नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नेतृत्वमा आफ्नो पूर्व निर्धारित कार्यक्रम अनुसार २०७७ चैत्र २४ गते देशैभर जनसभा तथा प्रदर्शन गरेको छ । देशका सात प्रदेशका सातै सहरमा एकसाथ जनसभा सम्पन्न गरेको छ । यो पटकको चैत्र २४लाई ३२औं ऐतिहासिक जनआन्दोलन दिवस भनिएको र ३२ औं जनआन्दोलन दिवसको अवसर पारेर आयोजना गरिएको यो जनसभा तथा प्रदर्शनको मूल नारा ‘ विद्यमान जनविरोधी सत्ता र व्यवस्थाको विकल्प खोजौ ! संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौंै !! तय गरिएको हो ।
२०३६सालको चैत्र २४ गते निरङकुश पञ्चायती व्यवस्थालाई मात्रै होइन त्यसको पक्षपोषण र नेतृत्वगर्ने नेपालको राजतन्त्रका विरुद्ध पहिलो पटक सडकमा नै नारा लागेको दिन थियो । यसले निरङकुश पञ्चायती व्यवस्थाका साथै राजतन्त्रतन्त्रलाई पनि ठूलो चुनौती दिएको थियो । नेपाली जनताको खासगरी उपत्यकाका जनताले गरेको यही विद्रोह थियो, जसको दवावमा तत्कालनि राजा बीरेन्द्र “सुधारिएको पञ्चायती वयवस्थाका की वहुदल”को प्रश्नमा जनमत संग्रहको घोषणा गर्न वाध्य पारिएका थिए ।
ठिक त्यसैगरी २०४६ सालको चैत २४ गतेले निरङकुश पञ्चायती व्यवस्थालाई कहिल्यै नबौरिने गरी इतिहासको एक पानामा मिल्काएको दिन थियो । तत्कालिन नेपाली काँग्रेस र बाम मोर्चाको आन्दोलनले राजाको तावेदारीको गोचक्करभित्र फसेपछि नेपालका क्रान्तिकारी कम्युनिस्टहरुको सहभागितामा बनेको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको नेतृत्वमा नेपाल वन्दको घोषणा सहीत हजारौको संख्यामा उपत्यकाका भक्तपुर र ललितपुरका जनताले घरेलु हतियार बोकेर राजधानीका सडकहरु भरिदिएका थिए र राजदरवार अगाडिको महेन्द्रको शालिकमाथि प्रहार गरेका थिए । जसले कर्फयुसमेत तोडेको थियो ।
सेना र प्रहरीको घेराभित्र सुरक्षित रहेका नेपालका तत्कालिन शासकहरुले खासगरी दरवारले क्रान्तिकारी कम्युनिस्टहरुको आन्दोलनलाई बीचैमा तुहाउन काँग्रेस र बाममोर्चाका नेताहरुलाई दरवारमा बोलाएर पार्टीहरुमाथि प्रतिवन्ध हटाएर नेपालको राजतन्त्रलाई बचाउन सफल भएको थियो । चैत २६ गतेको दिन पञ्चायतको मात्रै अन्त्य गरीएन संवैधानिक राजतन्त्रका निम्ति सम्झौता भयो । यो सम्झौतालाई धोकापूर्ण भन्दै तत्कालीन मशाल, मसाल लगायतका पार्टीहरुको समेत सहभागितामा बनेको संयुक्त जनआन्दोलन समितिले असन्तुष्टी जाहेर गर्दै आन्दोलनलाई जारी राख्नुपर्ने निष्कर्ष निकाल्यो । परिणामत: ०५२ साल जन्मियो । दशवर्षे जनयुद्ध त्यसैको परिणाम थियो । जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलन पनि धोका र सम्झौतामा टुंगिएपछि नेकपा (क्रान्तिकारी माओवादी) लगायतका राजनीतिक शक्तिले अहिले मुलुकमा संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्षका आव्हान गर्दै आएका छन् । र, निरन्तर रुपमा संघर्षको झण्डा उठाउँदै आएका छन् । आजको चैत्र २४ गते देशैभर जनसभा तथा प्रदर्शन गर्ने कार्य त्यसैको उउटा निरन्तरता हो । २०४६ सालको चैत्र २४ ३० वर्षसम्म नेपालमा चलाइएको निरङकुश पञ्चायती व्यवस्थाको काल बन्न सफल भएको थियो ।
त्यसपछिका हरेक वर्षको चैत्र २४ गते क्रान्तिकारीहरुले आ–आफ्नो हिसावले उत्सव मनाउने गर्दै आएका छन् र नयाँ नयाँ इतिहासको निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । २०४८ सालको चैत्र २४को पनि आफ्नै इतिहास छ ।
अहिलेसम्मका चैत्र २४हरुले नेपाली जनताको र राष्ट्रको पक्षमा विद्रोह त बोलेका छन्, नेपाली समाजलाई अग्रगमनको बाटोतर्फ अगाडि बढाउन उत्प्रेरित गरेका छन् तर जनताको पूर्ण मूक्तिको बिगुल फुक्न अझै सकेका छैनन ।
त्यसैले अब आउने चैत्र २४मा सही विचार र योजना दिन सक्ने इतिहासको आवश्यक्तालाई बोध गर्ने अन्तिम विजयका लागि नेतृत्वले खुट्टा नकमाउने त्यसका लागि आवश्यक बलिदान दिन हिम्मत गर्ने पार्टी , नेता र कार्यकर्ताको विकास अनिवार्य छ । अनिमात्रै नेपालको क्रान्तिकारीहरु एकजुट भएर खुल्लमखुल्ला के घोषणा गर्न सम्भव हुने छ कि वर्तमान दलाल संसदीय व्यवस्थालाई बलपूर्वक ध्वस्त पारेर जनगणतन्त्र नेपालको स्थापना गर्दै नेपालमा नयाँ जनवादी–वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापना गरौ । विद्रोह गर्नु जनताको अधिकार हो भन्ने मान्यतालाई चैत्र २४ले अझ स्थापित गर्दै लैजाने छ ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार