२१ डिसेम्वर(यो साल नेपाली पात्रोअनुसार पौष ६ गते) विश्व सर्वहारावर्गका सच्चा नेता, लेनिनका एक असल सच्चा शिष्य, सोभियत समाजवादी गणतन्त्रका स्रष्टा र विश्व साम्राज्यवाद र संशोधनवादीहरुका लागि मुटुको किला, स्तालिन अन्तराष्ट्रिय सर्वहारावर्गको मुक्तिका लागि एउटा इमान्दार र सच्चा सफल योद्धा हुन । उनको यही २१ डिसेमवर २०२०का दिन विश्वभर अहिले १४१औं स्तालिन जयन्ती मनाइएको छ । यही सन्दर्भमा यो लेख लेख्ने प्रयास गरिएको छ ।
स्तालिनको सुरू जीवनी र क्रान्तिकारी योगदानहरू
स्तालिन (अर्थ स्टिलको मान्छे), जोसेफ, भिसारियोनोभिच, जुगसभिलीजस्ता धेरै पार्टी नामबाट निकै लोकपृय थिए, जो २१ डिसेम्वर १८७९मा जर्जीयाको एउटा सानो नगरीमा जन्मीएका थिए । जर्जीया त्यसवेला रसियन साम्राज्यभित्र एउटा उत्पीडित राष्ट्र थियो । जो आज एउटा स्वतन्त्र देश भएको छ । उनका मातापिता गरीब थिए र लेखपढगर्न नसक्ने पूर्खौली कृषि दासहरूथिए । उनका बाउ, उनको जमिन्दारको दासताबाट छुटकारा गरिएको केहि वर्षपछि उनी, १८७५मा ककेशसको राजधानी तिफ्लिस नजिकैको एउटा गाउँबाट बसाइ सरेका थिए । तिफ्लिस ककेशसको राजधानी थियो जो रसियन साम्राज्यको एउटा पिछडिएको क्षेत्र थियो । यो जर्जीया र अन्य धेरै उत्पीडित नेश्नलिटिज(जाति)को घर थियो । उनले गोरीमा जो एउटा जिल्ला नगरबराबरको थियो, त्यहाँ एउटा सानो जुत्ता बनाउने पसल राखे । उनले यद्धपि धेरै कमाउन सकेनन्, उनको श्रीमति र छोरालाई गोरीमै छाडेर तिफ्लिसमा रहेको एउटा जुत्ता कारखानामा कामका लागि गए जहाँ उनी १८९०मा उनको मृत्यु भयो ।
स्तालिनका बाउले घरका लागि खासै योगदान दिन नसकेकाले, उनकी आमा, एकातेरिनाले नै उनको बालककालदेखि ठूलो हुँदासम्म हेरचाहा गरिन र उनले लुगाधुने महिलाको रूपमा घण्टौ काम गर्दथिन र यो नै उनको कमाई थियो, जसले उनको घरको सवै खर्चहरू तिर्ने गर्दथिन । स्तालिनभन्दा पहिले उनका तीन जना वच्चाहरू थिए, जो सबै जन्मेपछि मरेका थिए । स्तालिन मात्रै उनको वचेको छोरा थिए । जसलाई उनले एउटा सही शिक्षा दिन सबै प्रयासहरू गरिन् । उनको गरीबीका वावजुद उनले उनको छोरालाई काममा पठाइनन् । उनले स्तालिनलाई नौ वर्षको उमेरमा स्थानीय चर्च स्कुलमा पठाइन् । उनी आफैले पनि बुढयौली उमेरमा पढन र लेख्न सिक्नका लागि प्रसस्त प्रयास खर्च गरिन् । यसरी एकातेरिना श्रमिक जनताको लागि स्थिर र कटिवद्धकी एउटा सम्झना योग्य उदाहरण थिइन् ।
स्तालिनले व्यक्तिगत रूपले उनका सुरू बचपनदेखि नै गरीबी अनुभव गरेका थिए । उनको घर दुईवटा कोठा भएको एकदमै सानो थियो, जसलाई दोकान, कार्यशाला र घरको रूपमा प्रयोग गरिन्थ्यो । यद्धपि स्तालिन बलिया र कडा स्वभावका थिए । उनी ६ वा ७ वर्षको उमेरमा दादुराको विमारीका कारण सिकिस्त बने र उनको अनुहारमा जीवनभरका लागि दादुराका दागहरू छोडेको थियो । उनको रक्त संक्रमणका कारण उनले झण्डै मृत्युको मुखमा पुगे र उनको बायाँ हात सधैका लागि अपांग बन्यो ।
गोरी स्कुलको उनको पाँच वर्षको दौरानमा,स्तालिन उनको वुद्धिमता र उनको असिमित सम्झना सक्ने क्षेमताका लागि प्रसिद्ध थिए । यहि नै स्तालिन पहिलो पटक जातीवादी विचारहरूसित सम्पर्कमा आएका थिए र धर्मका विरोधी रहे । उनले कबिता लेख्न सुरू गरे र उनी आफै पनि जर्जीयन साहित्य र कविताबाट प्रभावित थिए, जसमा बलियो राष्ट्रवादी प्रवृतिहरू थिए । यीनै वर्षहरू थिए, जसले स्तालिनलाई उनका जनतामाथिको उत्पीडनका विरूद्ध र सामाजिक अन्यायका विरूद्ध लडनका लागि बलियो अनुभूतिहरू भर्न सक्यो ।
उनको गरीबीका कारण स्तालिनका लागि यो असम्भव भएको थियो कि उनी उच्च शिक्षाका लागि जाउन । यद्धपि उनलाई स्कुलका प्रध्यापक र स्थानीय पुजारीले छात्रवृतिका लागि सबैभन्दा असल विद्यार्थी‘का रूपमा सिफारिस गरिएका थिए । यसले उनलाई ककेशसमा उच्च सिकाइका लागि एकदमै ख्यातीप्राप्त संस्थामा अक्टोवर १८९४मा उनको पढाइलाई निरन्तरता दिन सम्भव बनायो । यो तिफ्लिसमा भएको इश्वर मिमांसा सम्वन्धी पाठशाला(सेमिनारी) थियो । यो भनेको एउटा कलेज जहाँ क्रिष्चियन पृष्ट हुनका लागि तालिम र प्रशिक्षण दिने गरिन्थ्यो । स्तालिनको तिफ्लिस सेमिनारीको ५ वर्षहरू संकटपूर्ण अवधिका वर्षहरू थिए जब उनी एउटा माक्र्सवादी बने ।
जर्जीया, स्तालिनको युवा समयमा उथलपुथलको एउटा नियिमित राज्यमा पर्दथ्यो । उथलपुथलको स्रोतहरूमध्ये एक किसानवर्गको विद्रोहात्मक मानसिकता थियो, जहाँ भूदासप्रथाको उन्मूलन ढिलो गराइएको थियो, रसियामा उन्मूलन भइसकेपछि समेत यहाँ उन्मूलन गरिएको थिएन् । अन्य स्रोतमा रसियाबाट क्रान्तिकारी विचारहरूको लगातारको बहाव थियो । यो यसकारणले थियो कि जारशाही सरकारले उसका घेरै विद्रोहीहरू र पुँजीवादी क्रान्तिकारिहरूलाई ककेशसमा निर्वासित गर्नुृको एउटा लामो इतिहास थियो । पछि गएर ती निर्वासितहरूमा माक्र्सवादी कार्यकर्ता क्रान्तिकारीहरू (जस्तै कालीनिन–सोभियत संघको भावी राष्ट्रपति र एल्लीलुयभ, बोल्सेविक संगठनकर्ता र पछि स्तालिनका ससुरा पनि थिए) बने ।
तिफ्लिस सेमिनारी उथलपुथलको यस्तो एउटा केन्द्र थियो । यो स्थानीय जासुसहरूको उत्पादन गर्ने एउटा उत्पादन भूमि थियो र जारका विरोधीहरूका लागि एउटा प्रमुख केन्द्र पनि थियो । १८९३मा स्तालिनले सेमिनारी भर्ना हुनुभन्दा ठिक एकवर्ष पहिले त्यहाँ एउटा हडताल भएको थियो । जसका कारण ८७ जना विद्यार्थीलाई निष्कासन गरिएको थियो । हडतालका प्रमुख नेताहरू पछि गएर प्रोमिनेण्ट माक्र्सवादी र क्रान्तिाकारी बने । ती नेताहरू मध्ये एक जना केट्सकोभेली, पनि स्तालिनको गोरी स्कुलमा थिए, केबल उनीभन्दा तीन वर्ष जेठा थिए । उनी छिट्टै स्तालिनका राजनीतिक विश्वासिलो सल्लाहकार बने ।
स्तालिनले, पहिलो वर्षमा आफूलाई सबै खालका रेडिकल साहित्यको पढाइमा डुवाए । यो काम उनले गोप्य रूपले गर्नु पर्दथ्यो किनभने सेमिनारीमा गैर धर्मीक र राजनीतिक प्रकृतिका बहुसंख्यक किताबहरूलाई कडाइका साथ प्रतिवन्धित थिए । उनका कविता, रेडिकल र राजनीतिक प्रकृतिका लेखहरू बहुसंख्यक अर्को नाममा पहिलो पटक प्रकाशित गरियो । यो त्यही समय पनि थियो जब स्तालिन १५ वर्षको जवानीमा गोप्य माक्र्सवादी अध्ययन सर्कलहरूसित सम्पर्कमा आए । छिट्टै स्तालिन सेमिनारी अधिकारीहरूको नजरमा परेर वन्देज गरिएका साहित्य पढयो भनेर उनलाई दण्डित गरिने सेलमा समेत पठाइयो । यसैको सेरोफेरोमा उनले सेमिनारीभित्रै एउटा गुप्त डिबेटिंग सर्कलमा सम्मिलित भए । यसले अझ बढता उनका कृयाकलापहरूलाई बढायो , जसले सेमिनारी अधिकारीसित अझ ज्यादा विवादमा ल्यायो ।
अगस्त १८९८मा, जब उनी अठारवर्षका थिए मेसामे डासी(अर्थ तेस्रो समूह)मा जोडिए । जर्जीयामा समाजवादीहरूको पहिलो समूह जसका नेताहरू पछि गएर प्रख्यात मेन्सेविकहरू बने । पछि स्तालिनले भन्ने गर्दथे, “म मेरो सामाजिक स्थितिका कारणले एउटा माक्र्सवादी बने । मेरा बाउ एउटा जुत्ता कारखानामा एउटा मजदुर थिए र मेरी आमा पनि एउटी श्रमिक महिला थिइन् । तर पनि सेमिनारीमा म माथि गरिएका अनगिन्ति सहनै नसकिने र क्रिष्टीयन धार्मिक अनुशासनका कठिन अमानवीय दमनका कारण र त्यो वातावरण जहाँ मैले बस्नु प¥यो,त्यसले मलाई मेरो घाटी घाटीसम्म जारशाहीका दमन विरूद्ध घृणा जगायो । ” तिफ्लिस शहरमा सेमिनारी बाहिर, यो अवधिमा मजदुरहरू हडतालमा थिए । यी वर्षहरू ककेशसमा पहिलो पटक हडतालहरू देखिए । जतिसक्दो स्तालिनले मेसामे डासी(अर्थ तेस्रो समूह)मा जोडिए, उनलाई केहि मजदुरहरूका अध्ययन केन्द्रहरू सञ्चालनको जिम्मा दिइयो । यसलाई उनले सेमिनारीबाट बचाएको छोटो समयको समयमा मजदुरहरूका झुपडीहरूमा गोप्य वैठकहरू आयोजना गरेर गर्दथे । सोही समयमा सेमिनारी अधिकारीहरूले स्तालिनलाई कारवाही गर्ने एउटा मौकाको पर्खाइमा थिए । अन्त्यमा १८९९ मेमा उनलाई उनको परिक्षाहरूका लागि उपस्थिति नभएको भन्दै सेमिनारीबाट निष्काशित गरियो ।
सेमिनारीको निष्काशनले तै पनि स्तालिनको क्रान्तिकारी कृयाकलापहरूमा खासै परिवर्तन देखिएन । गोरीमा आफ्नी आमा सितको छोटो बसाइपछि, उनी तिफ्लिस फर्के, मजदुरका बीचमा रहदा वस्दा उनले तीनिहरूलाई संगठित गर्ने र प्रशिक्षित गर्ने गरे । १८९९को डिसेम्वरमा उनले तिफ्लिस जिओफिजिकल अब्जरभेटरीसित एक जना कलर्कको रूपमा एउटा काम लिए । यो काममा यद्धपि कम तलब थियो, छोटो समयको थियो र जारशाहीका गुप्त पुलिसबाट बचाउन यसले उनका लागि एउटा कभरको काम गर्दथ्यो ।
यो पर्दामूनी स्तालिनले आफ्ना कृयाकलापहरूलाई निरन्तर फैलाउँदै लगे । अर्को वर्ष १९००मा ककेशसमा भएको पहिलो मे दिवसलाई संगठित गरेर भाषण पनि दिए । जारशाहीको दमनले गर्दा यो ५०० जनाको बैठक शहरमा गर्ने भनेको नसकि तिफ्लिसमाथिको पाहाडमा गरियो । यो वैठक एउटा उत्साहप्रद घटना थियो, जसले पछिल्ला महिनाहरूमा कारखानाहरू र रेलवेहरूमा हडतालहरूको नेतृत्व ग¥यो । स्तालिन एक जना प्रमुख संगठनकर्ता थिए । अर्को वर्षको मे दिवसलाई प्रदर्शनका रूपमा तिफ्लिसको मध्यभागमा खुल्ला रूपमा गरिने निर्णय गरियो तर १९०१को मार्चमा नै प्रमुख नेताहरूलाई गिरफ्तार गरियो । स्तालिनको कोठामा पनि छापा मारियो तर उनी त्यहाँबाट उम्कन सफल भए । त्यो दिनदेखि पछि १९१७मा भएको क्रान्तिको सफलतासम्म स्तालिनले एउटा भूमिगत प्रोफेशनल क्रान्तिकारीको जीवन विताए । उनको पहिलो काम संगठनको नेतृत्व लिनु थियो र अगाडि बढनु थियो र प्रमुख नेताहरूको कमिका वावजुद मे दिवसको उत्सवलाई संगठित गर्नु थियो । यो काम उनले सफलतापूर्वक पुरा गरे, र पुलिसद्धारा गिरफ्तार र हिंसात्मक आक्रमणका वावजुद एउटा ऐतिहासिक २००० जनाको कडा प्रदर्शन आयोजना भइ छाडयो ।
समाजवादी संगठनमा स्तालिनका यी पहिला वर्षहरू अर्थवाद र अन्य सवालहरूमाथि गहन बहसका दिनहरू थिए । जर्जीयन संगठनभित्र, स्तालिनले सधैभरी अवसरवादीहरूको विरोध गरे र वामपन्थी पक्ष सित खडा भए । जब इष्क्राको सुरूवात भयो, स्तालिनको समूह तिफ्लिसमा यसलाई वितरण गर्न र यसका उत्साही समर्थकहरू बन्न , बनाउन पहिलो भयो । तिनीहरूले छिट्टै १९०१ सेप्टेम्वरमा जर्जीयन भाषामा एउटा गैर कानुनी पत्रिका ब्रडजोला(अर्थ–संघर्ष)को सुरूवात गरे । स्तालिन जो यसको यसमा घेरै लेखहरू लेखेर प्रमुख लेखकहरूमध्ये एक थिए, आधारभूत रूपले इष्क्रा लाइनलाई उठाइरहेका थिए । उनको खासगरी महत्व राख्ने एउटा विस्तृत लेख –रसियन सामाजिक प्रजातान्त्रिक पार्टी र यसको तत्कालका कामहरू भन्ने लेख डिसेम्वर १९०१मा प्रकाशित भएको थियो ।
नोभेम्वर १९०१मा, स्तालिन तिफ्लिसको सामाजिक–प्रजातान्त्रिक समितिका लागि चुनिएका थिए, जो समूह ककेशसका लागि प्रभावकारी नेतृत्वदायी अंग थियो । उनलाई तुरून्तै बातुम पठाइयो जो २५ हजार जनसंख्या भएको एउटा नगर थियो, जो तेल उद्योगको एउटा नयाँ केन्द्र थियो र जसलाई तेल पाइपलाइनद्धारा ठूलो र पुरानो तेल नगर बाकुसित जोडिएको थियो । उनले तुरून्तै त्यहाँ एउटा नयाँ वर्षको पार्टीको नाममा एउटा नगर समिति गठन गरे । उनले आफू जहाँ बसिरहेका थिए, त्यहीको एउटा कोठामा गोप्य प्रेस स्थापना गरे । घेरै पर्चाहरू प्रकाशित गरिए, जसले मजदुरहरूका संघर्षलाई छिट्टै नेतृत्व ग¥यो । यस्तै एउटा संघर्षका दौरानमा पुलिस फाएरिंग समेत भयो, जसमा १५ जना मजदुरहरू मारिए । यी सबै कृयाकलापहरू स्थानीय समाजवादीहरूको विरोधका वावजुद गरिएका थिए, जो पछि गएर मेन्सेविक वने । अन्त्यमा बातुममा साढे चार महिनाको बसाइपछि स्तालिनलाई अप्रिल १९०२मा एउटा गोप्य बातुम समितिको वैठकबाट गिरफ्तार गरियो । गोप्य प्रेस चाही गोप्य नै रहयो । त्यो त्यही बातुम अवधि थियो जुन वेलामा स्तालिनले आफ्ना धेरै पार्टी नामहरूमध्ये छानेका थिए, जसले उनलाई ककेशसमा काम गरिहदा धेरै वर्षका लागि उनी प्रशिद्ध वनिरहे । त्यो नाम कोबा थियो, जसको अर्थ टर्किस भाषामा जिद्दी अथवा जित्न नसकिने हुन्छ, र स्तालिनले आफ्नो युवा उमेरको समयमा लेखेको एउटा मनपर्ने कविताको एउटा जनताको हिरोकोे नाम थियो ।
स्तालिनले डेढ वर्षजति विभिन्न जेलहरूमा विताए । जेलमा उनले एउटा कडा अनुशासन कायम राखे । विहानै उठने, कडा परिश्रम गर्ने, धेरै पढने, र वन्दी कम्युनमा उनी जेलभित्रका एक जना प्रमुख वक्ता थिए । उनी एउटा धैर्यवान, सचेत, र सहयोगी कमरेडका रूपमा प्रख्यात थिए । उनको जेल अवधि पछि जव उनका विरूद्ध कुनै अपराध सावित हुन सकेन उनलाई अझै पनि नोभेम्वर १९०३मा पुर्वी साइवेरियामा निर्वासनमा पठाइयो । जेलमा रहदा, उनी मार्च १९०३मा नयाँ गठित सामाजिक प्रजातान्त्रिक समूहको अखिल–ककेशियन फेडरेशनको कार्यकारिणीमा निर्वाचित गरिए । किनभने एउटा जेलमा वन्दी भएको वन्दी कमरेड एउटा समितिमा निर्वाचित हुने भनेको यो अति नै दुर्लभ हो, यो कार्यले ककेशियन संगठनमा स्तालिनको महत्व कति रहेछ भन्ने एउटा विचार दिन्छ । स्तालिनको साइवेरियाको नजरवन्दी त्यही वेलामा भयो जुन वेला रसियन–जापनिज युद्धको तयारी हुँदै थियो । स्तालिन र उनका कमरेडहरूले साइवेरियामा आएको लगत्तै उम्कीने प्रयास गरे र जनवरी १९०४को अन्त्यतीरै उनी तिफ्लिस फर्के ।
स्तालिन फर्केको लगत्तै उनलाई बोल्सेविकहरू र मेन्सेविकहरूबीच विभाजनतर्फ लैजाने सवालमा पक्षलीन भनियो । ककेशसमा समाजवादीहरूको बहुमत मेन्सेविकहरूको थियो र धेरै बोल्सेविकहरू समेत सम्झौता(कम्प्रोमाइज) गर्न पर्दछ भन्नेमा थिए । मेन्सेविकहरूका लागि यो विशाल बहुमतका वावजुद, स्तालिनले तुरून्तै लेनिन र बोल्सेविकहरूको पक्षमा अडान लिए । उनले जर्जीयन पार्टी प्रेसमा बोल्सेविक लाइनको जोडदार समर्थनमा लेखहरू लेख्न सुरू गरे । उनको पहिलो लेखमा उनले लेखेकि पार्टी भनेको “नेताहरूको मिलिटेण्ट समूह” हो र “एउटा स्थिर केन्द्रीकृत संगठन हुनै पर्दछ ।” उनका राजनीतिक सवालमा देखिएको स्पष्ट पोजिसनले उनलाई लेनिनसितको सम्पर्कभित्र ल्यायो जसले विदेशबाट, स्तालिनका लेखहरूका कपिहरूका लागि माग गर्दथे । मेन्सेविकहरूसितको उनको वैचारिक लडाइका साथै, स्तालिन त्यही समयमा, क्रान्तिकारी संघर्षहरूमा गहिरो गरी संलग्न थिए, जुन १९०५ क्रान्तिको भागका रूपमा देशभरी निर्माण भइरहेको थियो । स्तालिनको केन्द्र ककेशस थियो ।
मजदुरहरूका हडताल संगठित गर्ने काममा सहभागी हुँदै गर्दा स्तालिनले तुरून्तै बोल्सेविकको सशस्त्र विद्रोहका लागि तयारीका निम्ति गरेको आव्हानलाई प्रयोगमा ल्याउने काम सुरू गरे । उनी ककेशसमा सैनिक संगठनको प्रमुख संगठनकर्ता, सुरूवात कर्ता र निर्देशक बने । विष्फोटकहरूको एउटा प्रभावकारी र गुप्त प्रयोगशाला स्थापना पनि गरियो । संघर्षमार्फत कैयौको संख्यामा लडाकु दलहरूको गठन गरियो । तिनीहरूले अनगिन्ति विद्रोहहरूमा, शासकवर्गका गुण्डा ग्याङहरूमाथि आक्रमणहरूमा र किसान गुरिल्लाहरूसित सम्पर्क राख्नमा भाग लिए । क्रान्तिको जनमत तलतीर गइरहेको पछिल्लो अवधिमा, जब पार्टीले गम्भीर आर्थिक संकटको सामना ग¥यो, सबैभन्दा राम्रा लडाकु दलहरूका केहीलाई मोनी एक्सनको अति र प्रमुख आवश्यकताका लागि उपयोग गरियो । स्तालिनले पार्टीको यो ज्यादै गोप्य प्राविधिक शाखालाई निर्माण गर्न र निर्देशन गर्न प्रमुख भूमिका खेले । उनले यो अवधिमा विद्रोह सम्वन्धी माक्र्सवादी पद्धति वर्णन गरेर लेखहरू लेखे ।
डिसेम्वर १९०५मा, स्तालिनले बोल्सेविकहरूको पहिलो अखिल–रसिया कन्फरेशनमा भाग लिए, जहाँ मेन्सेविकहरूसित एकता बनाउनका लागि निर्णय गरिएको थियो । यहि समयमा नै उनले पहिलो पटक लेनिनलाई भेटेका थिए । उनले अप्रिल १९०६को एकता कंग्रेसमा पनि भाग लिएका थिए जहाँ उनी मात्रै ककेशसबाट एक जना बोल्सेविक थिए, जसले १९०७को कंग्रेसमा भाग लिएका थिए । दुवै कंग्रेसहरूमा छलफलको एउटा विषय मेन्सेविकहरू र ट्रट्स्कीद्धारा प्रस्तुत सशस्त्र कार्यहरू र मोनी एक्सनमाथि वन्देजका लागि आव्हान गर्दै प्रस्तुत गरिएका थिए । यद्धपि ककेशसले १९०५देखि १९०८का बीचमा लगभग ११५०वटा त्यस्ता कार्यहरू सम्पन्न गरेको थियो ।
१९०७को अन्त्यतिर स्तालिन बाकु समितिमा निर्वाचित गरिए । यो तेलको धनी नगर जहाँ ५० हजार मजदुरहरू विभिन्न जाति(नेश्नलिटिज) र धर्मका मजदुरहरू अनेकौ शोषणको सामना गरिहेका थिए । स्तालिनले छिट्टै मजदुरहरूलाई एकतावद्ध गरे, जो स्टोलिपिन प्रतिक्रियाको अध्यारो अवधिभरी संघर्षको एउटा मात्रै केन्द्रमा विकास भयो । एउटा नयाँ परिचय स्थापित गर्दै उनले शहरको मुश्लिम भागमा आफ्ना लागि वस्ने ठाउँ र एउटा गोप्य प्रेस स्थापना गरे । यहि समयमा स्तालिनले रसियन भाषामा पहिलो पटक लेख्न सुरू गरे । १९०८मा स्तालिन गिरफ्तार गरिए तर जेलभित्रैबाट लेखहरू लेख्न र पार्टीलाई मार्गनिर्देश गर्ने कृयाकलापहरूलाई निरन्तरता दिए । १९०९मा उनलाई फेरी नजरवन्द गरियो । तर फेरी चार महिनाभित्रै जेल तोडेर भाग्न सफल भए ।
स्तालिन सेन्ट पिटसवर्ग हुँदै फर्के र राजधानीमा पार्टी हेडक्वार्टरको अव्यवस्थित अवस्था देखे । बाकु फर्कने क्रममा राज्यको कार्यहरूवारे कडा लेख लेखे र रसियाबाट एउटा अखिल–रसिया पत्रिका प्रकाशनका लागि आव्हान गरे । उनले पछि गएर रसियामा प्रयोगात्मक निर्देशित केन्द्रका लागि स्थान्तरण गरिनुका लागि आव्हान गरे । बाकुमा लगातार कामको धेरै महिनापछि र विदेश पार्टीका मुखपत्रका लागि लेखहरू लेख्दै गर्दा मार्च १९१०मा स्तालिन फेरी गिरफ्तार गरिए । जेलमा केही महिनापछि उनलाई फेरी नजरवन्दका लागि वेनिस लगियो जहाँ उनी १९११ जुनसम्म रहे । यो समय उनलाई ककेशस फर्कनका लागि वन्देज भएकाले अथवा अन्य कुनै ठूला शहर सेन्ट पिटसवर्ग र मस्कोका नजिकका नगरमा उनी रहन थाले । उनी तै पनि दुई महिना पछि फेरी गिरफ्तार भए । महिनादिनको जेल बसाइ पछि उनलाई फेरी उन्मूक्ति दिइयो तर ठूला शहर बाहिर बस्नु पर्दथ्यो ।
यो त्यही समय थियो जुन समयमा पहिलो बोल्सेविक केन्द्रीय समिति जसलाई जनवरी १९१२मा भएको बोल्सेविक कन्फरेन्सद्धारा निर्वाचित गरिएको थियो, स्तालिनलाई केन्द्रीय समितिमा पहिलो पटक मनोनित(कोअप्ट) गरिएको थियो । केन्द्रीय समितिको सदस्य भएपछिको स्तालिनको पहिलो कार्य बोल्सेविक दैनिक पत्रिका प्राभ्दाको पहिलो अंक प्रकाशनमा ल्याउनु थियो । उनी त्यही समयमा नै तुरून्तै फेरी गिरफ्तारमा परे । तीन महिनाको जेल बसाइ पछि र २ महिनाको साइवेरियाको निर्वासनपछि उनी जेलबाट फेरी भागे । उनी सेन्ट पिटसवर्ग समयमानै पुगे ताकि डुमाको निर्वाचनहरूका लागि गरिएका अभियानहरूको नेतृत्व गरे । यद्धपि बोल्सेविकहरूले केबल ६ सिटमा जित हासिल गरे । यसले तर ८० प्रतिशत मजदुरहरूको प्रतिनिधित्व गरेको थियो ।
१९१२को अन्त र १९१३को सुरूमा स्तालिनले केही हप्ताहरू देश बाहिर विताए जहाँ उनले लेनिन र अन्य कमरेडहरूसित भेटघाट गर्ने र विस्तृत छलफल गरेका थिए । यहि अवधिमा उनले राष्ट्रिय प्रश्नमा उनको प्रशिद्ध सैद्धान्तिक किताब लेखे । उनी फरवरी १९१३मा सेन्टपिट्सवर्ग फर्के तर एक हप्ताभित्रै केन्द्रीय समितिको आर्के सदस्य मेलिनोभष्की जो जारशाही गुप्तचरको एजेण्ट भएको थियो, त्यसले विश्वासघात गरेर उनलाई गिरफतार गर्न मद्त गरेको थियो । यो एजेण्टले अर्को एकजना सिसिएम स्भेर्दलोभलाई पनि धोका दियो । स्तालिन र स्भर्दलोभ दुवै जनालाई साइवेरियाको एकदमै अन्कण्टार ठाउँमा निर्वासनमा पठाइयो । जहाँबाट भाग्न ज्यादै कठिन थियो । लेनिनले त्यस अवधिमा उही गुप्तचरको मद्तमा तिनीहरूलाई भगाउने योजना बनाएका थिए । त्यो एजेण्टले उनीहरूको उम्कने व्यवस्था गर्नुको बदलामा सिसिएमहरूमाथि गुप्तचरी गर्ने व्यवस्था पो ग¥यो । यसरी स्तालिनलाई यो समयमा निर्वासनमा चार वर्षजति वस्नु प¥यो जवसम्म १९१७को पुँजीवादी क्रान्तिले जारशाहीको शासनलाई फयाक्न सफल भयो । यो समयपछि मात्रै उनलाई सेन्टपिटसवर्ग फर्कने अनुमति दिइयो । जहाँ उनी १२ मार्च १९१८मा फर्के । त्यसपछि त्यहाँ उनले अप्रिलसम्म जुनवेला लेनिन आइपुगे पार्टी केन्द्रको नेतृत्व गरिरहे ।
क्रान्तिभन्दा पहिलेको स्तालिनको करीब २० वर्षको राजनीतिक जीवन तर्फ फर्केर हेर्दा उनको जीवन क्रान्तिको सफलताका लागि एउटा सादा, त्यागी, लगावपूर्ण, निस्वार्थीआदिका लागि एउटा आदर्शका रूपमा थियो । लामो वर्षहरू जेलमा र नीर्वासनका वावजुद, स्तालिनको जीवन भूमिगतकालमा पनि जनतासितको जीवीत सम्पर्क र नजिकबाट पुरै वितेको थियो । पूर्ण त्यागको यस्तो कठिन जीवनमा स्तालिनका लागि मुस्किलैले कम समय बच्दथ्यो ताकि त्यो समय उनले आफ्नो ‘नीजी जीवन’ का वारेमा सोचुन । उनको पहिलो विवाह एकातेरिना स्भानीड्ज जो सित युवा उमेरमै भएको थियो । उनी स्तालिन तिफ्रिस सेमिनारीमा रहदाका उनका साथी समाजवादी कमरेड की बहिनी थिइन् । तीनीबाट एक जना छोरा थियो जुन एकातेरिनाको मृत्युपछि १९०५को क्रान्ति अवधिमा उनका मातापिताले लिएर गएका थिए । स्तालिनको दोस्रो विहे नाडेजेहदा अल्लिलुएभासित भएको थियो जो स्तालिनको नजिकको कमरेडको छोरी थिइन् । उनको यो परिवारसित नजिकको सम्वन्ध थियो र तिनीहरूले जब स्तालिन निर्वासनमा हुन्थे त्यसवेलामा उनलाई खाना, लुगा र किताबहरू पठाएर सहयोग गर्दथे । यो दोस्रो विवाह यद्धपि त्यस वेला मात्रै भयो जब दुवैलाई गृह युद्धको समयमा कामको जिम्मा जारिट्सिन(जसलाई पछि स्तालिन ग्राद भनियो ) मा दिइयो । यो अक्टोवर क्रान्तिपछि थियो ।
१९२२को मेमा लेनिन एउटा ह्दयधातको स्ट्रोकबाट सिकिस्त भए जसले उनको दाहीने हात र खुट्टा र उनको बोल्ने शक्तिलाई असर ग¥यो । लेनिनको स्ट्रोकभन्दा केहि अगाडि, अप्रिल १९२२मा केन्द्रीय समितिको वैठक बस्यो र स्तालिनलाई पार्टीको महामन्त्रीको रूपमा निर्वाचित ग¥यो । यस समयदेखि स्तालिनले लेनिनको विरामी अवस्थाभरी र १९२४ जनवरी २१मा उनको मृत्युपछि पार्टीको नेतृत्व लिएका थिए ।
१ मार्च १९५३को राती उनी बेहास भए, त्यसपछि उनी होसमा आउन सकेनन र मार्च ५को राती नेपाली समय एक बजेर ५ मिनटमा उनको देशवसान भयो । तर अहिले पनि विश्वभरका माक्र्सवादी–लेनिनवादी–माओवादीका लागि स्तालिनको नाम अत्यन्त प्यारो नाम बनेर सबैको दिल दिमागमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार