चैत्र २४ भन्छ– “विद्रोह गर्नु जनताको अधिकार हो ।”

चैत्र २४ भन्छ– “विद्रोह गर्नु जनताको अधिकार हो ।”


नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नेतृत्वमा आफ्नो पूर्व निर्धारित कार्यक्रम अनुसार २०७७ चैत्र २४ गते देशैभर जनसभा तथा प्रदर्शन गरेको छ । देशका सात प्रदेशका सातै सहरमा एकसाथ जनसभा सम्पन्न गरेको छ । यो पटकको चैत्र २४लाई ३२औं ऐतिहासिक जनआन्दोलन दिवस भनिएको र ३२ औं जनआन्दोलन दिवसको अवसर पारेर आयोजना गरिएको यो जनसभा तथा प्रदर्शनको मूल नारा ‘ विद्यमान जनविरोधी सत्ता र व्यवस्थाको विकल्प खोजौ ! संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौंै !! तय गरिएको हो ।
२०३६सालको चैत्र २४ गते निरङकुश पञ्चायती व्यवस्थालाई मात्रै होइन त्यसको पक्षपोषण र नेतृत्वगर्ने नेपालको राजतन्त्रका विरुद्ध पहिलो पटक सडकमा नै नारा लागेको दिन थियो । यसले निरङकुश पञ्चायती व्यवस्थाका साथै राजतन्त्रतन्त्रलाई पनि ठूलो चुनौती दिएको थियो । नेपाली जनताको खासगरी उपत्यकाका जनताले गरेको यही विद्रोह थियो, जसको दवावमा तत्कालनि राजा बीरेन्द्र “सुधारिएको पञ्चायती वयवस्थाका की वहुदल”को प्रश्नमा जनमत संग्रहको घोषणा गर्न वाध्य पारिएका थिए ।
ठिक त्यसैगरी २०४६ सालको चैत २४ गतेले निरङकुश पञ्चायती व्यवस्थालाई कहिल्यै नबौरिने गरी इतिहासको एक पानामा मिल्काएको दिन थियो । तत्कालिन नेपाली काँग्रेस र बाम मोर्चाको आन्दोलनले राजाको तावेदारीको गोचक्करभित्र फसेपछि नेपालका क्रान्तिकारी कम्युनिस्टहरुको सहभागितामा बनेको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको नेतृत्वमा नेपाल वन्दको घोषणा सहीत हजारौको संख्यामा उपत्यकाका भक्तपुर र ललितपुरका जनताले घरेलु हतियार बोकेर राजधानीका सडकहरु भरिदिएका थिए र राजदरवार अगाडिको महेन्द्रको शालिकमाथि प्रहार गरेका थिए । जसले कर्फयुसमेत तोडेको थियो ।
सेना र प्रहरीको घेराभित्र सुरक्षित रहेका नेपालका तत्कालिन शासकहरुले खासगरी दरवारले क्रान्तिकारी कम्युनिस्टहरुको आन्दोलनलाई बीचैमा तुहाउन काँग्रेस र बाममोर्चाका नेताहरुलाई दरवारमा बोलाएर पार्टीहरुमाथि प्रतिवन्ध हटाएर नेपालको राजतन्त्रलाई बचाउन सफल भएको थियो । चैत २६ गतेको दिन पञ्चायतको मात्रै अन्त्य गरीएन संवैधानिक राजतन्त्रका निम्ति सम्झौता भयो । यो सम्झौतालाई धोकापूर्ण भन्दै तत्कालीन मशाल, मसाल लगायतका पार्टीहरुको समेत सहभागितामा बनेको संयुक्त जनआन्दोलन समितिले असन्तुष्टी जाहेर गर्दै आन्दोलनलाई जारी राख्नुपर्ने निष्कर्ष निकाल्यो । परिणामत: ०५२ साल जन्मियो । दशवर्षे जनयुद्ध त्यसैको परिणाम थियो । जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलन पनि धोका र सम्झौतामा टुंगिएपछि नेकपा (क्रान्तिकारी माओवादी) लगायतका राजनीतिक शक्तिले अहिले मुलुकमा संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्षका आव्हान गर्दै आएका छन् । र, निरन्तर रुपमा संघर्षको झण्डा उठाउँदै आएका छन् । आजको चैत्र २४ गते देशैभर जनसभा तथा प्रदर्शन गर्ने कार्य त्यसैको उउटा निरन्तरता हो । २०४६ सालको चैत्र २४ ३० वर्षसम्म नेपालमा चलाइएको निरङकुश पञ्चायती व्यवस्थाको काल बन्न सफल भएको थियो ।
त्यसपछिका हरेक वर्षको चैत्र २४ गते क्रान्तिकारीहरुले आ–आफ्नो हिसावले उत्सव मनाउने गर्दै आएका छन् र नयाँ नयाँ इतिहासको निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । २०४८ सालको चैत्र २४को पनि आफ्नै इतिहास छ ।
अहिलेसम्मका चैत्र २४हरुले नेपाली जनताको र राष्ट्रको पक्षमा विद्रोह त बोलेका छन्, नेपाली समाजलाई अग्रगमनको बाटोतर्फ अगाडि बढाउन उत्प्रेरित गरेका छन् तर जनताको पूर्ण मूक्तिको बिगुल फुक्न अझै सकेका छैनन ।
त्यसैले अब आउने चैत्र २४मा सही विचार र योजना दिन सक्ने इतिहासको आवश्यक्तालाई बोध गर्ने अन्तिम विजयका लागि नेतृत्वले खुट्टा नकमाउने त्यसका लागि आवश्यक बलिदान दिन हिम्मत गर्ने पार्टी , नेता र कार्यकर्ताको विकास अनिवार्य छ । अनिमात्रै नेपालको क्रान्तिकारीहरु एकजुट भएर खुल्लमखुल्ला के घोषणा गर्न सम्भव हुने छ कि वर्तमान दलाल संसदीय व्यवस्थालाई बलपूर्वक ध्वस्त पारेर जनगणतन्त्र नेपालको स्थापना गर्दै नेपालमा नयाँ जनवादी–वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापना गरौ । विद्रोह गर्नु जनताको अधिकार हो भन्ने मान्यतालाई चैत्र २४ले अझ स्थापित गर्दै लैजाने छ ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm