नवलपरासी १० माघ – नेकपा ( क्रान्तिकारी माओवादी ) जिल्ला संगठन समिति पश्चिम नवलपरासी अन्तरगत बर्दघाट नगर समितिको राजनैतिक बैचारिक प्रशिक्षण शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी चोलाले संसदवादीहरुबीच वर्तमान अवस्थामा रुवावासी चलेको उल्लेख गर्दै क्रान्तिकारीहरुबीच एकताको समय आएको बताए । उनले पार्टीका तात्कालिन नीति कार्यक्रम , कार्यदिशा र रणनैतिक योजना बारे प्रष्ट नभई जनतामा जान नसकिने भएकोले माक्र्सवादी अध्ययनलाई नेता कार्यकर्ताले जोड दिनुपर्ने बताए । उनले गाउगाउमा पुगेर जनसंगठन निर्माण गर्न पार्टी पंक्तिलाई आग्रह समेत गरे ।
कार्यक्रममा बिशेष अतिथि लुम्बिनी प्रदेश सदस्य तथा पूर्व जिल्ला सेक्रेटरी समेत रहेका नेता संकल्पले पार्टी नीति बुझ्नका लागि स्कुलिङ आवश्यक रहेको चर्चा गर्दै आफूले नीति नबुझे सम्म जनतालाई बुझाउन नसकिने बताए । संकल्पले बर्तमान राजनैतिक अवस्थामा संसदीय ब्यवस्था बिघटनतर्फ अगाडि बढेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य समरले पार्टीको राजनैतिक तथा सामारिक कार्यदिशामा बारे प्रशिक्षण दिर्दै राष्ट्रियता जनतन्त्र र जनजिविकाको रक्षाका लागि संर्घष गर्नुपर्ने बताए । उनले नयाँ जनवादी क्रान्ति हुदै बैज्ञानिक समाजवादमा जाने पार्टीको लक्ष्यमा सबै क्रान्तिकारीहरुबीच धुब्रीकरण हुने धारणा राखेका थिए ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष राजु प्रसाद खनाल, क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्य तथा नगर ईञ्चार्ज विवेक , पार्टी जिल्ला सल्लाहकार मुसाफिर अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपाल तमु मोर्चाका संयोजक खेम तमु, मगर मोर्चाका संयोजक गोबिन्द बहादुर साठीघरे,अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका जिल्ला संयोजक ज्ञानबहादुर केसीलगायतको आतिथ्यता थियो ।
त्यस्तै नेकपा ( क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समितिको बैठकले बिभिन्न कार्यबिभाजन समेत गरेको नगर सेक्रेटरी क्रान्तिले जनाए । बैठकले बर्दघाट नगरका वडाहरुको भेला गर्ने निर्णय लिएको सहसेक्रेटरी आकाशले बताए । उनका अनुसार वडा भेलाका लागि वडा १ मा संस्कृति २ मा गोबिन्द ४ मा सृष्टि १४ मा बसन्तलाई वडा सेक्रेटरीको जिम्मा दिइएको छ ।
त्यस्तै वडा १६ मा पुष्पको नेतृत्वमा वडा समिति गठन गरिएको छ । समितिको सेक्रेटरीमा पुष्प सदस्यहरुमा श्याम, अमरलागयत छन् । बैठकले सेल कमिटीहरुमा बैठकलाई तीब्र बनाउने र क्रान्तिकारी युवा लीगको जिल्ला भेलालाइ भब्य बनाउन सहयोग गर्ने निर्णय गरिएको छ ।
त्यस्तै नगरमा जनवर्गीय संगठन विस्तार गर्ने कार्यक्रम अनुसार अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) को नगर संयोजकमा बसन्ती चौधरीलाई जिम्मेवारी दिएको क्रान्तिकारी माओवादी बर्दघाट नगर समितिले जनाएको छ ।






























