
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवा: राष्ट्रिय मुक्ति माेर्चाकाे आयाेजनामा दिवंगत प्रा.माणिकलाल श्रेष्ठकाे श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । क्रान्तिकारी माओवादीकाे पार्टी कार्यालय कुपोन्डोलमा सम्पन्न श्रद्धाञ्जली सभामा दिवंगत प्रा.माणिकलाल श्रेष्ठकाे व्यक्तित्व र नेपालकाे कम्युनिस्ट आन्दाेलन तथा सामाजिक आन्दाेलनमा उहाँले पुर्याएकाे याेगदानकाे बिषयमा चर्चा गरिएकाे थियाे ।
क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य किरणकाे प्रमुख आतिथ्यतामा सम्पन्न श्रद्धाञ्जली सभामा पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, बाम विश्लेषक श्याम श्रेष्ठ, डा. ओम गुरुङ, नेता सीताराम तामाङ, डा.महेशमान श्रेष्ठ लगायतका नेतृत्व र व्यक्तित्वहरुले प्रा.माणिकलाल श्रेष्ठकाे बहुआयामिक मार्क्सवादी व्यक्तित्व र कृतित्वकाे बारेमा चर्चा गर्नुभएकाे थियाे ।
श्रद्धाञ्जली कार्यक्रममा दिवंगत प्रा.श्रेष्ठप्रति माैनाधारणसहित तस्बीरमा माल्यार्पण गरिएकाे थियाे ।
नेवाः माेर्चाका अध्यक्ष पवनमान श्रेष्ठले अध्यक्षता गरेकाे कार्यक्रमकाे सञ्चालन माेर्चाका महासचिव शिव श्रेष्ठले गर्नु भएकाे थियाे ।
कार्यक्रममा प्रा.श्रेष्ठका दुई छाेरा मखनलाल श्रेष्ठ र सितुलाल श्रेष्ठकाे समेत उपस्थिति रहेकाे थियाे ।






























