पौष ९ गते नारायणगढ चितवन । नेकपा(क्रान्तिकारी माओवादी)चितवनको आयोजनामा आज चितवनको नाराणगढ पुलचोकमा विरोध कार्यक्रमको आयोजना गरियो । उक्त विरो कार्यक्रममा संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र भन्ने मूल नाराका साथ सम्पन्न गरियो । केपी ओलीको प्रतिगामी सम्वैधानिक ‘कू’का विरुद्धमा उक्त विरोध कार्यक्रम आयोजना गरिएको थियो ।


विरोध कार्यक्रममा बोल्ने वक्ताहरुले तथाकथित कम्युनिस्ट सरकारका कारण देश अहिले संकटपूर्ण अवस्थामा पुगेको छ । जनताले दुई तीहाइको मतद्धारा नेकपा(नेकपा) पार्टीलाई सरकार बनाउने अवसर दिए तर संसदीय व्यवस्थाको असफलताका कारण अहिलेको अवस्था आएको छ र अब अरवौ खर्च गरेर संसदको नीर्वाचन होइन देशले संसदीय व्यवस्थाको विकल्प खोजेको छ र त्यो विकलप भनेको जनगणतन्त्रको स्थापना हो र अनिमात्र देश र जनता सुखी र समृद्ध हुने छ भन्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर