अन्तिम श्रद्धाञ्जलीसहित प्रा.डा.माणिकलाल श्रेष्ठको अन्त्यष्टी

अन्तिम श्रद्धाञ्जलीसहित प्रा.डा.माणिकलाल श्रेष्ठको अन्त्यष्टी


काठमाढौं । नेपालका बरिष्ठ वाम चिन्तक तथा एक विशिष्ट बौद्धिक व्यक्तित्व प्रा.डा. माणिकलाल श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीसहित बिहीबार अन्त्येष्टी गरिएको छ । त्यसअघि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणलगायत पार्टी तथा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ लगायतका नेताहरु, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसदहरु, मेयरलगायतले प्रा.डा. श्रेष्ठको पार्थिव शरीरमा माल्र्यापणसहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।


चैत ३ गते श्रेष्ठको उपचारको क्रममा निधन भएको थियो । उहाँको स्वास्थ्य स्थिति गम्भीर भएपछि माघको पहिलो हप्ता मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा राम्रो सुधार नभएपछि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग प्रतिष्ठानमा स्थानान्तरण गरिएको थियो ।


प्रा.डा. श्रेष्ठको निधनमा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा लगायत अन्य विभिन्न पार्टी र संस्थाहरुले समेत शोक वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


प्रखर र क्रान्तिकारी बौद्धिक व्यक्तित्वको रुपमा सुपरिचित प्रा.डा. माणिकलाल श्रेष्ठ एक जना अग्रज वाम चिन्तक र नेपाल भाषा आन्दोलनका अग्रज समेत हुनुहुन्थ्यो ।