वैज्ञानिक समाजवाद माक्र्सवादको प्रमुख संघटक अंग

प्रकाशित मिति : २०७७ फाल्गुन १३

- भरत बुर्जामगर

माक्र्सवाद अहिलेसम्मको विश्वकै सर्वोत्कृष्ट वैज्ञानिक सिद्धात, जसको तीन संघटकहरु (१) दर्शनशास्त्र (२) राजनीतिक अर्थशास्त्र र (३) वैज्ञानिक समाजवाद हुन् । माक्र्सवादको प्रणेता जर्मनीका कार्ल माक्र्स (सन् १८१८–१८८३) र फेडरिक एंगेल्स (सन् १८२०–१८९५) हुन् । हामी यहाँ समाजवादको बारेमा छलफल गर्न लागेका छौं । मानव समाजको उत्पत्ति, बिकास, त्यस भित्रका सकारात्मक तथा नकारात्मक पक्षहरुका विश्लेषणात्मक संश्लेषण तथा वर्गीय मानव समाजलाई श्रमजीवि, मेहनती, स्वावलम्वी, कर्मठ, योग्य, सभ्य व्यक्तित्वको बिकास गरी वर्गविहीन, राज्य विहीन र सत्ता विहीन समाज निर्माण गर्ने सिद्धान्तलाई वैज्ञानिक समाजवाद भनिन्छ ।
काल्पनिक साम्यवादको परिकल्पना सर्वप्रथम प्लेटोले (४८०–३४७ ईसा पूर्व) गरेका थिए । काल्पनिक समाजवादको विकास थोमसमोर (सन् १४७८–१५३५), थोमस मञ्जरे (सोह्रौ सताब्दी) आदिले युटोपिया (ल्याटीन भाषामा काल्पनिक टापु) मार्फत गरेका थिए । काल्पनिक समाजवादको अवधारणा सेन्ट साइमनले (सन् १७६०–१८२५) बिकास गरेका थिए । वैज्ञानिक समाजवादको विकास माक्र्स र एंगेल्सले गर्नु भएको हो । काल माक्र्स र एंगेल्सले गेओर्ग विल्हेल्म फेडरिक हेगेलको (सन् १७७०–१८३१) द्वन्द्वात्मक आदर्शवादबाट द्वन्द्वात्मक र लुडबिक फायरबाखको (सन् १८०४–१८७२) भौतिकवाद समायोजन गरी द्वन्द्वात्मक भौतिकवादमा विकास गर्नुभयो । उक्त द्वन्द्वात्मक भौतिकवादको प्रायोगिक व्याख्यालाई ऐतिहासिक भौतिकवाद भनिन्छ । ऐतिहासिक भौतिकवादमा माक्र्सले समाज विकासको वर्णन क्रमवद्ध तरिकाले द्वन्द्वान्तमक भौतिकवादी सिद्धान्तको आधारमा एतिहासिक भएको परिवर्तन भौतिक तथा आर्थिक कारणबाट भएको भनेर गर्नु भएको छ । ऐतिहासिक भौतिकवामा माक्र्सले समाज विकासको क्रम ६ भागमा विभाजन गरी व्याख्या गर्नु भएको छ । जस अनुसार (१) आदिम साम्यवाद (२) दासयुग (३) सामन्ति युग (४) पुँजीवाद (५) समाजवाद र (६) साम्यवाद हुन् । समाजवाद भनेको पुँजीवादी युग पछिको सर्वहारा वर्गले बल प्रयोगद्वारा सत्ता हातमा लिएपछि सर्वहारा वर्गको अधिनायकत्व भएको राज्य व्यवस्था हो जुन साम्यवाद भन्दा अगिको चरण हो । त्यसको विकासले समाजवाद साम्यवादमा जानेछ ।
सामाजवाद युटोपियन र वैज्ञानिक गरी २ प्रकारका छन् । सामन्ति पुँजीवादी र संंसोधनवादीहरुले प्रयोग गर्ने काल्पनिक समाजवाद हो भने सच्चा क्रान्तिकारी कम्युनिष्टहरुले प्रयोग गर्ने वैज्ञानिक सामाजवाद हो । युटोपिया एउटा वाद थियो जस्को प्रतिवाद चार्टरवाद (मजदुर आन्दोलन) थियो, त्यसपछि वाद, प्रतिवादको सम्वाद वैज्ञानिक सामाजवाद बन्यो जुन विज्ञानले झैं सिद्धान्त (वाद) र व्यवहार दुवैलाई आवश्यक सम्झन्छ । ऐतिहासिक भौतिकवाद अनुसार मानवको उत्पत्ति पछि विकास भएको सुरुको युग जंगली युग आदिम साम्यवादी समाज थियो जहाँ अहिले जस्तो सबै कुरामा भेदभाव थिएन सबैमा समानता थियो र सबैले प्रकृति सित संघर्ष गरी अघि बडिरहेको थियो । बिकासको क्रममा श्रम विभाजनले आदिम साम्यवाद समाप्त भई दास र मालिक दुई विरोधि वर्गहरु रहेको दास युग जुन मालिकको अधिनमा दासहरु रहन पर्ने व्यवस्था आयो । भिन्न स्वार्थ रहेको मालिक र दासहरुको संघर्षबाट दासयुग किसानको अन्त्य भई सामन्ति युग आयो । सामन्ति समाजमा पहिलेका मालिकहरु सामन्तको रुपमा र पहिलेका दासहरु भूदासको रुपमा रुपान्तरण भयो । सामन्ति समाजमा किसान र सामन्ति दुई बिरोधी वर्गको बिच संघर्ष भई सामन्ति समाज पुँजीवादी समाजमा रुपान्तरण भयो । पुँजीवादले सर्वहारा वर्गको जन्म दियो फलस्वरुप सर्वहारा वर्गले माक्र्सवाद प्रयोग गरी बल प्रयोगद्वारा पुँजीवादी राज्यसत्ता ध्वस्त गरि सर्वहारा वर्गको अधिनायकत्व भएको समाजवादी व्यवस्था आयो ।
पुँजीवादी समाजमा सबै चिजको विकास भै सकेको हुन्छ तर देशको सबै सम्पत्ति अल्पसंख्यक व्यक्ति ५% को हातमा हुन्छ । जहाँ बहुसंख्यक ९५% जनता सर्वहारा हुन्छन् जसले दैनिक श्रम गर्दछन् भने उनीहरुको सम्पत्ति आफ्नो २ वटा हात मात्र हुन्छन् । पुँजीवादी समाजको समस्याको समाधान समाजवादी व्यवस्थाले मात्र गर्न सक्छ भन्ने मान्यता कम्युनिष्टहरुको हो । पुँजीवादबाट समाजवादमा जान वर्ग संघर्षबाट सत्ता खोस्न बल प्रयोगबाट अघि बढ्नुपर्ने कम्युनिष्टहरुको वैज्ञानिक अवधारणा छ भने पुँजीवादी र संशोधनवादीहरु वर्ग समन्वय, शान्तिपूर्ण रुपान्तरण चुनावद्वारा पुँजीवादबाट समाजवादमा रुपान्तरण हुने कुरा मान्दछन् । सामाजवादमा कलकारखाना, स्कूल कलेज, विश्व विद्यालयहरु निजित्व उन्मूलन गरी राष्ट्रियकरण गरिन्छ । समाजवादमा उत्पादन र सेवाको साधनमाथि सार्वजनिक स्वामित्व, समाजको समान अधिकार प्राप्त सदस्यहरको शोषणमुक्त श्रममा आधारित हुन्छ । राजनीतिक स्वतन्त्रताको उच्चतम रुप, जनताको समाजवादी स्वसाशन, नागरिकको सच्चा राजनीतिक अधिकार मुक्ति, कानुनको दृष्टिमा समानता, अधिकार र दायित्वको एकतालाई सुनिश्चित गर्ने समाज र राज्य संचालनमा सर्वहारा वर्गको सहभगिताको ज्ञारेन्टि गर्ने साथै सर्वहारा वर्गको नेतृत्व र अधिनायकत्व ज्ञारेन्टि गर्ने माक्र्सवादी दृष्टिकोणलाई वैज्ञानिक समाजवाद भनिन्छ । समाजवादमा हरेकलाई काम गर्न समान, अनिवार्य अवसर जहाँ क्षमता अनुसार काम र काम अनुसार ज्याला हुन्छ । समाजवादमा सबैको उन्नत्ति हुन्छ ।
माक्र्स र एंगेल्सले पियरे जोशेफ प्रुधोंको (सन् १८०९–१८६५) अराजकतावाद दक्षिणपन्थी सुधारवाद, लुईस योँगुष्ट ब्लाँकि (सन् १८०५–१८८१) र मिखाईल एलेक्सेन्द्रो वीच बाकुनिनको (सन् १८१४–१८७६) उग्रवाद सहित सबैखाले प्रतिकृयावादसित संघर्ष गरि खारिएको वैज्ञानिक समाजवादी सिद्धान्त निर्माण गरेको हो । सामन्तवाद र पुँजीवाद भन्दा अहिलेसम्मकै सर्वोकृष्ट बिचार वैज्ञानिक समाजवादी धारा काल माक्र्स र एंगेल्सले संश्लेसित र विकसित गर्नु भएको हो जुन सर्वप्रथम सन् १८४८ मा कम्युनिष्ट घोषणपत्र मार्फत विश्वमा प्रस्ताव गर्नुभयो फलस्वरुप सन् १८७१ मा पेरिसका मजदुरहरले प्रयोग गरि पुँजीवादी सत्ता ढाली पेरिस कम्युन सत्ता स्थापित भएता पनि सर्वहारा वर्गको छुट्टै पार्टी र सेनाको अभावले गर्दा त्यो सत्ता ७२ दिन पछि ढल्न गयो । माक्र्स र एंगेल्सले राजनीतिक अर्थशास्त्रमा आर्थिक व्याख्या र अतिरिक्त मूल्यको सिद्धान्त संस्लेषित गर्नु भएकोले समाजवादलाई वैज्ञानिक बनाईदियो । माक्र्स र एंगेल्सले समाजवादको चार पहलुको जसमा (१) बल प्रयोगको सिद्धान्त (२) रचनात्मक पहलु (३) शैक्षणिक पहलुं (४) उच्चतम प्रकारको जनतन्त्रको पहलुको विश्लेषणात्मक संस्लेषित गरी समाजवादलाई उच्च र व्यवहारिक बनाउनु भयो । माक्र्सको सन् १८८३ मा मृत्यु भयो, एंगेल्सको सन् १९९५ मा मृत्यु भयो ।
माक्र्स र एगेल्सले निर्माण गरी पेरिस कम्युनद्वारा प्रयोग गरि त्यसबाट विकसित गरिएको माकर्सवादी समाजवादी धारालाई उहाँहरुको मृत्यु पछि रुसका भ्लादिमिर ईल्यीच उल्यानोभ लेनिनले (सन्् १८७०–१९२४) निम्न योग्दान दिनुभयो । (१) अध्ययन, विकस र प्रचारः– वैज्ञानिक समाववादी सिद्धान्तलाई लेनिनले गहिरोसित अध्ययन गरी त्यसको उन्नत, बिकास गरी विश्वव्यापी रुपमा प्रचार गर्नुभयो । (२) समाजवादी धाराको रक्षा र विकासः– लेनिनले माक्र्स र एंल्गेल्सको मृत्यु पछि दक्षिणपन्थी एडवर्ड बर्नस्टिन र बेलायती फेवियनवादीहरुले माक्र्सवादलाई संशोधन गरी शान्तिपूर्ण विकासवादी प्रकृयाद्वारा समाजवादमा जान सकिने मान्यताको विरुद्ध लेनिनले “राज्य र क्रान्ति” नामक पुस्तक लेखि “समाजवादको स्थापना क्रान्तिकारी साधनद्वारा क्रान्तिकारी सशस्त्र मार्फत मात्र सम्भव छ ।” भन्नुभएको छ, किनकी पुँजीवादी राज्यसत्ता सर्वहारा वर्ग दमन गर्न सशस्त्र बल सहित सुशजित हुन्छ । त्यसैगरी माक्र्सवादको आलोचना गर्दै ए. वग्दानोभ, ए.ल्युनावास्की र वेचेनेर्ड मिलेर आध्यात्मवाद र भौतिकवाद भन्दा अर्को दर्शन, “आलोचनात्मक अनुभववाद” जुन अष्टिमाचको वैज्ञानिक अनुभववादको आधारमा प्रतिपादित संशोधनवादी सिद्धान्त थियो । त्यो आदर्शवादी र प्रतिगामी सिद्धान्त भएकोले त्यो बाटो जाँदा आध्यात्म र अन्धविश्वासमा पुग्ने छौ भन्दै लेनिनले प्रगति, क्रान्ति, विज्ञान नजिक पु¥याउने द्वन्द्वात्मक भौतिकवाद र प्रकृति विज्ञान एकै विन्दुमा पुग्ने माक्र्सको विचारलाई आत्मसाथ गर्दै द्वन्द्वात्मक भौतिकवादलाई उच्च स्थानमा पु¥यााई वैज्ञानिक समाजवादलाई रक्षा र विकास गर्नुभयो । लेनिनले अन्र्तरबिरोधलाई व्यवहारिक पुष्टि गर्दै (१) गणितमा प्लस (+) र माइनस (—) (२) यन्त्र विज्ञानमा क्रिया र प्रतिक्रिया (३) भौतिक विज्ञानमा घनात्मक र ऋणात्मक विद्युत (४) रसायन शास्त्रमा परमाणुको संघटन र विघटन (५) समाज विज्ञानमा वर्ग संघर्ष रहन्छ, यसबाट परिवर्तन र विकास हुन्छ भन्नु भएको छ ।
(३) परिस्थितिको विश्लेषणः– १९ औ सताव्दीको माक्र्सको समिक्षा एउटा देशमा मात्र समाजवादी, क्रान्ति हुन नसक्ने वरु धेरै देशहरुमा हुने भन्नेमा बिसौं शताव्दी सुरु हुने वित्तिकै पुँजीवादले साम्राराज्यवादमा फड्को मारेकोले उनीहरु बिच अन्तर बिरोध बढेकोले अब एउटा देशमा पनि समाजवादी क्रान्ति हुने अवस्था श्रृजना भयो त्यसमा लेनिनले बिसौ सताव्दीको बस्तुगत परिस्थितीको ठोस विश्लेषण गर्दै अब एउटा देशमा त्यसमा पनि रुसमा समाजवादी क्रान्ति हुने कुरा निष्कर्ष निकाल्नु भयो । लनिनले “माक्र्सवाद भनेको ठोस परिस्थितीको ठोस विष्लेषण गरी प्रयोग गर्नु हो ।” भन्नुभयो ।
(४) पार्टी र कार्यदिशाः– लेनिनले पुँजीवादी मुलुकमा समाजवादी क्रान्ति गर्न लडाकु कम्युनिष्ट पार्टी पूर्णकालिन नेतृत्व चाहिन्छ जुन किसान र मजदुरबाट प्रशिक्षित हुनु पर्छ भन्ने अवधारणा ल्याई जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्त संश्लेषित गर्नु भयो । लेनिनले बिकसित देशमा राजनीतिक कार्य दिशा समाजवादी क्रान्ति र फौजी कार्य दिशा सशस्त्र आमजन बिद्रोह जुन शहरबाट गाउँ घेर्ने, वैधानिकवाट अवैधानिक आन्दोलनमा फड्को मार्ने र केन्द्रिय सत्ता लिई स्थानीय सत्ता थप्दै जाने विशेषता सहितको फौजी विज्ञानको विकास गर्नुभयो ।
(५) समाजवादी क्रान्ति सम्पन्नः– लेनिनले रुसमा कम्युनिष्ट पार्टी (वोल्शेभिक) निर्माण गर्नुको साथै सेना निर्माण गरी रुसमा विश्वमै पहिलो पटक अल्पकालिन सशस्त्र आमजन विद्रोहद्वारा सन् १९१७ अक्टोवर २५ का दिन समाजवादी क्रान्ति सम्पन्न गर्नुभयो । लेनिनले समाजवादी सिद्धान्तलाई उन्नत, विकास, प्रयोग गरी सन् १९२४ मा उहाँको निधन भयो । लेनिनको मृत्युपछि जोशेफ स्टालिनले (सन् १८६९–१९५३) कथित स्थायी क्रान्ति भन्ने टाटस्कीपन्थीहरुलाई पत्तासाफ गरी सोभियत संघको समाजवादलाई उन्नत र बिकास गर्नुभयो । स्टालिनले साम्राराज्यवादीहरुले दोस्रो विश्वयुद्धद्वारा सोभियत संघको समाजवादी ध्वस्त गर्न लागेका थिए तर स्टालिनले डटेर सामना गरी महान् सोभियत संघ र समाजवादको रक्षा गरी आफ्नो जीवनको अन्तिम काल सन् १९५३ सम्म सोभियत संघलाई उच्च बनाउनुभयो ।
समाजवादी क्रान्तिको लागि माक्र्स, एंगेल्स, लेनिन, स्टालिन पछि कमरेड माओको निम्न योग्दान रहेको छ ः
(क) कार्यदिशा र क्रान्तिको हकमाः–अर्ध सामन्ति र अर्ध औपनिवेस देशमा कुन किसिमको क्रान्ति हुने ? भन्ने प्रश्नको जवाफ कमरेड माओले दिनुभयो, “जुन मुलुक अर्ध सामन्ति अर्ध औपनिवेसिक छ त्यहाँ नयाँ जनवादी क्रान्ति हुन्छ, गर्नुपर्छ जुन कम्युनिष्ट पार्टीको सचेत नेतृत्वमा संयुक्त जनताको अधिनायकत्व हुन्छ जस्ले पुँजीवादको विकास गरी समाजवादमा फड्को मार्ने छ । विश्वभरिका झण्डै ९० % मुलुकमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा लागु हुन्छ ।
(ख) फौजी विज्ञानः– अल्पविकसित देशमा राजनीतिक कार्य दिशा नयाँ जनवादी र फौजी कार्य दिशा दीर्घकालीन जनयुद्ध (१) गाउँबाट शहर घेर्ने (२) अवैधानिक संघर्ष प्रधान वैधानिक संघर्ष सहायक र (३) स्थानीय सत्ता कब्जा गर्दै अन्तमा केन्द्रिय सत्ता लिने विशेषता भएको छापामार या गुरिल्ला युद्धवाट चलायमान युद्धमा विकास गर्ने जनयुद्ध रक्षा, सन्तुलन र प्रत्याक्रमणबाट अघि वढ्छ । फौजी विज्ञानको विकास कमरेड माओले गरी सन् १९४९ मा चीनमा दीर्घकालिन जनयुद्धद्वारा नयाँ जनवादी क्रान्ति गरी फौजी विज्ञान संश्लेषित गर्नु भयो ।
(ग) समाजवादलाई विकास गर्नुः– सन् १९५७ बाट चीनलाई नयाँ जनवादबाट समाजवादमा फड्को मारी अघि बढाउनुभयो । सन् १९५४ मा कमरे स्टालिनको मृत्यु पछि रुसी समाजवाद नयाँ संशोधनवादी बन्न गएकोले माओले पुँजीवाद, समाजवाद र साम्यवादमा समाजवादबाट रुसी कम्युनिष्ट पार्टी बिचलित भई संशोधनवादी भएकोले समाजवादमा क्रान्तिमा निरन्तरता (वर्ग संघर्ष, उत्पादनमा संघर्ष, वैज्ञानिक प्रयोग र सर्वहारा सांस्कृतिक क्रान्ति) क्रान्ति संचालन नभएकोले समाजवादबाट पुँजीवादमा फर्कियो, त्यसलाई रोक्न कमरेड माओले निरन्तर क्रान्ति सञ्चालन गर्नु पर्छ भन्दै कमरेड माओले चीनमा सन् १९६६ देखि १९७६ सम्म सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरी समाजवादको रक्षा र विकास गर्नुुभयो । समाजवादी दर्शनमा (१) एकको दुईमा बिभाजन (२) निरन्तर क्रान्तिको सिद्धान्त (३) छलाङ्गको सिद्धान्त (४) समाजवादी कार्यक्रमको प्रयोग (५) समाजवादी क्रान्तिमा अन्तरबिरोध बारे लगायत माक्र्स, एंगेल्स, लेनिन, स्टालिन मध्ये क. माओले विशेषत माक्र्स, लेनिन र माओ त्यसमा पनि कमरेड माओले माक्र्सवाद–लेनिनवाद–माओवादमा अहम् भूमिका निर्वाह गरी वैज्ञानिक समाजवादी धारालाई जीवन्त बनाउनुभयो । अहिले विश्वमा कतै समाजवाद नभएपनि धेरै सम्भावना बढेर गएको छ । त्यसैले वैज्ञानिक समाजवाद माक्र्सवादको प्रमुख संघटक अंग हो ।