
काठमाडाैं । पुराना कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ। विगत एक महिनादेखि पाटन अस्पतालमा फाेक्साेकाे उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ ८ः२० मा निधन भएकाे हाे ।
राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको कम्युनिस्ट आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित छन्।
उनले २६ वर्ष नेकपा (संयुक्त)को महासचिव भएर पार्टीको नेतृत्वसमेत गरेका थिए। २०६४ सालमा उनले सक्रिय राजनीतिबाट सन्यास लिएका थिए। त्यसपछि गणेश शाहले नेकपा (संयुक्त)को नेतृत्व गर्दै आएका थिए।
२०७४ साल असोज २५ गते नेकपा (संयुक्त) र माओवादी केन्द्रबीच एकता भएको थियो। उनका एक छोरा सुनिल मानन्धर र तीन छोरी छन्। दिवङ्गत मानन्धरको मंगलबार अन्तिम दाहसंस्कार गरिने बताइएकाे छ ।






























