
फागुन १४ चितवन ।
नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) चितवनले माडि इलाका कमिटीको आयोजनामा माडिको वसन्तपुर बजारको शहिदचोकमा जनयुद्धका महान शहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गर्याे । श्रद्धाञ्जली कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज विकाशले माओवादी आन्दोलनको नेतृत्वमा रहेका केही अवसरवादीहरुले गद्दारी गर्दैमा जनयुद्धको महान उदेश्यवाट जनता र आफुहरु विचलित नहुने बताउनु भयो । माओवादी जनयुद्धले उत्पिडनमा परेका मजदुर किसान लगायत सम्पुर्ण जाती लिङ्ग वर्ग समुदायलाई सचेततापुर्वक आफ्नो वर्गसमुदायको पक्षमा अधिकारको लडाइँ लड्न सिकाएको वताउदै नेता विकासले फेरीपनि दलाल संसदीय व्यवस्थाको विकल्पको रुपमा जनताको संघीय जनगणतन्त्र स्थापना गर्न जनता संघर्षमा सामेल हुनुपर्ने अवस्था आएको बताउनु भयो । माडि क्रान्तिकारीहरुको ऐतिहासिक थलो भएको चर्चा गर्दै उहाँले,“ नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा अब हुने नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउन पनि माडिका जनताको ऐतिहासिक भुमिका हुनुपर्छ“ भन्दै सबैखाले अवसरवाद र संशोधनवादको विरुद्धमा फेरि एकपल्ट वलिदानीपूर्ण संघर्ष गर्नुपर्ने भएको हुँदा जनतालाई क्रान्तिको निम्ति तयार रहन अपिल गर्नु भयो । नेकपा (क्रान्तिकारी माओवादी ) माडि इलाका सेक्रेटरी ज्वालाले संचालन गर्नु भएको उक्त श्रद्धाञ्जली कार्यक्रममा जनताको उल्लेख्य सहभागीता रहेको थियो । महान जनयुद्धको क्रममा माडी इलाकावाट महान शहिदहरु निलकण्ठ सुवेदी(सुभास), तिलक खाती, वासु पौडेल(प्रविण), केशव क्षेत्री (विदुर), तिला पौडेल (आस्था) र हेमराज रानाभाट (हिक्मत) को बलिदानी भएको थियो ।






























