नेता कार्यकर्ताहरुको गिरफ्तारीको विरोधमा आज प्रतिबन्धित नेकपाको नेपाल बन्द

नेता कार्यकर्ताहरुको गिरफ्तारीको विरोधमा आज प्रतिबन्धित नेकपाको नेपाल बन्द

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दकोे आव्हान गरेको छ । पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायत नेता कार्यकर्ताहरुको गिरफ्तारी र रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरेको हो ।
नेपाल बन्दको पूर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा सो पार्टीले मशाल जुलुस गरेको छ ।
पौष २९ गते नेता बास्तोला लगायतका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
नेता बास्तोलाको गिरफ्तारीको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण लगायत रणनीतिक संयुक्त मोर्चामा आवद्ध चार पार्टी र २३ दलीय कार्यगत एकताको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले समेत वक्तव्य निकालेर विरोध गर्नुका साथै विनाशर्त रिहाइको लागि जोडदार माग गर्नुभएको थियो ।