प्रचण्डहरूसँग एकताको रोइलोबारे

प्रचण्डहरूसँग एकताको रोइलोबारे

एक जना साथीले भने ‘एमालेहरू सबै मिले अब हामी सबै माओवादीहरू पनि मिल्नु पर्छ ।’ एमालेसँग असैद्धान्तिक एकताबाट विभाजित भई भुइँमा पछारिएपछि साथीलाई माओवादी पार्टीहरूबिचको एकताको भुत चढेछ । माओवादी एकताको चिन्ता गर्ने साथीहरूलाई के थाहा छैन भने कमरेड किरण र प्रचण्डहरूबिचको विभाजन कुनै सत्ताको बार्गेनिङको लागि भएको असैद्धान्तिक विभाजन थिएन, जुन प्रचण्ड, बादल, मात्रिका, मणि, ओली, झलनाथ, माधव र बामदेवहरूबिच भएको थियो । यिनीहरूको एकता सत्ताको कुकुरझगडासँग जोडिएको असैद्धान्तिक सत्ता राजनीतिको निम्छरो दाउपेच बाहेक अरू केही थिएन । तसर्थ यिनीहरू मिल्न र फुट्नलाई सत्ताको दाउपेज बाहेक अरू कुनै कारण अवश्यक थिएन । अर्थात् यिनीहरूको लागि मिल्नु र फुटनु भनेको दालभात तरकारी खाए जस्तै हो । स्वार्थ मिले जुट्छन्, स्वार्थ बाझे फुछ्छन् । अब जहाँसम्म माओवादी एकता र विभाजनको जुन कुरा छ त्यसलाई एमाले जस्ता संसदवादी र दक्षिणपन्थी पार्टीहरूसँग एकताको नाममा गरिएको राजनीतिक बेश्यबृत्तिसँग तुलना गर्न मिल्दैन ।

साथीहरूले के कुरा राम्रोसँग बुझ्नु पर्याे भने पार्टी भनेको विपरितहरूको एकता हो । अर्थात् रणनीति र कार्यनीति बिचको द्वन्द्ववाद हो । जसले मालेमावादी रणनीति र कार्यनीति दुबै परित्याग ग¥यो ऊसँग एकता के का लागि गर्ने ? यो आजको अहम् महत्को प्रश्न हो । प्रतिक्रियावादी दलाल संसदीय व्यवस्था भित्रको सत्तामोह र सत्ता साझेदारीको लागि प्रचण्डहरूले माक्र्सवाद – लेनिनवाद – माओवाद परित्याग गरेको कुराको समीक्षा कहिले कहाँ गर्ने ? व्यक्तिगत, गुटगत र पारिवारिक स्वार्थको लागि महान् जनयुद्ध त्यसका उपलब्धि, मूल्य मान्यता र आदर्श परित्याग गर्ने सन्दर्भमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा परित्याग गर्नु, महान् सर्वहारा सांस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्तप्रति घात गर्दै नवउदारवादी अर्थतन्त्र सहित कथित लोकतान्त्रिक गणतन्त्र (बुर्जुवा गणतन्त्र) को नाममा दलाल संसदीय व्यवस्था सामु आत्मसमर्पण गर्नु सर्वहारा वर्ग, सर्वहारा क्रान्ति र त्यसका समग्र रणनीतिक र कार्यनीतिक लक्ष्य र उदेश्यप्रतिको गद्दारीपूर्ण अपराध होइन ? यसको समीक्षा कहिले कहाँ कोसँग कसरी गर्ने ? यी र यस्ता अहम महत्वका राजनीतिक तथा सैद्धान्तिक प्रश्नहरूको राजनीतिक समाधान बिना कसरी एकता हुनसक्छ ?

साथीहरूले स्मरण गर्न जरुरी छ कि मालेमावादको उपयुक्त प्रकारका सैद्धान्तिक राजनीतिक तथा विचारधारात्मक प्रश्नहरूको जगमा प्रचण्ड बाबुरामहरूसँग पैदा भएको अन्तरविरोधको बिचबाट २०६९ सालमा कमरेड किरणको नेतृत्वमा विद्रोह भएको हो । पार्टीभित्र पैदाभएको दक्षिणपन्थी अवसरवाद तथा नवशंसोधनवाद र त्यसको केन्द्रीय अविव्यक्तिको रूपमा रहेको संसदवादसँग संझौताहीन सङ्घर्षको लागि कमरेड किरणले आफुले पाएको संसद पदबाट राजिनामा दिएर दुईलाइन सङ्घर्षको नेतृत्व गर्नु भएको थियो । र त्यही दुईलाइन सङ्घर्षको भीषण द्वन्द्वको बिचबाट प्रचण्ड बाबुराहरूबाट मालेमावादको समग्र रणनीति र कार्यनीतिको रक्षा हुन नसक्ने निष्कर्ष सहित माओवादी पार्टी विभाजित भएको तथ्यप्रति नजर अन्दाज नगरौं ।

राजनीति भनेको वर्गीय आदर्श र उदेश्यप्रतिको अटुट तथा नियमित प्रक्रिया हो । यो राजनीतिक दृष्टिकोणबाट हेर्दा अब प्रचण्ड बाबुरामहरूबाट सर्वहारा वर्गीय राजनीतिको रक्षा प्रयोग र विकास असम्भव छ । किनभने संसदीय राजनीतिमा फेल खाएका पात्र र उनीहरूले बोक्ने प्रवृत्तिबाट जनवादी क्रान्तिको नेतृत्व सम्भव छैन । तसर्थ साथीहरूलाई मेरो एउटा अपिल के छ भने सामन्ती र एकात्मक तथा केन्द्रीकृत राजतन्त्रात्मक शासन प्रणालीको अन्त्य हुने तहसम्मको आन्दोलनको नेतृत्व गरेको हकसम्मको लागि प्रचण्ड बाबुरामहरूलाई धन्यवाद दिउँ । तर त्यस यताको सर्वहारा क्रान्तिको नेतृत्व अब प्रचण्ड बाबुरामहरूको विचारबाट सम्भव छैन । जसबाट जे कुराको सम्भावना छैन त्यसैको पछि लागेर समय बर्बाद गर्नु कुनैपनि हिसावले उपयुक्त हुँदैन । तसर्थ अबको सर्वहारा क्रान्ति र त्यस्को नेतृत्व परम्परागत हिसाबले सम्भब छैन । नयाँ सिराबाट गर्नु पर्दछ । तर त्यो आन्दोलन माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक तथा सार्वभौमिक मार्गनिर्देशनमा सच्चा कम्युनिस्ट क्रान्तिकारी माओवादीहरूबाट मात्र सम्भव छ । तसर्थ साथीहरूले अब प्रचण्डहरूको पछि लागेर बालुवा पेलेर तेल निकाल्न कष्ट गर्न छोड्ने पो हो कि ? समयको वेगमा पैदा भएको यो राजनीतिको वास्तविकताप्रति अब पनि आँखा चिम्लिनु गम्भीर राजनीतिक भुल हुनेछ । समयमै चेतना भया ।
(अशोक शर्माको फेसबुक वालबाट । शीर्षक हामीले राखेका हौँ –सं.)