प्रा. माणिकलालकाे निधनले  नेपालको वामपन्थी एवम् नेपाल भाषा आन्दोलनलाई ठूलो क्षति : क्रान्तिकारी माओवादी

प्रकाशित मिति : २०७७ चैत्र ३


काठमाडौं  । नेपालको वामपन्थी आन्दोलन तथा नेपाल भाषा आन्दोलनका एकजना अग्रज व्यक्तित्व कमरेड माणिक लाल श्रेष्ठको निधनले नेपालको वामपन्थी एवम् नेपाल भाषा आन्दोलनलाई ठूलो क्षति पुग्न गएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)ले यस दुःखद घडीमा क. माणिक लाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकाे छ र साथै, उहाँका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकाे छ । पार्टी महासचिव माेहन वैद्य किरणले जारी गरेकाे श्रद्धाञ्जली वक्तव्यमा २००७ सालमा स्थापित
लाल कम्युनिस्ट पार्टीको संस्थापक सदस्य रहनु भएका कमरेड माणिक लाल श्रेष्ठ २०१० सालमा आयोजित
नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा काठमाण्डौ जिल्लाबाट प्रतिनिधित्व गर्नु भएको उल्लेख गरिएकाे छ । माक्र्सवादी दर्शनका अध्येता कमरेड माणिक लाल नेपाल भाषा आन्दोलनका एक अग्रज नेतृत्व
हुनु हुन्थ्यो । नेपाल भाषामा उहाँका थुप्रै कृतिहरु प्रकाशित भएका छन् ।

वक्तव्यमा भनिएकाे छ, “यही २०७७ चैत ३ गते नेपालको वामपन्थी आन्दोलन तथा नेपाल भाषा आन्दोलनका एकजना अग्रज व्यक्तित्व कमरेड माणिक लाल श्रेष्ठको ८९ वर्षको उमेरमा दुःखद निधन भयो । उहाँ मृगौला तथा मुटु रोगले पीडित हुनुहुन्थ्यो । उहाँका २ छोरा, २ बुहारी र ४ जना नाति–नातिना हुनुहुन्छ । यस दुःखद घडीमा हाम्रो पार्टी क. माणिक लाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
उहाँ १९८९ साल असोज २९ गते काठमाण्डुको ठहिटीमा जन्मनु भएको थियो । २००७ सालमा स्थापित
लाल कम्युनिस्ट पार्टीको संस्थापक सदस्य रहनु भएका कमरेड माणिक लाल श्रेष्ठ २०१० सालमा आयोजित
नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा काठमाण्डौ जिल्लाबाट प्रतिनिधित्व गर्नु भएको
थियो । माक्र्सवादी दर्शनका अध्येता कमरेड माणिक लाल नेपाल भाषा आन्दोलनका एक अग्रज नेतृत्व हुनु हुन्थ्यो । नेपाल भाषामा उहाँका थुप्रै कृतिहरु प्रकाशित भएका छन् । उहाँको निधनले नेपालको वामपन्थी एवम् नेपाल भाषा आन्दोलनलाई ठूलो क्षति पुग्न गएको छ ।”