१२८ औं माओ दिवसको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी) माडी इलाकाको आयोजनामा आज केपी ओलीको प्रतिगामी कदम र दलाल संसदीय व्यवस्थाको अन्त्यको लागि माडीको वसन्तपुर बजारमा विरोध सभा सम्पन्न भयो । विरोध सभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी०) का केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज विकासले विचार दर्शन र व्यवहारमा माओवाद छोडेर जनताप्रति गद्दारी गर्दा आज देशमा संकट पैदा भएको वताउदै यो संकटको समाधान गर्न नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने बताउनु भयो । वर्तमान दलाल संसदीय व्यवस्थाको औचित्य समाप्त भएको बताउँदै नेता विकासले त्यसको विकल्पमा संघीय जनगणतन्त्र आजको आवश्यकता भएको बताउनु भयो । सोहि कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी अशोक शर्माले वर्तमान दलाल संसदीय व्यवस्था र संविधान संसदवादीहरुले नै नमानेको अवस्थामा जनताले मान्न बाध्य नहुने बताउदै अब नयाँ जनवादी क्रान्ति मार्फत संघीय जनगणतन्त्र स्थापना गर्दै अग्रगामी राजनीतिक रुपान्तरण आवश्यक भएको बताउनु भयो । उहाँले संघीय जनगणतन्त्रका लागि सडक विद्रोहीको आवस्यक भएको हुनाले त्यसको नेतृत्व क्रान्तिकारी माओवादीले गर्ने बताउँदै यसमा सामेल हुन जनसमुदायमा अपिल अर्नु भयो । ओली सरकारका तमाम राष्ट्रघाती जनघाती तथा पश्चगामी हर्कत विरुद्ध चर्का नारा जुलुस सहित सम्पन्न कार्यक्रम देशभक्त जनगणतान्त्रि मोर्चा, नेपाल चितवनका कोषाध्यक्ष तथा माडी इलाका संयोजक चन्द्र प्रकाश सुवेदीले गर्नु भएको थियो । सडक संघर्षरत नेकपा (क्रान्तिकारी माओवादी) चितवनले आगामी १४ गते हुने जिल्ला समितिको पुर्ण बैठकवाट थप संघर्षका कार्यक्रम तय गर्ने जिल्ला सेक्रेटरी अशोक शर्माले हामीलाई जानकारी गराउनु भयो ।