रणनीतिक संयुक्त माेर्चाकाे पहिलाे चरणकाे अन्तिम जनसभा आज इटहरीमा

रणनीतिक संयुक्त माेर्चाकाे पहिलाे चरणकाे अन्तिम जनसभा आज इटहरीमा


काठमाडौं । माेहन वैद्य किरण नेतृत्वकाे नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वकाे नेकपा र विश्वभक्त दुलाल आहुति नेतृत्वकाे वैज्ञानिक समाजवादी पार्टी सम्मिलित रणनीतिक संयुक्त माेर्चाकाे आयाेजनामा पहिलाे चरणकाे अन्तिम जनसभा सुनसरीकाे इटहरीमा हुँदैछ ।
जनसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटि सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी पार्टीका संयाेजक विश्वभक्त दुलाल आहुति, राष्ट्रिय जागरण मञ्चका संयाेजक गुणराज लाेहनी लगायतका नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । आजकाे जनसभामा व्यापक रुपमा जनसहभागिता हुने अपेक्षा गरिएकाे छ ।
रणनीतिक संयुक्त माेर्चाले नेपालमा वर्तमान संसदीय व्यवस्थाकाे विकल्पमा नयाँ जनवादी व्यवस्थामा आधारित संघीय जनगणतन्त्रकाे स्थापना गर्दै वैज्ञानिक समाजवादकाे दिशामा अगाडि बढ्ने लक्ष्य लिएको छ ।