नेपाल पत्रकार महासंघको प्रदेश साधारणसभामा क्रान्तिकारी पत्रकार महासंघलाई ‘वायस’ गरिएकोमा आपति प्रकट

प्रचारकर्ताको भुमिका निभाउनुसः सुवेदी

प्रकाशित मिति : २०७७ फाल्गुन ३

- टेक मास्की

बुटवल – जनपक्षीय पत्रकारहरुको साझा संस्था क्रान्तिकारी पत्रकार महासघ रुपन्देहीले रणनैतिक संयुक्त मोर्चाको फागुन ६ गतेको कार्यक्रममा प्रचारकर्ताको भुमिका गर्ने भएको छ । महासंघको बुटवलमा सोमवार भएको छलफलमा प्रचारकर्ताको रुपमा महासंघले भुमिका गर्ने भएको जिल्ला सचिव मानबहादुर केसीले बताउनुभयो । कार्यक्रममा नेकपा( क्रान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले पत्रकारहरुले जनपक्षीय पत्रकारिताको मिसनलाई छोड्न नहुने बताउनुभयो । उहाँले जनतालाई सही सुचना दिने प्रचारकर्ताको रुपमा क्रान्तिकारी पत्रकारले भुमिका खेल्नुपर्ने बताउनुभयो ।


छलफलमा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य पिताम्बर आचार्य जिल्ला सेक्रेटरी बिनोद मरासिनी क्रान्तिकारी पत्रकार महासघका कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेयलागयत सहभागी हुनुभएको थियो ।
छलफलमा नेपाल पत्रकार महासंघको भालुवाङमा भएको प्रदेश साधारणसभामा क्रान्तिकारी पत्रकार महासंघलाई वायस गरेको भन्दै खेद प्रकट गरिएको संयोजक पाण्डेयले जानकारी दिनुभयो । सो क्रममा क्रान्तिकारी पत्रकार महासंघ , जनपत्रकार संघ र मुद्धा मिल्ने पत्रकार संघसंगठन बीच चुनावी मोर्चाबन्दी गर्ने बिषयामा अन्तरक्रिया गरिएको थियो ।