
बैशाख ८ काठमान्डौ ।
यही ८ गते नेकपा (क्रान्तिकारी माओवादी) पोलिटब्यूरो सदस्य भुपेन्द्र न्यौपानेका पिता विष्णु प्रसाद न्यौपानेको हिजो २०७८ बैशाख ८ गते हृदयघातका कारण असामयिक निधन भएको छ । उहाँको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणव्दारा एक श्रद्धान्जली वक्तव्य प्रकाशित गरिएको छ । उक्त वक्तव्यको पूर्णपाठ तल दिइएकोछ –
श्रद्धाञ्जली वक्तव्य
साविक अछाम जिल्ला रानीवन–८ मा जन्म भई हाल बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका–१ डुम्रेनीमा बसोबास गर्दै आउनु भएका विष्णु प्रसाद न्यौपानेको हिजो २०७८ बैशाख ८ गते असामयिक निधन भयो । भारतको जयपुरबाट नेपाल आउने क्रममा हृदयघातका कारण बीच बाटोमा उहाँको निधन भएको हो । उहाँ हाम्रो पार्टीका पोलिटब्यूरो सदस्य कमरेड भुपेन्द्र न्यौपानेका पिता हुनुहुन्थ्यो । उहाँको निधनबाट हामी अत्यन्तै दु:खित एवम् चिन्तित भएका छौँ । उहाँ नेपाली कम्युनिस्ट आन्दोलन र नयाँ जनवादी क्रान्तिका समर्थक तथा शुभचिन्तक हुनुहुन्थ्यो । उहाँकी जीवन संगिनी दीपा न्यौपाने हुनु हुन्छ । उहाँ दुई छोरा र चार छोरीका पिता हुनुहुन्थ्यो । उहाँका चार ज्वाइँ र नौ जना नाति–नातिना हुनुहुन्छ । हाम्रो पार्टी विष्णु प्रसाद न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, पार्टी उहाँका सम्पूर्ण शोकसन्तप्त परिवारजन तथा इष्टमित्रप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
बैशाख ८, २०७८
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)