यस्तो छ नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

यस्तो छ नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१६ माघ, काठमाडौं । नेपालमा शुक्रबार (१६ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ६४ हजार ८१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३,२२१ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३ हजार २२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १२४९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १७७३ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १४७ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ४ बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा ३१ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १४७ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा ७ जना र लुम्बिनी प्रदेशमा ४ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा २७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा १११ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।
आज थपिएका २५७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । साथै आज ३३३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । आज थपिएका ५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२५ पुगेको छ । पछिल्ला २४ घण्टामा देशैभरी १५७ जनामा कोरोना संक्रमण, ३३३ जना निको, ५ जनाको मृत्यु भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशैभरी १५७ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । विगत केही दिनयता कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३,२२१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ८२ जनासहित देशैभरी १५७ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ५९ र पुरुष ९८ रहेका छन् । आज थपिएका १५७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १२४९ जना कोरोना संक्रमित होम संस्थागत आइसोलेशनमा रहेका छन् । जसमा प्रदेश १ मा ९, प्रदेश २ मा १, बागमती प्रदेशमा ८९२, गण्डकी प्रदेशमा ३६ लुम्बिनी प्रदेशमा २१३, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ९२ जना गरी १२४९ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा १७७३ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।