माक्र्सवादको मुख्य संघटक दर्शन शास्त्र हो

माक्र्सवादको मुख्य संघटक दर्शन शास्त्र हो

माक्र्सवाद विश्व बदल्ने सर्बहारा वर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवाद अहिले सम्मको विश्वको सर्वोत्कृष्ट वैज्ञानिक सिद्धान्त जर्मन दार्शनिक कार्ल माक्र्स (सन् १८१८–१८८३) र फेडरिक ऐल्गेसद्वारा (सन १८२०–१८९५) निर्माण गरिएको हो । माक्र्सवादको तीन संघटकहरु (१) दर्शनशास्त्र (२) राजनीतिक अर्थशास्त्र र (३) वैज्ञानिक समाजवाद हुन् । माक्र्सवाद दर्शनशास्त्रले माक्र्सवादलाई वैज्ञानिक र मुख्य त सर्वहारा बर्गको सिद्धान्त बनाइदियो ।
अहिले हामी दर्शनशास्त्रको बारेमा छलफल गर्न लागेका छौं । माक्र्सवाद अनुुुसार दर्शन भनेको विश्व जीवन, घटना, परिघटनालाई हेर्ने, बुझ्ने र विश्व बदल्ने हेराई या विश्व दृष्टिकोण हो । अर्को शव्दमा “दर्शन भनेको भित्रि आँखा हो जस्ले जीवन र जगतको बारेमा प्रष्ट पार्दछ ।” छोटोमा भन्नुपर्दा “विश्व जीवन, जगत् बुझ्ने र बदल्लने तरिका या हेराईनै दर्शन हो ।” दर्शनलाई फिलोसफि ९एजष्यिकयउजथ० शव्दको प्रयोग गर्ने सर्वप्रथम युनानी दार्शनिक पाइथागोरस (५३० ईशापुर्व) थिए फिलोसफिमा फिलोस भनेको प्रेम र सफी भनेको विवेक दुई शव्द मिलेर बनेकोश छ जस्को अर्थ प्रेम विवेक हुन्छ । मोहन वैद्य किरणद्वारा विश्लेषित हिमाली दर्शन अनुसार दर्शन शव्द दृश धातुमा ल्युट प्रत्यय लागेर बनेको छ । जस्को व्युत्पत्ति यस्तो छ । “दृश्यते अनेन ईति दर्शनम्” जस्को अर्थ “जस्द्वारा देखिने काम हुन्छ” त्यसैलाई दर्शन भनिन्छ । दर्शन सम्वन्धी अध्ययन गर्ने समग्र विषय वस्तु ने दर्शन शास्त्र हो । दर्शनशास्त्रमा धेरै दर्शनको व्याख्या गरिए पनि मुख्य वर्गीय र वैज्ञानिक तरिकाले हेर्दा दर्शन दुई प्रकारका छन् । (१) अध्यात्मवाद ९क्उष्चष्तगबष्किm० (२) भौतिकवाद ९ःबतभचष्बष्किm०
(१) अध्यात्मवाद ९क्उष्चष्तगबष्किm० ः– अध्यात्मवाद कल्पनामा आधारित दर्शन जस्ले सामन्त र पुँजीपति वर्गको पक्षपोषण गर्दछ । विश्व जगत र जीवन ईश्वरले निर्माण गरेको र उनैले परिचालन गर्दछन् भने मान्नेता अध्यात्मवाद हो । चेतना प्रधान बस्तु (पदार्थ) सहायक, विश्व बोधगम्य छैन र आत्म अमर हुन्छ भन्ने अध्यात्मवादको मान्यता हो । आत्म केन्द्रित दर्शन भएकोले अध्यात्मवाद भनिएको हो । अध्यात्मवादलाई आदर्शवाद ९क्ष्लमभबष्किm० पनि भनिन्छ । आदर्श शव्द ९क्ष्लमभब०ि बाट अनुवाद गरिएको हो । आदर्शवाद दुई प्रकारले विभाजन गरिको छ । (क) आत्मगत आदर्शवादः– सबै परि घटनाको (भौतिक) अस्थित्व केवल व्यक्तिको चेतनामा हुन्छ भन्ने अवधारणा आत्मगत आदर्शवाद हो । (ख) वस्तुगत आदर्शवादः– व्यक्ति चेतना भन्दा बाहिर नीर्वैक्तिक चेतना जसले बस्तु निर्माण गर्दछ भन्ने धारणा नै वस्तुगत आदर्शवाद हो । आदर्शवादलाई द्वन्द्धात्मक आदर्शवादमा विकास गर्ने काम जर्मन दार्शनिक गेओर्ग विल्हेल्म फेडरिक हेगेलले (सन् १७७०–१८३१) गर्नु भएको हो ।
आदर्शवादीहरुले एक ईश्वर मान्नेलाई एकेश्वरवादी र बहुदेव मान्नेलाई बहुदेववादी भनिन्छ । आदर्शवादका केही धाराहरुः– अद्वैतवादः– पदार्थ र चेतनालाई समानान्तर रुपले हेर्ने अद्वेतवादी आदर्शवाद हो । समन्वयवादः– भौतिक जगत् र ईश्वर समन्वय कायम गर्ने आदर्शवाद समन्वय आदर्शवाद हो । तठस्तवादः– सत्ता र चेतना कुन प्रधान र सहायक भन्ने कुरा तठस्त देखाउने आदर्शवादी तथस्टवाद हो जस्तै गौतम बुद्ध हुन् । आदर्शवादको मुख्य अंग (क) ईश्वर (ख) धर्म (ग) संस्कृति र सेवा हुन् । (क) ईश्वरः– आदर्शवादीहरुले विश्व निर्माण र परिचालन कुनै अदृश्य शक्तिले परलोकबाट गर्दछ भन्ने विश्वास गर्दछन् । तीनै अदृश्य शक्तिलाई आदर्शवादीहरुले ईश्वर मान्दै आएका छन् । आदर्शवादको जन्म दाश युगिन समाज हुँदै सामन्तवादी समाजमा आइपुग्दा बिकास भएको मानिन्छ । (ख) धर्मः– धर्म भन्नाले काल्पनिक ईश्वर प्रति आस्था राख्नु, विश्वास गर्नु, त्यो आदर्शको सम्मान, रक्षा र प्रचार गर्नु भन्ने हुन्छ । मुख्य धर्महरु यी हुन् (१) कृश्चियनः– कृश्चियन धर्मको मुख्य ईश्वर (प्रभु) यशु कृष्ट हुन् र धर्म ग्रन्थ बाइवल हो । कृश्चियन धर्मको दुई समुुदायहरु (क) रोमन क्याथोलिक र (ख) प्रोटेष्टेन्ट हुन् । कृश्चियनहरु आफुलाई अवल मान्ने भएकोले विश्वमा यीनको प्रभाव छ । (२) ईश्लामिकः– ईश्लामिक धर्म मुसलमान जातिले मान्ने भएकोले मुसलमान धर्म पनि भनिन्छ । ईश्लामिक धर्मको धर्म ग्रन्थ कुरान र मुख्य ईश्वर अल्लाह हो । ईश्लामिक धर्मका मान्यताहरु, नियमहरु कडा हुनुको साथै भक्तहरु अरु धर्मको भन्दा प्रतिवद्ध र समर्पित हुन्छन् त्यसैले विश्वमा यसको ठूलो प्रभाव परेको छ । ईश्लामिक धर्मका २ सम्प्रदायहरु सिया र सुन्नी हुन् । (३) बौद्ध धर्मः– हिन्दु धर्मबाट अनास्था जागेपछि सिद्धार्थले दरवार छोडि अनुसन्धान गरि बौद्ध धर्मको बिकास गरे । बौद्ध धर्मका २ सम्प्रदायहरु छन् । (क) हिनयान र (ख) महायान हुन् । बौद्ध धर्म मुख्य त पूर्वी एसिया महादीप भरि प्रभाव छ । (४) हिन्दु धर्मः– हिन्दु धर्मको मुख्य ईश्वर ब्रम्हा, बिष्णु र शिव हुन् भने वेद, पुराण मुख्य धर्म ग्रन्थ हुन् । हिन्दु धर्म बहुदेववादी हन् । हिन्दु धर्म सिन्धुको घाँटीबाट विकास भएको सवसे पुरानो धर्म मानिन्छ साथै यीनका धेरै सम्प्रदायहरु छन् । (ग) संस्कृति र सेवाहरुः– आदर्शवादीहरले दर्शन, धर्म र ईश्वरको आस्था, रक्षा, बिकास र प्रचार गर्ने नियम निर्माण गरि समाजमा जालो बनाई प्रभाव पारेका जुन प्रकृया छन् त्यो नै धर्म र संस्कृतिको रुपमा बिकास भएको छ । धार्मिक सम्प्रदायहरुले समाजमा सेवा पनि गर्दै आएका छन् ।
(२) भौतिकवाद ९ःबतभचष्बष्किm०ः– विश्व जगत् र जीवन सघर्षद्वारा स्वनिर्मित र सपरिचालित हुन्छ, विश्वको कुनै पनि घटना, परिघटना बस्तुवादी वैज्ञानिक काराणले हुन्छ भन्ने अवधारणा भौतिकवाद हो । पदार्थ प्रधान, चेतना सहायक, आत्मा अमर हुँदैन र विश्व बौधगम्य छ भन्ने अवधारणा भौतिकवाद हो । गेओर्ग विल्हेल्म फेडरिक हेगेलको (सन् १७७०–१८३१) आदर्शवादको खण्डन गर्दै जर्मन दार्शनिक लुडविक फायरबाखाले (१८०४–१८७२) भौतिकवादी दर्शन प्रतिपादन गर्नुभयो । कार्ल माक्र्सले (सन् १८१८–१८८३) गेओग विल्हेल्म फेडरिक हेगेलको (सन् १७७०–१८३१) द्वन्द्धात्मक आदर्शवादबाट द्वन्द्धात्मक र लुडविक फायरबाखको (सन् १८०४–१८७२) भौतिकवाद समायोजन गरि द्वन्द्धात्मक भौतिकवादमा विकास गर्नु भयो । द्वन्द्धात्मक भौतिकवादलाई सामाजिक विज्ञानमा प्रयोग गर्दा ऐतिहासिक भौतिकवादमा कार्ल माक्र्सले विकास गर्नुभयो ।
(क) द्वन्द्धात्मक भौतिकवादः– द्वन्द्ववाद र भौतिकवाद मिलेर द्वन्द्धात्मक भौतिकवाद बन्दछ । द्वन्द्ववाद भन्ने चिज विश्वमा कुनै पनि बस्तुको अस्त्वि आफैमा निहित नयाँ र पुरानो, जीवनशील र मरणशील दुई बिरोधि पक्ष बिचको संघर्षमा आधारित हुन्छ, त्यसै संघर्षबाट नयाँ बस्तु जन्मन्छ । त्यो बस्तुमा रहेको संघर्ष, वा अन्तरविरोध अध्ययन गर्ने पद्दतीलाई द्वन्द्ववाद भनिन्छ । द्वन्द्ववादको विशेषताहरु (१) हरेक वस्तुहरु विकासशील र परिवर्तनशील हुन्छ । (२) बिकास निम्नबाट उच्च र सरलबाट जटिलतामा हुन्छ । (३) बिकास एक बिन्दुबाट अर्कोमा छलाङ्गमार्दै हुन्छ । (४) बिकास हरेक सर्पिकल चक्र पहिले भन्दा गहन, समृद्ध र विविधतापूर्ण हुन्छ । (५) द्वन्द्ववादले बस्तुलाई अन्तरविरोध र अन्तरसम्वधमा हेर्छ । (६) द्वन्द्ववादले बस्तुको गति आन्तरीक मान्नुको साथै नयाँ अजयताको पुष्टि गर्दछ । (७) द्वन्द्ववादले नयाँ, सम्मुन्नत, अग्रगामी र प्रगतिशिलता ढंगले बस्तुलाई हेर्दछ । (८) द्वन्द्ववादले बस्तु एकको दुईमा विभाजित, परिस्थिती सापेक्ष र सकारात्मक÷नकारात्मक देख्दछ ।
द्वन्द्ववादका मुख्य ३ नियमहरु यी हुन् ः– (१) विपरित्वको एकत्वः– सबै बस्तुहरु परस्पर दुई बिरोधी तत्व मिलेर बनेको हुन्छ । त्यसैले संघर्षमय एकता र फुटसम्म हुन्छ । पुँजीवादी व्यवस्थामा पुँजीपति वर्ग र श्रमिक मिलेर उद्योग चलाउँछन् । यहाँ एकता भएको देखिन्छ तर पुँजीपतिले धेरै नाफा खोज्दा श्रमिक र पुँजीपति वर्गको संघर्षबाट पुँजीवादको अन्त भई समाजवाद आउछ । (२) मात्राबाट गुणमा रुपान्तरणः– जुनसुकै बस्तुमा मात्रा थप्दै जाँदा गुणमा परिर्वतन आउँछ जस्तै १०० डिग्री सेल्सियसमा पानी उम्लन्छ । यसमा पानीको गुण बदलियो । (३) निशेधको निशेषः– कुनै पनि एक परिस्थितीलाई अगिल्लोले निषेध गर्दछ । फेरी उही परिस्थिती आउन सक्दैन । जस्तै जमिनमा एक दाना सिमी रोप्दा टुसा आई बोट बन्छ र त्यो बीऊको दाना निषेध बोटले गर्छ । अब सिमी फल्छ त्यो सिमीको दानाले बोटलाई निषेध गरि बोट मर्छ । पहिलेको एक दानाको ठाउँमा सयौं दाना सिमी फल्छ । यसमा माओले तीनै नियमलाई विपरित्वको एकत्व हुन्छ भन्नु भएको छ ।
(ख) ऐतिहासिक भौतिकवादः– इतिहासको भौतिकवादी धारणा जुन द्वन्द्वात्मक भौतिकवादको प्रयोगिक व्यख्यालाई एतिहासिक भौतिकवाद भनिन्छ । इतिहासिमा भौतिकवादमा माक्र्सले क्रमवद्ध तरिकाले समाज विकासको वर्णन द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको आधारमा ऐतिहासका भएको परिवर्तन भौतिक तथा आर्थिक कारणबाट भएको भनेर गर्नु भएको छ । माक्र्सका अनुसार मानव समाज निम्न ६ युगमा बिभाजन गरिएको छ । (१) आदिम सामाम्यवादः– श्रमद्वारा निरन्तर अभ्यासबाट जनावरबाट मानवमा रुपान्तरण हुँदै आदिम साम्यवादी पहिलो समााज (मानव) बन्यो आदिम साम्यवादको पहिलो चरण जंगली युग थियो । (क) जंगली युग जंगली युगमा मानिसहरु रुखमा बस्दथे फलफुल र कन्दमूल खोजेर खान्थे । सुरक्षाको लागि रातभरी रुखमा बस्थे । (ख) मध्ये युगः– मध्ये युगमा मानिसहरु रुखबाट ओर्लि नदिको किनारमा बसी माछा मारी खान जाने । यस युगमा मानिसहरुले फलफूल, कन्दमूल र माछाको आहारा प्रयोग गर्न थाले । (ग) पूर्व ढुङ्गे युगः मध्य युगमा मानिसले आगो पत्ता लगाए त्यसको जोओ गर्न जाने । त्यस युगमा कन्दमूल र सिकार पकाएर खान जाने । पूर्व ढुङ्गे युगमा काठका भाडाकुडा र हतियार बनाउन जाने । (घ) ढुङ्गे युगः– ढुङ्गे युगमा माटो र काठ ढुङ्गाबाट घर बनाउन जाने मानिसहरुले साथै ढुङ्गाको हतियार बनाई टाडैबाट प्रहार गरी धेरै मासु जम्मा गर्न सक्ने भए । (ङ) वरवर युग ः– वरवर युगमा श्रम विभाजनले शक्ति केन्द्रित हुन गयो । यस युगमा निजी परिवार र निजी सम्पतिको बिकास भै कबिले युग मात्री सत्ता खारेज गरी पित्रृ सत्ता स्थापना भई सम्पूर्ण आदिम साम्यवाद छैटौ सताव्दीसम्म रही त्यसको अन्त्य भयो ।
(२) दास युगः– आदिम साम्यवादी कालका मातृसत्तात्मक गोत्र कम्युनमा आधारित उत्पादन सम्बन्ध भएको समाज वरवर युग पछि नीजि सम्पत्ति र निजी परिवार देखा परि त्यसको बिकसित रुप दास र मालिक दुई बर्ग विभाजित दास–स्वामी व्यवस्था दास युग सुरु भयो । स्वामीहरुको विकसित रुप राजाको रुपमा विकास हुन पुग्यो । दासहरुले मालिकहरुको सबै काम गर्नुपर्ने उनीहरु मालिकको सम्पत्ति हुन गयो, त्यसैले दास विद्रोह हुने डरले राजाले नियम कानुन बनाए दास व्यवस्था सुदृण गरेपनि दासहरुले बिद्रोह गरी दास युगको अन्त्य भयो । (३) सामन्ति युगः– दास युगका मालिक सामन्तको रुपमा दासहरु भुदास किसानका रुपमा सामन्ति युगमा यसरी सामाजिक संरचना निमार्ण हुन पुग्यो । सामन्ति भन्नाले राजाले आफ्ना कर्मचारीहरुलाई तलबको सट्टा केही जमिन दिन्थ्यो तेही जमिनका मालिकलाई सामन्त भनिथ्यो । सामन्ति युगमा राजाले रंगभेद, जातीभेद गर्ने सामाजिक संरचना निर्माण गरियो । सामन्त र किसानको दुई परस्पर बिरोधिको बीच संघर्ष हुन पुग्यो र वैज्ञानिक आविस्कारले गर्दा सामन्तवाद ढल्न पुग्यो । त्यहाँ पुँजीवादी क्रान्तिभई सामन्तको ठाउँमा पुँजीवाद आयो ।
(४) पुँजीवादी युगः– सामन्ति युगका किसानहरु मजदुरको रुपमा, सामन्तहरु पुँजीपतिको रुपमा पुँजीवादी व्यवस्था भित्र सामाजिक संरचना बन्न पुग्यो । पुँजीवादी व्यवस्था संसदीय व्यवस्थाको रुपमा मुठिभर ५ प्रतिशत जनाको पक्षधर हुन पुग्यो जहाँ ९५ प्रतिशत जनताका विरुद्धका राज्य सत्ता सञ्चालन गरिन्छ । बहुसंख्यक जनताले माक्र्सवादको चेतनाले लैस हुँदै पुँजीवादी व्यवस्थाको विरुद्ध संघर्ष गरी पुँजीवादी युगको अन्त्य भयो । त्यो स्थानमा समाजवादी युगले लिन पुग्यो ।
(५) समाजवादी युगः– पुँजीवादी मूलुकमा ९५ % श्रमिक जुन सर्वहारा वर्गलाई संगठित गरी कम्युनिष्ट पार्टी निर्माण गरी पुँजीवादी राज्यलाई बल प्रयोगद्वारा ध्वंश गरी सर्वहारा वर्गको अधिनायकत्व भएको समाजवादी राज्य व्यवस्था स्थापना गरिनेछ जहाँ क्षमता अनुसार काम, काम अनुसार ज्याला हुने यसको मूल विशेषता हुन्छ । समाजवादमा कलकारखानामा राष्ट्रियकरण गरिने छ । यहाँ सबैले श्रम गर्नु पर्दछ । क्षमता अनुसार हुने व्यवस्था गरिन्छ ।
(६) साम्यवादी युगः– समाजवादी क्रान्तिले विश्वभरी बिकास गरी समाजवादी क्रान्तिमय बनाई बस्तुको विकास र विचारको विकासले निरन्तर क्रान्ति मार्फत (वर्ग संघर्ष, उत्पादनमा संघर्ष वैज्ञानिक प्रयोग र सर्वहारा सांस्कृतिक क्रान्ति) ले मानव सभ्यताले बिकास गरी क्षमता अनुसार काम आवश्यकता अनुसार माम भन्ने वर्ग विहिन साम्यवादी समाज बन्नेछ ।