निषेधाज्ञाबीच मई दिवसमा क्रान्तिकारी ट्रेड युनियन महासंघकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति : २०७८ बैशाख १८

काठमाडौं । दाेस्राे लहरकाे काेराेना महामारीसँगै सरकारले गरेकाे निषेधाज्ञाका बीच अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले अन्तरक्रिया कार्यक्रम गरि १३२ आैं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएकाे छ । जाेरपाटीकाे नयाँ बस्तीस्थित भैरव अर्याल स्मृति भवनमा अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरि मजदुर दिवस मनाएकाे हाे । कार्यक्रममा मजदुर आन्दाेलनमा बलिदान गर्ने सहिदहरुकाे सम्झना गर्दै अहिलेकाे विश्व र नेपालमा आैपचारिक र अनाैपचारिक क्षेत्रमा रहेका मजदुरहरुले भाेग्नु परेका तमाम समस्याहरुकाे समाधानका लागि फेरि पनि बलिदानीपुर्ण संघर्षकाे उठान गर्नुपर्नेमा वक्ताहरुले जाेड दिनु भएकाे थियाे ।
नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा सागरकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे अध्यक्षता महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले गर्नुभएकाे थियाे भने सञ्चालन महासंघका महासचिव वसन्त बाेगटीले गर्नुभएकाे थियाे ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि दिनेश शर्मा सागर लगायत राष्ट्रिय उद्योग, व्यापार, व्यवसाय महासंघका केन्द्रीय संयाेजक जितेन्द्र दाहाल, मार्क्सवादी अध्ययन प्रतिष्ठानका संयाेजक दिनेश चाैलागाई, महासंघका केस राजु लामा लगायतले महत्वपुर्ण मन्तव्य राख्नुभएकाे थियाे ।
कार्यक्रममा सहभगिहरुले पनि मजदुर आन्दाेलनमा देखिएकाे विभिन्न समस्याहरुकाे विषयमा आ-आफ्ना धारणा राख्नुभएकाे थियाे ।