उदयपुरमा श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न (फाेटाेफिचर)

उदयपुरमा श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न (फाेटाेफिचर)

गाईघाट,उदयपुर / नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले १नम्बर प्रदेश स्तरीय १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस उदयपुरको सदरमुकाम गाईघाटमा भब्य रुपमा सम्पन्न गरेको छ । “बिश्वका उत्पीडित महिलाहरु एक हौं” भन्ने मुल नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि अनेमसंघ(क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष अम्बिका रेग्मीले आधा आकाश ढाक्ने महिलाहरुले बिगतमा महिला मुक्ति आन्दोलनको योगदानको चर्चा गर्दै अहिलेको गणतन्त्रले दलाल पुँजीपतिहरुको संरक्षण गरेको र पितृ सतात्मक संस्कारको पृष्ठ पोषण गरेकोले जनगणतन्त्र स्थापनाको लागि अब फेरि महिलाहरुले बलिदानी गर्नु पर्ने बताउनु भयो । उहांले उक्त कार्यक्रमलाई संबोधन गर्दै अहिलेको दलाल संसदीय ब्यबस्थाले महिला मुक्ति नगर्ने, सत्तामोहमा फोहोरी खेल खेल्ने भएकोले यो ब्यबस्थालाई ढालेर जसरी भएपनि जनताको गणतन्त्र ल्याउने पर्ने बताउनु भयो ।
    त्यसैगरि विशेष अतिथि नेकपा (क्रान्तिकारी माओवादी) पोलिट ब्युरो सदस्य तथा प्रदेश इन्चार्ज मीन कुमार राउतले दलाल संसदीय ब्यबस्था असफल साबित भइसकेकोले महिला मुक्ति लगायत सबै खाले मुक्तिको निम्ति देशमा संघीय जनगणतन्त्र स्थापनाको लागि समय उपयुक्त बन्न थालेकोले अब हुने आंधिबेहेरिको लागि महिलाहरुलाई तयार रहन अपिल गर्नु भयो । उहांले संबोधन गदै महिलाहरुलाई संधै दास बनाउने र पुँजीवादी राज्य ब्यबस्थामा महिलाहरुलाई बिज्ञापनमा मात्र सिमित राख्ने भएकोले अब महिलाहरुले विशेष अधिकार मांग गर्नु पर्ने बताउनु भयो । त्यसैगरि त्यसै गरि बिप्लब निकट जिल्ला पार्टी सचिबालय सदस्य देवा र अनेमसंघ (क्रान्तिकारी )की अनिता गजमेर,नेकपा ऋषि कट्टेलका रामलाल तामाङले पनि  शुभकामना मन्तब्य राख्दै महिला मुक्ति आन्दोलनलाई सशक्तरुपमा लैजानु पर्ने र जनगणतन्त्र स्थापना गर्नु पर्नेमा जोड दिनु भयो ।
     अनेमसंघ(क्रान्तिकारी)की केन्द्रिय सदस्य सुमित्रा चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रमको स्वागत महिला नेतृ सुजता बनले गर्नु भएको थियो भने कार्यक्रमको संचालन अनेमसंघ(क्रान्तिकारी )की केन्द्रिय सदस्य रिता मगर संरचनाले गर्नु भएको थियो ।
  कार्यक्रम हुनु पुर्ब दलाल संसदीय ब्यबस्था मुर्दावाद,संघीय जनगणतन्त्र जिन्दावाद,बलत्कारिलाई फाँसी दे , क्रान्तिकारी महिलाहरु एक हौं  भन्ने नारा लगाउदै र्याली सहित गाइघाट बजार परिक्रमा गरेका थिए । उक्त कार्यक्रममा उदयपुर ,सुनसरी,झापा र मोरङ जिल्लाका महिलाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको अबसरमा मजदुर मांया शेर्पा र एकल महिला चन्दा रहनिलाई सम्ममान  गरिएकाे थियोे ।