पेट्रोलिमय पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता नलिए सशक्त संघर्षमा उत्रने अखिल (क्रान्तिकारी)को चेतावनी

पेट्रोलिमय पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता नलिए सशक्त संघर्षमा उत्रने अखिल (क्रान्तिकारी)को चेतावनी

काठमाडौं । नेपाल सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको छ भन्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उक्त कार्यको घोर विरोध, निन्दा र भत्र्सना गरेको छ । संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले बुधबार जारी गरेको वक्तव्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, खाद्यान्न, लत्ताकपडालगायत सबै क्षेत्रमा प्रभाव पार्ने हुँदा पटक–पटक बढाइएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकारसँग हार्दिक अपिल गरिएको छ । वक्तव्यमा अन्यथा, समाजवादको डङ्का पिट्ने तर खुलेआम भ्रष्टाचार गर्नुका साथै राष्ट्रघात, जनघातलगायतका गतिविधिहरु गर्ने र दलाल, माफिया, भ्रष्टाचारी र घुसखोरीहरुको संरक्षण गर्ने नेपाल सरकारविरुद्ध सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ ।