सहिद मित्रमणी आचार्यका हत्यारा माकेद्वारा पुरस्कृत
काठमाडौ । सहिद मित्रमणि आचार्यका हत्यारा तत्कालीन नेविसंघका कार्यकर्ता डा भार्गव धिताललाई कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिन बनाइ पुरस्कृत गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत तत्कालीन माकेको कोटाबाट धिताल नियुक्त भएका हुन् । सिफारिस समितिमा माकेकै चन्द्रमणी पौडेल रहेका थिए। माकेको प्राध्यापक सङ्गठनले उनलाई बनाएको हो । धितालको नियुक्तिमा पैसाको चलखेल भएको र प्रचण्डसम्म पुगेको स्राेतकाे दाबी छ । धितालकाे नियुक्ति सहिद र बलिदानमाथिकाे घाेर अपमान हाे भन्दै त्रिविभित्र विराेध समेत भइरहेकाे स्राेतले बतायाे । त्रिभुवन विश्वविद्यालय भित्र अहिले याे चर्चाको विषय बनेको छ।





























