काठमाडौं  । नक्कली पीसीआर रिपोर्ट बोकेर विभिन्न देश जान लागेका १ सय ७२ यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । प्रहरीले सुराकीको आधारमा बुधबार मध्यपूर्वी गन्तव्यतर्फ जाँदै गरेका नेपाली, भारतीय र पाकिस्तानी यात्रुलाई पक्राउ गरेको हो ।
बिहान ९ बजे सलाम एयरको उडानबाट मस्कट, जजिरा एयरको उडानबाट कुवेत र एयर अरेबियाको उडानबाट शारजाह जान लागेका यात्रुहरुलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको विमानस्थलस्थित टर्मिनल ड्युटी कार्यालयले जनाएको छ ।
जाँच गरी बोर्डिङ पास लिइ सकेका सलाम एयरका ३२ जना, जजिरा एयरका ३६ जना र एयर अरेबियाका ५४ जना यात्रु गरी १ सय २२ जना यात्रुलाई डिपार्चर हलबाट पक्राउ गरिएको थियो । यसमा ७२ जना नेपाली, ४९ जना भारतीय र एक जना पाकिस्तानी यात्रु छन् ।

त्यस्तै प्रहरीले हेल्थ डेस्कबाट ५० जना यात्रुलाई पक्राउ गरेको थियो । जसमा २९ जना नेपाली, १९ जना भारतीय र २ जना पाकिस्तानी छन् ।

हाल काेराेना संक्रमणका कारण भारतबाट मध्यपूर्वी श्रम गन्तव्य भएका मुलुकमा जान रोक भएकाले भारत, पाकिस्तान लगायतका छिमेकी मुलुकका यात्रु काठमाडौं हुँदै ती मुलुकमा जाने गरेका छन् । भारतीय यात्रुहरु कसरी कहिले नेपाल आए, उनीहरु संक्रमित छन् कि छैनन् । छन् भने उनीहरुको कन्ट्याक ट्रेसिङ लगायतका केही काम भएका छैनन् । यश विषयमा सम्बन्धित निकायकाे गम्भीर लापरबाही देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर