काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद्ले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले कोभिड नियन्त्रणसम्बन्धी आदेश समेत जारी गरेको छ । त्यसमा के–के पर्छन् भनेर पछि जानकारी गराउने तयारी गरिएको छ । त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको बुझिएको छ ।





























