप्तिमार्फत घोर विरोध एवम् निन्दा

१३ जेठ नेपालगञ्ज ।
यही जेठ १३ गते राति डाक्टर र नर्सहरुमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति अखिल अखिल (क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण भएको जानकारी प्राप्त भएकोछ । उक्त कार्यको अखिल (क्रान्तिकारी) घोर विरोध एवम् निन्दा गर्दै एक प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ । कोभिड–१९ को दोस्रो लहरमा आफ्नो जीउ–ज्यानको कुनै पर्वाह नगरी अहोरात्र बिरामीहरुको उपचारमा दिनरात खटिरहने स्वास्थ्यकर्मीहरुमाथि भएको उक्त घटनाको सत्य–तथ्य छानविन गरी दोषीहरुउपर हदैसम्मको कारवाही गर्न माग गर्दै निम्न प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ । विज्ञप्तिको पूर्ण पाठ तल दिइएकोछ –