नेपाल अर्ध–सामन्ति र अर्धऔपनिवेशिक परिवेशमा गुज्रिरहेकोले नयाँ जनवादी क्रान्ति पुरा गर्नको लागि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले वि.सं. २०५२ साल फागुन १ गतेदेखि  नेपालमा महान जनयुद्ध सुरु ग¥यो । तर मूल नेतृत्वको कमजोरीले गर्दा वि.सं. २०६३ साल मंसिर  ७ गते नयाँ जनवादी क्रान्ति पुरा नगरी महान् जनयुद्ध अत्त भएको घोषणा गरियो । यस लेखमा त्यही महान जनयुद्धको समिक्षा गर्ने प्रयास गरिएको छ ।

 

       “संसदीय भ्रममा नपरी नयाँ जनवादी क्रान्तिको तयारीमा लागौं” भन्ने नारालाई साकार तुल्याउन नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र)को एकता महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा नयाँ जनवादी क्रान्ति र फौजी कार्यदिशा दिर्घकालिन जनयुद्धलाई व्यवहारिक रुपमा लागु गर्नु मोर्चाको रुपमा संयुक्त जनमोर्चा नेपाल र अन्य जनवर्गीय संगठनहरु निर्माण गरी देशभरी साँस्कृतिक कार्यक्रम सहित घरदैलो अभियान सञ्चालन गरियो । वि.सं. २०४९ सालको स्थानीय निर्वाचन पनि नयाँ जनवादी क्रान्तिको तयारीको लागि उपयोग गरी सिन्धुली, गोर्खा, रोल्पा, रुकुम   लगायत संगठन र संघर्ष उठाएको स्थानमा संयुक्त जनमोर्चाको हँसिया र हथौडा भएको झण्डा चिन्हबाट बिजय हासिल गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) ले विचार, संगठन, जनसंघर्ष, वर्गसंघर्ष उठान गरी साथै उत्पादन अन्तराष्ट्रिय सम्बन्धको बिकास गरी पार्टी मजबुत बनाई वि.सं. २०५१ सालको मध्यावधि निर्वाचन बहिष्कार गर्दै जनयुद्धको तयारीमा लाग्ने निर्णय गरियो । नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) का अल्पमत पक्षले पार्टीको गोपनियता भंग गरेकोले वि.सं. २०५१ सालमा राष्ट्रिय सम्मेलन गरी जनयुद्ध नमान्ने अराजक पक्षहरुलाई पार्टीबाट हटाई पार्टीको नाम नेपाल कम्युनिस्ट  पार्टी (माओवादी) राखि जनयुद्धको तयारी गर्ने निर्णय गरियो ।

       वि.सं. २०५१ साल फागुन २–४ गते सम्म नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को विस्तारित बैठक गरी नयाँ जनवादी राजनीतिक र जनयुद्ध फौजी कार्यदिशा निर्माण गर्ने निर्णय गरियो । वि.सं. २०५२ साल आषाढमा केन्द्रिय समितिको बैठक बसी सबै केन्द्रिय सदस्यहरुले महान् जनयुद्धमा होमिने, क्रान्ति पुरा नभएसम्म लागिरहने, पछि नहट्ने बरु सबैले बलिदान गर्ने र क्रान्तिलाई निर्णायकमा पु¥याउने लिखित तथा मौखिक प्रतिवद्धता गरिएको थियो । सबै तयारीका साथ वि.सं. २०५२ साल मंसिर १९ गते काठमाडौंको खुल्लामञ्चमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को संयुक्त मोर्चा “सयुक्त जनमोर्चा” को नामबाट विशाल आमसभा गर्दै सयुक्त जनमोर्चा नेपालका तत्कालिन अध्यक्ष डा. बाबुराम भट्टराईले बिशाल आमसभामा राष्ट्रियता, जनतन्त्र, जनजीविका, असमान सन्धि लगायत ४० सुत्रीय माग पत्र पढेर सुनाउनुको साथै यो मागहरु पुरा नभए नेपालमा महान् जनयुद्धको थालनी हुने र माओवादी र जनमोर्चाका हामी सबै सहिद हुन तयार छौं, सबै नेपालीले साथ दिनेछन् भन्नुभयो । ४० सुत्रीय मागपत्र वि.सं. २०५२ साल मंसिर २२ गते प्रधानमन्त्रिलाई बुझाइयो ।

       वि.सं. २०५२ साल फानुण फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सबै किसिमको तयारी साथ ७५ जिल्लामा एकै साथ “प्रतिक्रियावादी राज्य व्यवस्थालाई ध्वंश गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्न जनयुद्धको बाटोमा अघि बडौ, बिद्रोह जनताको अधिकार हो , जनयुद्ध जिन्दावाद ! नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिन्दावाद ! लेखेको पोष्टर टाँसी रोल्पाको होलेरी चौकी, रुकुमको आठविसकोट प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोर्खाको कृर्षि विकास बैंक च्यांलीमा कब्जा गरी महान जनयुद्ध सुरु गरिएको थियो । केन्द्रिय समिति, क्षेत्रिय ब्यूरो र जिल्ला समिति सदस्यसम्म पूर्णकालिन भएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता र कार्यकर्ताहरु भूमिगत भै लुकामारी गर्दै जनचेतना उठाउनको लागि जनताहरुको घर दैलोमा छापामार तरिकाले जाने गरिन्थ्यो । जनताहरुलाई प्रशिक्षित र संगठित गरी जनयुद्धको प्रचार प्रसार गरी अघि बढ्ने क्रममा माओवादी नेता र कार्यकर्ताहरुले जनविरोधि तत्वहरुलाई सम्झाई बुझाई करेक्सन गराउने अटेर गरे विविध किसिमको भौतिक कार्वाही गरिन्थ्यो ।

       जनयुद्धको विशेषता (१) गाउँबाट शहर घेर्ने (२) अवैधानिक संघर्ष प्रधान र वैधानिक संघर्ष सहायक (३) स्थानिय सत्ता कब्जा गरी अन्तमा केन्द्रिय सत्ता लिने र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने हुन्छ । जनयुद्ध (१) रक्षा (२) सन्तुलन (३) प्रत्याक्रमण तीन चरणबाट अघि वढ्छ । जनयुद्धको रक्षाको चरणमा छापामार अथवा गुरिल्ला युद्धबाट बिकास गरी चलायमान र मोर्चाबन्दी युद्धमा पु¥याईन्छ । ठूलो शक्तिको विरुद्ध सानो शक्तिले युद्धबाट युद्ध सिक्दै, पौडी खेल्न सिक्न पानीमा हम्फाले झैं माओवादी कार्यकर्ताहरु आफुलाई सुरक्षित राखि रक्षात्मक तरिकाले महान जनयुद्धमा होमिए । जनयुद्ध मुख्य जोन, सहायक जोन र प्रचारात्मक जोन ३ भागमा विभाजन गरी नेपालमा महान् जनयुद्धको अभियान अघि बढाईएको थियो ।

       वि.सं. २०५३ साल असारमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्दीय समितिको बैठक बसी छापामार ईलाकाको बिकास गर्ने निर्णय गरियो र वि.सं. २०५३ साल पुस १९ गते राति रामेछापको बेथान प्रहरी चौकी कब्जा गरियो । महान जनयुद्धले नेपाल प्रहरी माथि एक्शन वढाए पछि जनयुद्ध सुरु हुनु अघि प्रहरीले रोमियो अप्रेशन चलाई जन दमन बढाएको थियो यस बखत प्रतिरोधको रुपमा प्रहरी फोर्स माथि एक्शन बढाउदा नेपाल सरकारले माओवादी जनयुद्ध दमन गर्न सशस्त्र प्रहरी बल गठन  ग¥यो । वि.सं. २०५४ सालमा गाउँ शहर, जनयुद्ध र जनसंघर्षलाई जोड्न शहरमा मजदुर, विद्यार्थी, बुद्धिजिवी लगाएतको पेशागत संगठन बनाई बैधानिक आन्दोलन अघि बढायो । महान् जनयुद्धलाई दमन गर्न प्रतिक्रियावादी सरकारको गृह प्रशासनले जन दमन बढाउन किलो शेरा टु ल्यायो । किलो शेरा टु को अर्थ सर्च एण्ड किल अथवा माओवादीलाई खोज र मार हो । माओवादी नेता तथा कार्यकर्ताहरु नेपालमा नयाँ जनवादी क्रान्तिको लागि मृत्यु वा मुक्ति भनि महान जनयुद्धमा होमिएका थिए । वि.सं. २०५५ सालमा नेपाल कम्युनिस्ट  पार्टी (माओवादी) केन्द्रीय समितिको चौथो विस्तारित बैठक बसी आधार ईलाका निमार्ण गर्ने निर्णय गरियो ।

       वि.सं. २०५५ सालमा प्रतिकृयावादी सरकारले जंगल अपरेशन र नेताको टाउको मूल्य तोक्दै जनदमन अघि वढायो त्यसको प्रतिरोध गर्दै माओवादी जनयोद्धाहरु खाली हातबाट स्वयम सेवक हुँदै, सेक्सन, प्लाटुन, कम्पनि, बटालियन हँुदै डिभिजन सम्म युद्धबाट युद्ध सिक्दै निर्माण गर्न सक्षम भै वि.सं. २०५८ सालमा जनमुक्ति सेना (पि.एल.ए.) गठन गरी सोही साल सम्युक्त मोर्चा गठन गरी पार्टी, सेना र सम्युक्त मोर्चा नयाँ जनवादी क्रान्ति पुरा गर्ने तीन जादुगरी हतियार विकास भयो । माओवादी जनमुक्ति सेनाले प्रहरी, सशस्त्र प्रहरी र नेपाली साही सेना र सेनाको कमाण्डो फोर्स रेन्जर बटालियनलाई परास्त गर्दै थुप्रै महत्वपूर्ण स्वचालित हात हतियारहरु जम्मा गर्न सफल भयो वि.सं. २०५८ साल जेठ १९ गते महान् जनयुद्धको कारणले दरवार हत्याकाण्ड गरी बिरेन्द्रको वंश नास गरियो । ज्ञानेन्द्र स्वघोषित राजा भए । तेही साल राजा ज्ञानेन्द्रले संकटकाल लागू गरी महान् जनयुद्धको दमन बढायो र तेही साल सरकार र माओवादी बिच वार्ता भए पनि सफल भएन । वि.सं. २०६० सालमा आउँदा जनमुक्ति सेनाले प्रतिकृयावादी सेना सित टक्कर गर्न सक्ने भएपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले केन्द्रिय समितिको बैठक बसी रणनैतिक सन्तुलनतिर बढ्ने निर्णय भयो ।  वि.सं. २०६१ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रिय समितीको बैठकले लोकतान्त्रिक गणतन्त्रको लागि सात दलसित मिलेर जाने निर्णय ग¥यो । वि.सं. २०६२ सालमा केन्द्रिय समितीको बैठक बसी महान् जनयुद्ध रणनीतिक प्रत्याक्रमणको कार्य दिशाको योजना पारित गर्दै, “ढाँडमा टेकेर टाउकोमा हान्ने” कार्यनीति पारित गरियो ।

       वि.स..२०६३ को सुरुमा केन्द्रिय समितीको वैठक बसी कार्यनीतिक सिफ्ट पारित गर्दै कामी डाँडाको बैठकबाट जनयुद्ध र जनबिद्रोह फ्युजन गर्ने भन्दै ७ दलसित मिलि सहकार्य गर्दै डिल्लिमा बारबुदे सहमती गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को मूल नेतृत्व प्रचण्डले वि.सं. २०६३ मंसिर ७ गते महान् जनयुद्ध अन्त्य भएको घोषणा गरे नेपाली नयाँ जनवादी क्रान्ति गर्न जागिर र सबै सुबिधा छोडि मुक्ति या मृत्यु भनि सहिदको कोटा चुक्ता गर्ने सोचका साथ महान् जनयुद्धमा होमिदा १७ हजार भन्दा बढीले जीवन बलिदान गरे भने हजारौं बेपत्ता पारिए भने दशौं हजार घाईते अपाङ्ग भए । महान् सहिद, बेपत्ता र घाईते सबैको श्रम पसिनाबाट ३१ हजार जनमुक्ति सेना, ८० % भूभागमा स्थानिय सत्ता, जनअदालत र प्रचुर हात हतियार बटुल्न सफल भएको थियो । नेपालको महान् जनयुद्धमा वैकल्पित पोलिट ब्यूरो सदस्य क. सुरेश वाग्ले लगायत केन्द्रिय सदस्यहरु विशाल, ऋत बहादुर खड्का, मोहनचन्द्र गौतम लगायत पार्टीको कार्यकर्ता र समर्थक लगायत १७ हजारले बलिदान गरे भने पार्टी केन्द्रिय सदस्य डण्डपाणी न्यौपाने लगायत ५ हजार कार्यकर्ता नेता लगायत तत्कालिन सरकारले वेपत्ता पारे भने दशौं हजार घाईते अपाङ्ग र सम्पूर्ण नेता कार्यकर्ता जनताको श्रम पसिनाबाट महान् जनयुद्ध उच्च विकास भएको थियो ।

       कमरेड किरण र कमरेड गौरवको गिरफ्तारी अनि भारतीय जेलमा बन्दी बनाईएपछि  नेपाल कम्युनिस्ट  पार्टी (माओवादी) केन्द्रिय समितीको मिति २०६२ साल असोज–कार्तिकमा सञ्चालित चुनवाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्रको नारा दिएको थियो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले महान् जनयुद्ध अघि बढाउदै गर्दा नेपालको समस्याहरु जातिय, भेगीय, लिङ्गीय र वर्गीय तथा मुख्य वर्गीय हो भन्ने कुरा निष्कर्ष निकालेको थियो । त्यसैले उत्पिडीत जातीय मोर्चा संगठीत र प्रशिक्षित गरी वर्ग संघर्षमा जोड्ने भन्ने हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले मिति २०५७ साल माघमा दोस्रो राष्ट्रिय सम्मेलन गरी नेतृत्व केन्द्रिकृतको नाममा प्रचण्डपथ जनयुद्ध रक्षाबाट अघि बडेको निश्कर्ष, दरवार हत्याकाण्ड पछि सर्ब पक्षीय गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधान सभाको निर्वाचन र गणतन्त्रको संस्थागत विकाश गर्ने भन्ने निर्णयले घोसित रुपमा चुनवाङ बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) महान् जनयुद्धको कार्यदिशाबाट  पछि हट्दै भारतको डिल्लिमा ७ दल सित मिलेर १२ बुँदे सहमती गरी महान् जनयुद्धको अन्त्य गरियो । नेपालमा महान् जनयुद्ध सचेततापूर्ण ढंगले सुरु गरिएको जनताको लागि नयाँ जनवादी क्रान्ति र महान् जनयुद्ध थियो, जनसमर्थनमा नेपालमा महान् जनयुद्ध मौलाईरहेको थियो । महान् जनयुद्धले आम नेपालीलाई बिद्रोह गर्न उत्साहित गरिरहेको थियो । सबै नेपालीले महान् जनयुद्धलाई सम्झिरहेका छन् आवश्यक परे फेरी त्याग गर्ने छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर