माहान बहस– ख्रुश्चेभको नव संशोधनवाद विरूद्ध माओको लडाई र माओवाद

माहान बहस– ख्रुश्चेभको नव संशोधनवाद विरूद्ध माओको लडाई र माओवाद


(अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी पक्षहरूको मार्गनिर्देशक विचारका रूपमा माओवादले अरू बढता स्विकृती पायो र यो माक्र्सवाद–लेनिनवादको एउटा वैज्ञानिक विकास पनि थियो, जसलाई वर्तमानमा माओवाद भनिन्छ )

१९५३मा, स्तालिनको मृत्युपछि, ख्रुश्चेभद्धारा नेतृत्व गरिएको पार्टीभित्रको एउटा संशोधनवादी गुटले कूँ ग¥यो, र सोभियत संघको कम्युनिस्ट पार्टीमाथि, अनि अन्तराष्ट्रिय सर्वहाराको नेतृत्वदायी पार्टीमाथि नियन्त्रण ग¥यो । तिनीहरूले पार्टीमा रहेका क्रान्तिकारीहरूलाई यात फयाके अथवा मारे, समाजवादको पहिलो भूमिमा पुँजीवादको पुनः स्थापनाको प्रक्रिया सुरू गरे र साम्राज्यवादी क्याम्प, खासगरी अमेरिकी साम्राज्यवादसित सम्वन्धको विकास गरे ।
१९५६सम्म सोभियत संघको कम्युनिस्ट पार्टीमाथि स्पष्ट नियन्त्रणपछि, सोभियत संघको कम्युनिस्ट पार्टीको विसौ कंग्रेसमा, तिनीहरूले उनीहरूका संशोधनवादी विषहरूलाई अन्य कम्युनिस्ट पार्टीहरू बीचमा फैलाउन सुरू गरे । तिनीहरूले एकैसाथ तथाकथित स्तालिन व्यक्तिवादी संस्कारमाथि आक्रमण गरे र तिन शान्तिपूर्णहरू– शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिष्पर्धा अवलम्वन गरे ।
शान्तिपूर्ण संक्रमण
शान्तिपूर्ण संक्रमणको अर्थ संसदीय व्यवस्थाद्धारा समाजवादतर्फको शान्तिपूर्ण संक्रमण हो । ख्रुश्चेभले प्रस्ताव राख्यो कि वर्तमान युगमा संसदमा शान्तिपूर्ण रूपले एउटा बहुमत विजयद्धारा समाजवाद प्राप्त गर्न सकिने सम्भावना थियो र अनि समाजवादमा ल्याउनलाई सुधारहरू गरेर ल्याउन सकिन्छ । उसले यसरी क्रान्तिको आवश्यकतालाई इन्कार ग¥यो । यो सिद्धान्त वर्नस्टिन र अन्य सामाजिक –प्रजातन्त्रवादीहरूको संशोधनवादको एउटा पुनरावृति थियो ।
शान्तिपूर्ण सहअस्तित्व
ख्रुश्चेभले समाजवादी राज्यको विदेश नीतिको जनरल लाइनको रूपमा भिन्नै सामाजिक प्रणाली भएका राज्यहरूबीच शान्तिपूर्ण सहअस्तित्व प्रस्ताव ग¥यो । उसले यसरी पुँजीवादी राज्यहरूसित शान्तिपूर्ण सहअस्तित्वको लेनिनको नीतिलाई तोडमरोड ग¥यो, जुन सर्वहारा अन्तराष्ट्रवादको समाजवादी राज्यको विदेश नीतिको केबल एउटा पक्षमात्रै थियो । ख्रुश्चेभले साम्राज्यवादसित शान्तिपूर्ण सहअस्तित्वलाई कायम राख्ने उसको इच्छाबमोजिम सबै अन्य चीजहरूलाई अधिन ग¥यो । उसले उत्पीडित राष्ट्रहरूको संघर्षलाई मद्तको नीति र अन्य समाजवादी देशहरूलाई सहयोग दिन र सम्वन्ध बनाउन साम्राज्यवादी शक्तिहरूसित शान्तिपूर्ण सहअस्तित्वको आवश्यकतामाथि आधारित बनायो । यो अरु केहि पनि थिएन,् केबल साम्राज्यवादसित साझेदारीको एउटा नीति थियो ।
शान्तिपूर्ण प्रतिष्पर्धा
शान्तिपूर्ण प्रतिष्पर्धा यो सिद्धान्त थियो कि पुँजीवाद र समाजवादबीच हुने अन्तरविरोध पुँजीवादी र समाजवादी प्रणालीबीच आर्थिक प्रतिष्पर्धामार्फत समाधान गरिने छ । यो सिद्धान्तले यसरी साम्राज्यवादको प्रतिक्रियावादी र युद्ध पिपासु चरित्रलाई स्विकार गर्न इन्कार ग¥यो । यसले भ्रम सृजना ग¥यो कि समाजवादी र साम्राज्यवादी क्याम्पबीचको अन्तरविरोध एउटा प्रतिरोधविहिन अन्तरविरोध थियो, जसलाई संघर्षको शान्तिपूर्ण रूपमार्फत समाधान गरिने छ ।
यसरी ख्रुश्चेभको तीन शान्तिपूर्णहरूको सिद्धान्त एउटा पुरै संशोधनवादी सिद्धान्त थियो, जसलाई उसले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमाथि जवर्जस्ती लाद्न चाहन्थ्यो । यो साम्राज्यवादसित नजिकको सम्वन्ध बनाउनतिर निर्देशित थियो । उसको योजना कार्यान्वयन गर्न र साम्राज्यवादी शक्तिहरूको प्रशम्सा र स्विकारोक्ति प्राप्त गर्न, ख्रुश्चेभले साथसाथै व्यक्ति विरोधको नाममा स्तालिनमाथि एउटा विषालु आक्रमण ग¥यो । क्रान्तिकारी सिद्धान्त जुन स्तालिनले खडा गरेका थिए र यसको लागि लडेका थिए त्यसलाई तोडन विश्वभरीका क्रान्तिकारीहरू र जनसमूहहरूबीच स्तालिनको व्यक्तित्वलाई ध्वस्त गर्नु ख्रुश्चेभका लागि पहिलो आवश्यकता थियो । यो काम अनावश्यक झुटहरू र फरेबहरू प्रचारप्रसारको एउटा अभियानमार्फत गर्न सकिन्थ्यो र ख्रुश्चेभले त्यही ग¥यो ।
विश्वका कम्युनिस्ट पार्टीहरूका घेरै नेतृत्वहरूले संशोधनवादी ख्रुश्चेभी लाइनको समर्थन गरे । घेरै विशिष्ट स्थापित नेताहरू र पार्टीहरूले उनीहरूका आफना देशहरूमा संशोधनवादी लाइन पहिला नै लिन सुरू गरिसकेका थिए । अमेरिकामा ब्रोउडरले समाजवाद र पुँजीवादवीच साझेदारीको सिद्धान्त पहिले नै ल्याइसकेको थियो र अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट बाहिर गइसकेको थियो । थोरेज, फ्रान्सबाट प्रतिनिधित्व गरेको तेस्रो अन्तराष्ट्रियको नेता, जसले फासिष्ट विरोधी मोर्चा अवधिमा पुँजीपतिहरूसित नजिकको सम्वन्ध विकास ग¥यो, युद्धपछिका वर्षहरूमा फ्रेन्च उपनिवेशहरूका जनताप्रति राष्ट्रिय निरंकुशतावादी पदहरू लिएको थियो र फ्रेन्च साम्राज्यवादी पुँजीपतिको एउटा नोकर बन्यो । त्यसैगरी इटलीको तोगलियाती, अर्को प्रमुख तेस्रो अन्तराष्ट्रियको नेता, पुँजीवादी संसदमार्फत ‘संरचनागत सुधार’मार्फत ‘सुधार’ र ‘पुनर्सरचना’द्वारा पुँजीवादलाई समाजवादमा लैजान चाहन्थ्यो; भारतीय कम्युनिष्ट पार्टी नेतृत्वले शान्तिपूर्ण मार्गलाई स्विकार गर्नलाई उनीहरूको कार्यनीतिक लाइन पहिले नै परिवर्तन गरिसकेका थिए । यसरी यी संशोधनवादी शक्तिहरू, जसलाई अघिल्ला अवस्थामा आवश्यकता बमोजिम आलोचना गरिएन र हराइएन, ख्रुश्चेभसित एकदमै खुशीसाथ साझेदारी गरे ।
जहाँ यद्धपि यस्ता पार्टीहरूले कुनै पनि गाम्भीर्यता विना निर्वाचन प्रणालीमार्फत ‘शान्तिपूर्ण संक्रमण’ कार्यान्वयन गर्ने कोशिस गरे र जहाँ यस्ता प्रयासहरूले समाजिक व्यवस्थामा खतरा भयो, तिनीहरूलाई ब्राजील(१९६४), इन्डोनेसिया(१९६५) र चीली(१९७३)जस्तै गरी सैनिक कूँ र जंगली उत्पीडन मार्फत हजारौ, लाखौ क्रान्तिकारी कम्युनिस्टहरुको निर्शम्स हत्या गरियो, खतम पारियो ।
भरखरै नयाँ बनेका जनताको जनतन्त्रहरू, युगोस्लाभियाको टिटोले नेतृत्व गरेको कम्युनिस्टहरूको लिग, ले १९४८बाट संशोधनवादी बाटो सुरू गरेको थियो , र सामाजवादी क्याम्प छाडिसकेको थियो । ख्रुश्चेभले त्यसैकारण उ सित मित्रता बनाउन छिटै सुरू ग¥यो । बाँकी रहेका सबैजसो नेतृत्वले पनि ख्रुश्चेभका अगाडि आत्मसमर्पण गरे । समाजवादी क्याम्पभित्र केबल चीनीयाँ कम्युनिष्ट पार्टी र अल्बानियाको लेबर पाटीर्ले मात्रै ख्रुश्चेभको संशोधनवादलाई पहिचान र अस्विकार ग¥यो र माक्र्सवाद–लेनिनवादको एउटा साहसी र प्रतिवद्धका साथ रक्षा ग¥यो ।
माओको निर्देशनमा चलेको चीनीयाँ कम्युनिष्ट पार्टी यो संघर्षको अग्रभागमा थियो । विसौ सोभियत पार्टी कंग्रेसको समापनको दुइ महिनाभित्रै चीनीयाँ कम्युनिष्ट पार्टीले सर्वहाराको अधिनायकत्वको ऐतिहासिक महत्वमाथि एउटा लेख प्रकाशित ग¥यो, जसले स्तालिनलाई एउटा उच्च र महान माक्र्सवादी–लेनिनवादीका रूपमा उच्च मूल्याङकन ग¥यो । यसको लगत्तै डिसेम्वर १९५६मा अर्को लेख सर्वहाराको अधिनायकत्वको ऐतिहासिक महत्वमाथि ज्यादा, प्रकाशित गरियो,जसले जोडदियो कि समाजवादी क्याम्पले उसका मित्रहरू र शत्रुहरू को हुन् स्पष्टसित छुटयाउनु पर्दछ । यो पार्टी फोरमहरूभित्र खासगरी १९५७मा ६०वटा भाइचारा पार्टीहरूको वैठकहरूमा र १९६०मा ८१वटा भाइचारा पार्टीहरूको वैठकहरूमा र सोभियत पार्टी नेतृत्वसितका बैठकहरूमा ख्रुश्चेभको संशोधनवादी लाइनसित संघर्षका लागि र त्यसलाई पराजित गर्न एउटा सात वर्षे लामो प्रयाससित यो जोडिएको थियो ।
जब संघर्ष पेचिलो हुदै गयो, जुन १९५९मा सोभियत संशोधनवादीहरूले रक्षाको क्षेत्रमा चीनलाई दिइएका प्राविधिक सहयोगबाट हात झिके, र जुलाई १९६०मा चीनमा काम गरिरहेका सबै सोभियत प्राविधिक विशेषज्ञहरूलाई एक्कासी फिर्ता गरे । अलबानियासित पनि त्यहि गरे । अप्रिल १९६०मा चीनीयाँ कम्युनिस्ट पार्टीले लेनिनवाद जिन्दावाद प्रकाशित ग¥यो र साम्राज्यवाद, युद्ध र शान्ति, सर्वहारा क्रान्ति र सर्वहाराको अधिनायकत्वमाथि लेनिनवादका आधारभूत सिद्धान्तहरूलाई उचा गर्दै दुई अरू लेखहरू प्रकाशित ग¥यो । यी लेखहरूले नाम उल्लेख नगरी सोभियत कम्युनिस्ट पार्टीको संशोधनवादी स्थितिहरूको विरोध ग¥यो ।
संशोधनवादीहरूले यद्धपि उनीहरूका संशोधनवादी स्थितिहरू अझ ज्यादा व्यवस्थित गर्ने उनीहरूका प्रयासहरूसित निरन्तरता दिए । यसरी १९६१मा आयोजना गरिएको सोभियत कम्युनिष्ट पार्टी को बाइसौ कंग्रेसमा स्विकृत गरिएको कार्यक्रमले माक्र्सवाद–लेनिनवादको मूल मर्मलाई मूलतः सर्वहारा क्रान्तिका सिकाइहरू, सर्वहाराको अधिनायकत्व र सर्वहाराको पार्टीमाथि संशोधन ग¥यो,। यसले घोषणा ग¥यो कि सोभियत संघमा सर्वहाराको अधिनायकत्व अब ज्यादा आवश्यक छैन् र कि सोभियत कम्युनिष्ट पार्टीको सर्वहाराको अग्रदस्ताका रूपमा परिवर्तन गरि सकिएको थियो । कंग्रेसले एउटा “सबै जनताको राज्य”को सिद्धान्त र “समग्र जनताको पार्टी”लाई पहिले नै हास्यप्रद तरिकाले स्विकृत गरिसकेको थियो । कंग्रेसमा ख्रुश्चेभले अल्बानीयन पार्टीमाथि खुल्ला र पब्लीक आक्रमण सुरू ग¥यो र यसको नेता एन्भर होक्जालाई सत्ताच्युत गर्नसमेत आव्हान ग¥यो । चाउ एन लाईले नेतृत्व गरेको चीनीयाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले यसको विरोध ग¥यो ।
ख्रुश्चेभले चीनीयाँ कम्युनिष्ट पार्टीमाथि खुल्ला आक्रमणका लागि सुरू गर्न अन्य कम्युनिष्ट पार्टीहरूलाई हौसला दिदै अभियाननै पनि चलायो । सोभियतसंघले अनगिन्ति लेखहरू प्रकाशित गरेर चीनीयँ नेतृत्वमाथि आक्रमण ग¥यो । चीनीयाँ कम्युनिष्ट पाटीले अन्त्यमा केहि आक्रमणहरूको उत्तर दिन सुरू ग¥यो । इटालियन पार्टीका तोगिलियात्ती, फ्रेन्च पार्टीका थारेज, अमेरिकी कम्युनिष्ट पार्टीका गस हल र अरूहरूका विभिन्न सिरिजमा सातवटा लेखहरू जुन १९६२को अन्त्य र १९६३को सुरूमा प्रकाशित गरिए ।
चीनीयाँ कम्युनिष्ट पार्टीका प्रमुख विचारहरूको एउटा सारम्श १९६३को जुन १४को प्रशिद्ध चीठिमा राखिएका थिए, जसको शिर्षक अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको जनरल लाइनसित सम्वन्धीत एउटा प्रस्ताव थियो । यसलाई सोभियत संघको कम्युनिष्ट पार्टीले चीनीयाँ कम्युनिष्ट पार्टीलाई एउटा खुल्ला चीठीद्धारा उत्तर दियो । समग्र सवाल अब खुल्ला रूपमा बाहिर आइसकेकोले, चीनीयाँ कम्युनिष्ट पाटीले पनि बहसलाई खुल्ला प्रेसमार्फत सञ्चालन गर्ने निर्णय ग¥यो । यसले सोभियत संघको कम्युनिष्ट पाटीको खुल्ला चीठीमाथि नौ वटा आलोचनाहरू बाहिर ल्यायो र जनसमूहका अगाडि सबै सवालहरूलाई स्पष्ट बनायो ।
यो संघर्ष, जुन १९६३मा खुल्ला रूपमा आयो र १९६४भरी निरन्तर रहयो, जो पछि गएर महान् बहसका रूपमा प्रशिद्ध बन्यो । यो महान् बहस अति नै ऐतिहासिक महत्वको थियो । यो आधुनिक संशोधनवाद विरूद्ध एउटा सैद्धान्तिक र विस्तृत संघर्ष थियो । यसले विश्वभरीका सबै सर्वहारा क्रान्तिकारी शक्तिहरूका लागि विश्वास प्रदान गर्ने ग¥यो । यो माक्र्सवाद–लेनिनवादको एउटा वैज्ञानिक विकास पनि थियो, जसले त्यो अवधिका लागि अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यसको क्रान्तिकारी जनरल लाइन दियो । यो संघर्षको पछाडिको चालक शक्ति माओ नै थिए । यहि महान बहसमार्फत माओले अन्तराष्ट्रिय सर्वहारा अगाडि सबभन्दा महत्वपूर्ण प्रश्नहरूका उत्तर दिएर माक्र्सवाद–लेनिनवादको विज्ञानलाई विकसित गरे– विश्वमा आधारभूत अन्तरविरोधहरू, को मित्रहरू र को शत्रुहरू हुन्, आन्दोलनको लक्ष्यहरू, र विश्व समाजवादी क्रान्तिको विजय प्राप्त गर्नका लागि मार्ग आदि थिए । यी मान्यताहरू जुन १४, १९६३को चीठीमा प्रमुख रूपले राखिएको थियो । दोस्रो विश्व युद्धपछि अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनले सामना गरिरहेका विभिन्न गम्भीर सवालहरू–नव–संशोधनवाद, युद्ध र शान्ति, शान्तिपूर्ण सहअस्तित्व, युगोस्लाभिया, ख्रुश्चेभको संशोधनवाद र त्यसबाट झिकिएका ऐतिहासिक पाठहरूमाथि नौवटा आलोचनाहरूले क्रान्तिकारी स्थितिहरूलाई निश्चित र वर्णनात्मक ग¥यो । यो त्यहि महान बहसमार्फत माओवादले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी पक्षहरूको मार्गनिर्देशक विचारका रूपमा अरू बढता स्विकृती पायो ।
singhhukum683@gmail.com