विराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले झापाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माविका शिक्षक शालिकराम पोखरेल र शिव भट्टराई र उनीहरुलाई संरक्षण गर्ने विद्यालयका प्रअ काजिमान पौडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र गुरुङमाथि कडा कारबाहीको चेतावनी दिएको छ । अखिल (क्रान्तिकारी)को १ नंं प्रदेश समितिले एक वक्तव्य समेत जारी गर्दै यौन हिंसामा परेका पीडित विद्यार्थीका अभिभावकहरुले दिएको उजुरीपछि यौनपिपासु शालिकराम पोखरेललाई कानुनी दायरामा ल्याउने प्रयास गरिए पनि शिव भट्टराई लगायतलाई संरक्षण गर्ने प्रअ पौडेल र व्यवस्थापन समितिका अध्यक्ष गुरुङलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरेका छन् । वक्तव्यमा दुवै अध्यक्ष र प्रअलाई पदबाट राजिनामा दिई विद्यालयबाट अलग रहन भन्दै सम्बन्धित प्रशासनिक निकालयलाई कानुनी कारबाही अगाडि बढाउन माग गरिएको छ ।

विद्यार्थीमाथि कक्षाकोठामै यौन दुव्र्यवहार गर्ने शिक्षक शालिकराम पोखरेलविरुद्ध जाहेरी दर्ता गरिएको थियो । पीडित बालिकाका तर्फबाट अभिभावक गीता राईले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गरेकी थिइन् । कमल गाँपालिका– ३ सहिद धर्मभक्त माविका शिक्षक पोखरेल र शिव भट्टराईले अधिकांश बालिकालाई कक्षाकोठामै यौन हिंसा गर्ने गरेको आरोप लगाएका थिए । दशभन्दा बढी विद्यार्थी र अभिभावक यसअघि जाहेरी दिनका लागि इलाका प्रहरी कार्यालय दमक पुगे पनि उनीहरूले जाहेरी तयारी पारेर दर्ता गर्न प्रहरी कार्यालय जाँदै गर्दा दर्ता गर्न दिइएको थिएन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा कमल– ३ का वडा सदस्य चक्रबहादुर गुरुङ र शिक्षक–अभिभावक संघ अध्यक्ष लेखनाथ खतिवडाले जाहेरी दर्ता नगरी दबाबमा फर्काएका थिए । शिक्षक पोखरेल ओली समूहमा आबद्ध भएका कारण उनका विरुद्ध जाहेरी दिन गुरुङ र खतिवडाले रोक लगाएका थिए । गुरुङ तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् भने अहिले ओली समूहको नेकपामा छन् । खतिवडा पनि ओली समूहको नेकपाका स्थानीय नेता हुन् ।

प्रअ पौडेल र व्यवस्थापन समितिका अध्यक्ष गुरुङलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरेका छन् । वक्तव्यमा दुवै अध्यक्ष र प्रअलाई पदबाट राजिनामा दिई विद्यालयबाट अलग रहन भन्दै सम्बन्धित प्रशासनिक निकालयलाई कानुनी कारबाही अगाडि बढाउन माग गरिएको छ ।
विद्यार्थीमाथि कक्षाकोठामै यौन दुव्र्यवहार गर्ने शिक्षक शालिकराम पोखरेलविरुद्ध जाहेरी दर्ता गरिएको थियो । पीडित बालिकाका तर्फबाट अभिभावक गीता राईले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गरेकी थिइन् । कमल गाँपालिका– ३ सहिद धर्मभक्त माविका शिक्षक पोखरेल र शिव भट्टराईले अधिकांश बालिकालाई कक्षाकोठामै यौन हिंसा गर्ने गरेको आरोप लगाएका थिए । दशभन्दा बढी विद्यार्थी र अभिभावक यसअघि जाहेरी दिनका लागि इलाका प्रहरी कार्यालय दमक पुगे पनि उनीहरूले जाहेरी तयारी पारेर दर्ता गर्न प्रहरी कार्यालय जाँदै गर्दा दर्ता गर्न दिइएको थिएन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा कमल– ३ का वडा सदस्य चक्रबहादुर गुरुङ र शिक्षक–अभिभावक संघ अध्यक्ष लेखनाथ खतिवडाले जाहेरी दर्ता नगरी दबाबमा फर्काएका थिए । शिक्षक पोखरेल ओली समूहमा आबद्ध भएका कारण उनका विरुद्ध जाहेरी दिन गुरुङ र खतिवडाले रोक लगाएका थिए । गुरुङ तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् भने अहिले ओली समूहको नेकपामा छन् । खतिवडा पनि ओली समूहको नेकपाका स्थानीय नेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर