देशमा ठूलो राजनीतिक संकट आएको छ, संकटलाई क्रान्तिमा बदल्ने जिम्मेवारी क्रान्तिकारीहरुको हो : सीपी गजुरेल

देशमा ठूलो राजनीतिक संकट आएको छ, संकटलाई क्रान्तिमा बदल्ने जिम्मेवारी क्रान्तिकारीहरुको हो : सीपी गजुरेल


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चाका अध्यक्ष सीपी गजुरेलले देशमा आएकाे असाधारण राजनीतिक संकटलाई क्रान्तिमा बदल्ने जिम्मेवारी क्रान्तिकारीहरुकाे काँधमा आएकाे बताउनु भएकाे छ । क्रान्तिका लागि वस्तुगत स्थिति असाध्यै अनुकूल बनेकाे र क्रान्तिकारीहरुकाे आत्मगत अवस्थालाई सुदृढ तुल्याउन पार्टी एकतालाई लक्षित गर्दै चार पार्टीको रणनीतिक संयुक्त माेर्चा बनाइएकाे पनि अध्यक्ष गजुरेलले बताउनु भयाे ।
मुलुकमा उत्पन्न राजनीतिक संकटकाे अन्तर्यमा एमसीसी र लिम्पियाधुरासहितकाे नक्सा मुख्य कारणकाे रुपमा रहेकाे दाबी गर्नुभयाे ।
पार्टीकाे स्थायी समितिकाे निर्णय अनुसार चैत्र २४ गत्तेकाे जनआन्दाेलन दिवसलाई राजनीतिक रुपमा धक्का दिने गरि भव्य रुपमा मनाउन आवश्यक पुर्व तयारीका लागि बसेकाे पार्टीको ३ नं. प्रदेश समितिकाे बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष गजुरेलले यस्ताे बताउनु भएकाे हाे ।
उहाँले अब छिट्टै बसेर रणनीतिक संयुक्त माेर्चाकाे दाेस्राे चरणकाे कार्यक्रम घाेषणाा गरिने पनि बताउनु भयाे ।
देशका सातवटै प्रदेशमा भव्य जनसभासहित जनआन्दाेलन दिवस मनाउन लागेकाे क्रान्तिकारी माओवादीले काठमाडौंमा कन्द्रीय जनसभा गर्न लागेकाे हाे । ३ नं. प्रदेशकाे जनशक्तिलाई केन्द्रित गरि जनसभालाई भव्य रुपमा सम्पन्न गर्न उपत्यकाका तीन जिल्लामा अभियान नै चलाउने निर्णय गरेकाे छ । अभियान सञ्चालनका लागि सम्बन्धित जिल्लाका इन्चार्ज र सेक्रेटेरीलाई कमिसार र कमान्डर ताेकेकाे छ । अन्य जिल्लामा जनपरिचरालनका याेजना बनाइएकाे पार्टी प्रदेश सेक्रेटरी प्रवेशले जानकारी दिनुभयाे ।