दाङ र भक्तपुरमा अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला भेला सम्पन्न (फोटोफिचरसहित)

प्रकाशित मिति : २०७७ चैत्र १५


दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को दाङ र भक्तपुरको जिल्ला भेला सम्पन्न भएको छ । दाङ देउखुरी जिल्ला भेला राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरमा सम्पन्न भएको छ भने भक्तपुर जिल्लाको भेला सुर्यविनायकमा सम्पन्न भएको छ ।


दाङको भेलाको प्रमुख आतिथ्यता अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले गर्नुभएको थियो भने भक्तपुर भेलाको प्रमुख आतिथ्यता संगठनकी उपाध्यक्ष शिलु न्यौपानेले गर्नुभएको थियो ।


विद्यार्थी नेताहरुले शैक्षिक ब्यापारीकरण,माफियाकरण, दलालीकरण ,भ्रष्टीकरणका बिरुद्धमा निर्मम सङ्घर्ष गर्दै शिक्षालाई पुर्णरुपमा निःशुल्क, सर्बसुलभ ब्यबहारिक, बैज्ञानिक जनवादी शिक्षा लागू गराउन अखिल क्रान्तिकारीले नेतृत्वदायी भुमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो ।


दाङको भेलालाई नेकपा (क्रान्तिकारी माओबादी) केन्द्रीय सल्लाहकार माधब खनाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी )केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक महेश श्रेष्ठ, थारु मुक्तिमोर्चाका केन्द्रीय महासचिव रामजी थारु ,नेकपा (क्रान्तिकारी माओबादी) दाङ देउखुरी सेक्रेटरी नरेन्द्र बञ्जाडे लगायतका बक्ताले शुभकामना दिनुभएको थियोे ,भने स्वागत मन्तब्य बिद्यार्थी नेता त्रिसना क्षेत्रीले गर्नु भएको थियो । डाइमन गिरीले सञ्चालन गरेको भेलाको अध्यक्षता मनोज थापाले गर्नुभएको थियो ।


यता भक्तपुरमा सम्पन्न भेलालाई नेकपा (क्रान्तिकारी माओवादी)का केन्दिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज सोमान सिह तामाङ, केन्दिय सदस्य फुर्नामगेल मोक्तान, क्रान्तिकारी युवा लिगका केन्दिय उपाध्यक्ष तथा ३ नं प्रदेश अध्यक्ष केशव ढलकोटी, अखिल नेपाल टे«ड युनियन महासंघका के.स. राम कुमारलगायतका नेताहरुले शुभकामना दिनुभएको थियो ।


दाङको भेलाले पछि ७ सदस्य थप्ने गरी अध्यक्षमा मनोज थापा, उपाध्यक्षमा डाइमन गिरी, पुष्पा भण्डारी, सचिवमा अनुप सिंह भण्डारी, सहसचिवमा करुणा सुनार, कोषाध्यक्षमा कार्यसमिति बैठकले मनोनीत गर्ने र सदस्यहरुमा करण खडका, आयुस रसाइली ,अभिषेक सिङ कौशल ,टीका शर्मा , सितल पुन ,पारस बि क, सीता चालिसे ,मार्मि केसी ,कमल वली ,ममता शर्मा ,पुष्पा थापा ,पुष्पा भण्डारी, भुपेश मिजार रहेका २५ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ ।


उक्त भेलाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई देशभक्त जनगणतान्त्रिक मोर्चा दाङ देउखुरीका अध्यक्ष ईश्वरी प्रसाद गैरे संगठनले खेल्नुपर्ने भुमिकाबारे चर्चा गर्दै बधाई तथा सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यता भक्तपुरको भेलाले सुनिल श्रेष्ठलाई संयोजक र सुमन अस्थानी मगरलाई सहसंयोजकका रुपमा चयन गरेको छ । निर्वाचित कमिटिको बैठक २१ चैत्रमा बस्ने जनाइएको छ ।