प्रा.डा. जगदीशचन्द्र भण्डारीका दुई कविता

प्रकाशित मिति : २०७७ माघ १६

लोकतन्त्रका नाउँमा

लोकतन्त्रका नाउँमा
शासन प्रशासन छ
राजा रानी जस्तै
राश्ट्रपति प्रधान छ
एउटा पुरानो
खिया लागेको
विभेदी नश्लीय
च्यातिन लागेको
झन्डा पनि छ
बर्सौंदेखि होइन
सयौं वर्ष देखि
त्यससँगै
जुधिरहेका छौं
लडिरहेका छौं
तर ऊ भने
दृश्य अदृश्य रूपमा
शोषण अन्याय दमन
गरि रहेको छ
मानिस हरुको
रगत पसिना
चपाइ रहेको छ
फेरि पनि हामी
उठिरहेका छौं
कथित लोकतन्त्रको
मुर्दाको शासन
खेपिरहेका छौं
यो मुर्दारलाई
सडेको फोहरलाई
बोकेर
युगयुगसम्म
हिंड्नु छैन हामीलाई
यो सिनोको दुर्गन्ध
सुँघिरहनु छैन
बालेर आगो
विद्रोहको
जलाउन बाल्न
कस्सिरहेका छौं
आउनुहोस्
भत्काऔं
यसका सबै
दर्प र अहंलाई

ॐ नमः नमः

ॐ नमः नमः नमः
हरि शिव शरणम्
महिषादि पूजनम्
क्रान्ति पथ चर्वण म

मार्क्सपथ त्रासदम्
लेनिनपथ दु:खदम्
माओवादम् कठिनम्
भग्नाशा हि जीवनम्

ईश्वरद्रोह पतनम्
आह्लादेव जीवनम्
रामकृष्ण स्तवनम्
स्नायु व्यवस्था गलितम्

दिव्य दृष्टि जाग्रतम्
रसायनम् घुलनम्
भ्रष्ट सहकारी कारणम्
भयरुग्ण सम्भूतम्

भोगमेव क्रीडनम्
सिद्धान्तेन निरतम्
मिथकीय रूपकम्
झटितिना व्यञ्जनम्

सुरुपवृत्ती धुमिलम्
कुरूपचित्त बर्धनम्
ईश्वरमेव कारणम्
विज्ञानवाद घातकम्